शेरा दरबारको समाप्ति कि पुनर्जीवन?
१२ माघ २०८१
११ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरा दरबारको समाप्ति कि पुनर्जीवन?

विदुर नगरपालिका–२, नुवाकोटस्थित तादी नदी किनार क्षेत्रलाई शेरा भनेर चिनिन्छ। प्राप्त तथ्य र प्रमाणहरूले उक्त क्षेत्रलगायत हाल लिखु गाँउपालिका–१ स्थित बह्मायणी क्षेत्र र मालाकोटसम्मको भूखण्ड लिच्छविकालमा निकै चल्तीको व्यापारिक केन्द्र रहेको भनिन्छ।

विशेषतः पशु (घोडा) व्यापारका लागि यो क्षेत्र गंगामैदान (भारत) सम्म प्रसिद्ध थियो। सोही समयमा यस क्षेत्रमा व्यवस्थित बस्ती बसिसकेको कुरा लिच्छवि राजा गणदेवको पालाको वि.सं. ६२० ब्रह्मायणी थान नजिक रहेको शिलालेखले बताउँछ। नुवाकोट डाँडामा रहेको बस्तीलाई आधार दिन र शेरा बेँसीमा रहेको बस्तीलाई आड दिन हुनुपर्छ। यस क्षेत्रमा तीनवटा प्रख्यात कोटहरू मालाकोट, प्यासकोट र सिमलकोट थिए। यो तीनकोट क्षेत्रभित्र सुन्दर बस्ती थियो। यहाँ खेतीका लागि उर्वर भूमि त थियो नै, यस क्षेत्रको जग्गामा खेती गर्दा, बाटो खन्दा र घर तथा भवन बनाउँदा भेटिने पुराना इँटा, कलात्मक ढुंगा, मूर्ति र पुराना सामग्रीले यस्ता तथ्यलाई पुष्टि गरिरहेका छन्।  

यो सुन्दर स्थान मल्लकालमा पनि प्रसिद्ध रहेको प्रशस्त प्रमाण भेटिन्छन्। शेरास्थित दोलखादेवी थानमा रहेको १७०० सालको अभिलेखले पनि यस स्थानको ऐतिहासिकतालाई पुष्टि गर्छ। नुवाकोटबाट अन्न र फलफूल काठमाडौं उपत्यका लैजाने पुरानो प्रचलन हो। मल्लकालमा नै शेरा बगैंचा र यस क्षेत्रमा दरबारका संरचना भएका तथ्य छन्। ती पुष्टि गर्ने विभिन्न आधार पाइन्छन्।

१८०१ सालमा गोर्खाले नुवाकोटमाथि विजय गरेपछि यहाँ एउटा सुन्दर दरबार बनाउन पृथ्वीनारायण शाहले चाहे। सोहीअनुरूप शेराभन्दा माथि पर्ने नुवाकोटको दरबार क्षेत्रमा पुराना दरबारहरूबीचमा नयाँ सात तले दरबार (दुर्गरत्न) १८१९ सालमा बनाएजस्तै शेरा बगैंचाभित्र पनि एउटा भव्य दरबार बनाउन लगाए। सो दरबार निर्माणको सम्पूर्ण रेखदेख तत्कालीन युवराज प्रतापसिंह शाहले गरेका थिए। त्यसैले दरबारको अभिलेखमा प्रतापसिंह शाहको प्रशस्तै उल्लेख छ। सो अभिलेखले दरबार १८२२ सालमा निर्माण सम्पन्न भएको दर्साउँछ। त्यहाँ राजाको हिउँदे मुकाम माडी दरबार लेखिएको पत्र भेटिन्छ।

दरबार परिसरमा बन्दीखाना, कुसुमबाटिका, कमलपोखरी, बैठककक्षलगायत थिए। बगैंचाको सरस्वती मन्दिर क्षेत्रमा भव्य फागु मेला लाग्ने गरेको मल्लकालीन परम्परा नै थियो। यही क्षेत्रमा युवराज प्रतापसिंह शाहले यहाँका स्थानीयवासीसँग फागु खेल्ने गरेको उल्लेख छ। दरबार परिसरको तादी नदी क्षेत्रमा एउटा पाटी थियो। जहाँ नुवाकोटको वर्षबन्धन (सिन्दुरे) जात्राको अंगका रूपमा रहने नागपानी भगवती जात्राको सन्दर्भमा हरेक वर्ष वैशाख कृष्ण सप्तमीको रात काठमाडौं हनुमानढोका, कन्हेल चोकमा रहेको भगवती राखिएको खट ल्याएर राखिन्थ्यो।

१९०३ सालमा माडी दरबार भत्कियो। सो दरबार क्षेत्रमा चन्द्रशमशेरको पालासम्म भन्सार मालअड्डा थियो भन्ने कुरा त्यसबखतका पत्रहरूले पुष्टि गर्छन्। १९९९ सालमा तत्कालीन श्री ३ जुद्धशमशेरको नुवाकोट भ्रमणको क्रममा उनी शेरा दरबार क्षेत्रमा पुगे। त्यस क्षेत्रमा पुरानो माडी दरबार रहेको र भत्किएको जानकारी पाएपछि उनले दरबार बनाउन निर्देशन दिए।

पुरानो माडी दरबार रहेको क्षेत्रभन्दा केही दक्षिण क्षेत्रमा एउटा भव्य दरबार बन्यो। जुन दरबार पछि शेरा (रानी) दरबारको नामले प्रसिद्ध थियो। २००७ सालको परिवर्तनपछि नेपालको शासकीय संरचनामा आएको केही परिवर्तनसँगै ऐन कानुनहरू बन्नेक्रम रहे। त्यसै सन्दर्भमा प्राचीन स्मारक संरक्षण सम्बन्धि ऐन २०१३ साल तथा पुराताŒिवक वस्तु तथा सम्पदा संरक्षण सम्बन्धी ऐन बनेपछि यो क्षेत्र राज्य मातहतमा आउनुपर्नेथियो। तर, आएन वा ल्याइएन। तत्कालीन राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी श्रीमती हेलेन शाहले यो पुराताŒिवक दरबार क्षेत्र भोगचलन गर्न थालिन्।

२०२१ सालमा भूमिसुधार ऐन आयो। हदबन्दी भन्दाबढी जग्गा राष्ट्रियकरण गर्ने सरकारी नीति थियो। शेरा दरबार क्षेत्रको विषयमा त्यो नीति पालना गरिएन। कम्पनीको नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने प्रावधान राखी नीतिगत रूपमा बदनियत त्यही समयमा अपनाइयो। उक्त क्षेत्रको जग्गालाई २०२७ फाल्गुण २८ मा गैरीशंकर फार्मिङ कम्पनीका रूपमा राखियो। कम्पनीका मालिक हेलेन शाह र विजयाराज्यलक्ष्मी शाह थिए। अब उक्त क्षेत्रलाई एउटा व्यवस्थित क्षेत्र बनाउने प्रयास थालियो।

कान्छी महारानी (हेलेन शाह) को नुवाकोट शेरा दरबार क्षेत्रमा आउजाउ बाक्लो रह्यो। दरबारसम्म मोटरबाटो लैजाने, दरबार र बगैंचाको आसपासमा जोडिएका स्थानीयको जग्गा खरिद गर्ने योजना बनाइयो। सो क्रममा महारानीको योजना मुताबिक स्थानीय किसानहरूले आफ्नो मन अमिलो बनाएर सडक लैजान र जग्गा दिन तयार भए। तर, भैरवी मन्दिरका धामी हरिमानसिंह डंगोलका एक जना आफन्त (नाताले ठुलीआमा) ले भने आफ्नो जग्गा दिन इन्कार गरिन्। उनले कान्छी महारानीबाट आएको दबाबमूलक आग्रहलाई अस्वीकार गरेको कुरा नुवाकोटमा पछिसम्म चर्चामा चल्यो।

सायद जीवित धामीको परिवारसँग जोडिएको भएर पनि होला, उक्त जग्गा थप दबाब दिएर लिने प्रयास पनि भएन। हाल शेरा दरबारसम्म पुगेको मोटरबाटो सोही समयमा नै बनाइएको हो। यद्यपि सो क्रममा जग्गा दिएबापत किसानहरूले रकम (मुआब्जा) पाएका थिए। काठमाडौंमा अन्नपूर्ण होटल हेलेन शाहसमेतको साझेदारीमा थियो। हेलेन शेरा दरबार क्षेत्रका स्थानीयको विश्वास जित्ने प्रयासमा थिइन्।  

शेरामा प्रसिद्ध पञ्चकन्या थान छ। सोही थान र अन्नपूर्णलाई जोडेर यहाँ २०३४ सालमा अन्नपूर्ण पञ्चकन्या प्राथमिक विद्यालय स्थापना गरियो। यसमा उनको सद्भाव रह्यो। त्यति मात्र भएन, पछि उक्त विद्यालयमा उनकै तर्फबाट दिवा खाजा दिन थालियो। नुवाकोट डाँडाबाट समेत केही विद्यार्थीहरू दिवा खाजाको मोहले पढ्न शेरा झर्थे। स्थानीयवासीले उक्त दरबारमा रोजगारी पनि पाएका थिए।

भव्य दरबार र यसमा रहेको बगैंचाको सुन्दरताले सबैलाई मोहित पाथ्र्याे। विशेष अवस्थाबाहेक स्थानीयहरू उक्त क्षेत्रमा स्वतन्त्रपूर्वक आउजाउ गर्न कुनै रोकतोक थिएन। टाढा–टाढाबाट समेत मानिसहरू दरबार घुम्न आउँथे। स्थानीय केटाकेटीहरू त्यहाँ घुम्न खेल्न पाउँदा खुसी थिए।

समग्रमा स्थानीयको शेरा दरबार र बगैंचाप्रति त्यस्तो वैरभाव थिएन। यसको स्वामित्व र भोगाधिकारको कानुनी विषयमा भने अनभिज्ञ थिए। केही किसानहरू त्यही समयदेखि चपेटामा पर्न थालेका थिए। दरबार परिसर भएर बग्ने एउटा खोल्साको निकास बन्द गरिएको थियो। उक्त खोलाको सही निकास नहुँदा अहिले केही खेत बगरमा परिणत भएका छन्।

२०३५ साल फागुन १२ गते सो क्षेत्रको जग्गा नापी भयो। ११ कित्ता कायम रहेको सो जग्गा एक सय ६४ रोपनी १३ आना दुई दाम एक पैसा गौरीशंकर फार्मिङको नाममा कायम गरियो। सो फार्मिङका शेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह थिए। दरबार क्षेत्रमा नै रहेकामध्ये १२ रोपनी जग्गा हेलेन शाहको नाममा रह्यो। अनि बाँकी ६ रोपनी नौ आना जग्गा हेलेनकी जेठी छोरी जयन्ती शाहको नाममा गरिएको थियो। त्यो बेलासम्म मालपोत ऐन–२०३४ जारी भइसकेको थियो।

त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अनुसन्धान केन्द्रबाट २०३१ सालमा धनवज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले अनुसन्धान गरी उक्त दरबार क्षेत्रको ऐतिहासिकता, प्राचीनता र त्यहाँको पुरातात्त्विक अवस्थाबारे विश्वविद्यालयमा आफ्नो प्रतिवेदन बुझाई सो विषयसमेत समेटेर पुस्तक प्रकाशन गरेका थिए। तर, दरबार क्षेत्रको जग्गा कम्पनीको नाममा कायम गर्न र दरबारको उपभोग व्यक्तिगत रूपमा गर्नबाट बच्न सकेन। उक्त दरबार क्षेत्र २०३६ असार १ गतेबाट अन्नपूर्ण कम्पनी प्रालिको नाममा रह्यो।

मालपोत कार्यालय, नुवाकोटको स्रेस्तामा भने तोक आदेशका आधारमा २०४४ असार ११ गतेको निर्णयअनुसार भनेर असार १९ मा अन्नपूर्ण फार्मिङ प्रालिको नाममा कायम गरियो। उक्त बगैंचामा उत्पादित कृषि उब्जनी (अन्नबाली, फलफूल) काठमाडौंको होटल अन्नपूर्ण लगिन्थ्यो। पछि विजया राज्यलक्ष्मी शाहको नामको सेयर जयन्ती शाहको नाममा हस्तान्तरण भयो। अब कम्पनीको स्वामित्व हेलेन शाह र उनकी छोरी जयन्ती शाहको नाममा आयो।

उनीहरूले २०५२ सालमा कम्पनीको सेयर तथा आफ्नो नाममा रहेको जग्गा भक्तपुरका बागबहादुर श्रेष्ठसहित नरेन्द्रलाल प्रधान, सजनी श्रेष्ठ, केदारनाथ श्रेष्ठ र सहनी श्रेष्ठलाई बिक्री गरे। बागबहादुरले दरबारसहितको क्षेत्र आफ्नो समूहको नाममा ल्याएपछि पनि उक्त क्षेत्रको गतिविधि, स्थानीयसँगको सम्बन्ध राम्रै थियो। तर, उनीमाथि २०५४ साल भदौतिर चन्दा संकलनका लागि पुगेका तत्कालीन माओवादी कार्यकर्तालाई पक्राउन खोजेको आरोप लाग्यो। त्यसपछि स्थिति बिग्रँदै गयो।

२०५६ सालको मंसिरमा उक्त दरबार क्षेत्रमा लगाएको धान माओवादीले कब्जा ग¥यो। त्यसपछि बाघबहादुरसहितका टोलीले उक्त स्थानमा बस्न अनुकूल ठानेनन्। पछि उनी र माओवादी कार्यकर्ताबीच काठमाडौं उपत्यकामा नै भेटघाट र चन्दा सहयोगलगायतका कुरा चल्यो। तर, चन्दा लिन आएका माओवादी कार्यकर्तालाई पक्राउन खोजिएको र सुराकी गरेको अभियोगमा २०५९ पुस १३ गते बिहान ९ः३० बजेको आसपासमा माओवादी कार्यकर्ताले दरबारमा बम पड्काए। बम आक्रमणबाट संरचनामा ठुलो क्षति नपुगेपछि आगजनी गरेर ठुलो क्षति पुर्‍याए। दरबारको पुरानो मौलिक स्वरूप अस्थिपञ्जर जस्तै बन्यो।

२०६३ सालपछि राजनीतिक परिदृश्य बदलियो। २०६४ सालमा नेपाल ट्रस्ट ऐन आयो। ऐतिहासिक यो दरबार क्षेत्र राज्य मातहतमा आएर संरक्षण हुनुपर्ने थियो। स्थानीयले यही आश गरेका थिए। तर, उल्टै कम्पनीको सेयर खरिदबिक्री गर्दै दरबारमा जग्गा कारोबारीहरूको चलखेल बढ्न थाल्यो। सशस्त्र द्वन्द्वको अन्त्यपश्चात् शान्ति स्थापना भएपछि जग्गाको कारोबार निकै बढ्यो। मूल्य आकासियो। यही मौकामा जग्गा प्लटिङ गरेर बेच्ने उद्देश्य थियो कि के थियो थाहा छैन। कम्पनीका सेयरवालाहरू र स्थानीय जग्गा कारोबारीहरू मिलेर दरबारसम्म जानेबाटो निजी लगानीमा कालोपत्र गरे।

माओवादी हमलाबाट बचेकुचेको रानी दरबारको बाँकी स्वरूपको भग्नावशेष भत्काइयो। शेरा (रानी)को दरबार अब इतिहास बन्यो। कम्पनीको नाममा रहेको क्षेत्रबाहेक १८ रोपनी नौ आना जग्गाको कारोबार चल्यो। विभिन्न स्थानका व्यक्तिहरूले खरिद गरे। यही क्रममा विदुर नगरपालिका–४ का ध्रुवलाल श्रेष्ठ सेयर खरिद गरेर कम्पनीमा प्रवेश गर्छन्।

नेपालको संविधान २०७२ जारी भएपछि भारतीय अघोषित नाकाबन्दीको समयमा चीनबाट इन्धन नेपाल भिœयाउने प्रसङ्ग र सोही क्रममा नुवाकोटमा इन्धन भण्डारण स्थल बनाउने चर्चा चल्छ।

यही चर्चाबीच २०७३ असार ३ मा काठमाडौंको बुढानीलकण्ठ–३ निवासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०६५ मा प्रधानमन्त्री रहँदाको बखत सचिवालयका स्वकीय सचिवको जिम्मेवारी पाएका विकेश श्रेष्ठ अन्नपूर्ण फार्मिङ प्रालिको प्रमुख सेयर लगानीकर्ताका रूपमा कम्पनी प्रवेश गर्छन्। उनीसँगै अजयकुमार सूर्यवंशी र सुमन पारिक पनि जोडिएका हुन्छन्। योसँगै २०५२ सालमा हेलेन शाहबाट प्रालिमा लगानी गर्ने बागबहादुरसहित उनीहरूको टोली अलग हुन्छ।

त्यसपश्चात् दरबार र यस क्षेत्रमा विकेश श्रेष्ठको हालीमुहाली चल्छ। दरबार क्षेत्रमा रहेको बगैंचाका फलफूलका बोटहरू काटिन्छन्। बगैंचा उजाड बनाइन्छ। दरबार क्षेत्रमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको पनि आउजाउ हुनेगर्छ। विकेशको आवागमनसँगै बगैंचामा पुर्‍याएको क्षति, स्थानीयवासीले उपभोग गर्दै आएको पैदल मार्ग अवरुद्ध, जग्गाको प्लटिङ, स्थानीयले त्यससम्बन्धी चासो राख्न चाहँदा उनीबाट हुने बेवास्तालगायतका कारण स्थानीयसँग उनको सम्बन्ध बिग्रँदै जान्छ।

दरबार र यस आसपासका जग्गाको सम्बन्धमा यथार्थ छानबिन गरेर सरकारीकरण हुनुपर्ने मागसहित स्थानीयले मालपोत कार्यालयमा निवेदनसमेत दिन्छन्। त्यसको सम्बोधन हुँदैन। दरबार क्षेत्रभित्र पर्ने तीन रोपनी सरकारी जग्गासमेत हडपिन्छ। २०७३ सालमा तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेलसमेत दरबार क्षेत्रमा झुल्किन्छन्। यही गतिविधिबाट स्थानीयवासी सरकारी जग्गा व्यक्तिगत रूपमा कारोबार हुन थाल्यो भनेर सशंकित हुन्छन्।

जग्गा प्लटिङ गरेर बिक्री गर्न कानुनी समस्या भएपछि उनले राजनीतिक पहुँचमा केन्द्रबाट सिधै कृषि अनुदान भित्र्याउँछन्। पानी तान्ने लिफ्ट, सिँचाइसहितको उनले ल्याएको सरकारी अनुदानको उपभोग गर्न तथा थप अनुदानको माग कृषिमन्त्री गजुरेलसँग स्थानीयले गर्दा थोरै जग्गा उपभोग गर्ने किसानका लागि केन्द्रको अनुदान हुन्न भनेर उनले कानुनी समस्या देखाउँछन्। यस्तैयस्तै गतिविधिबाट स्थानीयवासी थप रुष्ट हुन्छन्। यो दरबार नजिक रहेको शेराफाँट अन्तर्गतको पाँच, छबिसे, काजीटार, बहत्तरलगायतका फाँट सिँचाइको अभावमा किसान तड्पिरहेका थिए र छन्।  

नुवाकोट आउँदा बस्न भाडाको घर लिएका विकेशले दरबार परिसरमा सुविधासम्पन्न भवन बनाए। तर, शेरा दरबार आवागमनको लक्ष्यअनुसार सफलता पाउन नसकेपछि उक्त घर प्रयोगमा आएको छैन। विकेशको शेरा दरबार क्षेत्रमा रजगज क्रमशः कम हुँदै जान्छ।

२०७५ तिरदेखि दरबार क्षेत्रको गतिविधि हट्दै जान्छ। फलफूलका विरुवा काटेर उजाड बनाइएको बगैंचामा वनमारा, गन्धेको झाडी छ। स्थानीयले शेरा दरबार क्षेत्रको जग्गाको महत्त्वअनुरूप आवाज उठाउने विभिन्न प्रयास गरेका छन्। दरबारको पुनर्निर्माण हुनुपर्छ भनिरहेका छन्। तर, यो माग सुन्ने र सम्बोधन कहींबाट भइरहेको छैन। पञ्चायत, बहुदल र गणतन्त्रका सरकारको बेवास्थाबाट यो दरबार समाप्तिमा पुगिसकेको जस्तै भएको छ। २०८१ सालसम्म आइपुग्दा अन्नपूर्ण प्रालिको सम्पूर्ण सेयरधनी विकेश श्रेष्ठको परिवारमा सीमित भएको सन्देश पाएका स्थानीय थप निराश भएका छन्। यही सेरोफेरोमा अहिले शेरा दरबारको विषय राष्ट्रिय मिडियाहरूमा एकाएक चर्चामा आएको छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी २०८१ साल कार्तिक ३ गते सो दरबार क्षेत्रमा पुग्दा स्थानीयवासी सरकारको नाममा आउँछ कि भनेर उत्साहित र सशंकित भएका छन्। विगतमा सरकारी तबरबाट भएको बेवास्थाले शंका जन्माएको हो। यतिबेला सबैको ध्यान तानेको यस विषयलाई निचोडमा पुर्‍याउन सकिएन भने नागरिकमा थप नैराश्य पैदा हुनेछ। शेरा दरबार राष्ट्रियकरण गर्ने विषयलाई राजनीतिक लाभहानिको मात्र विषय बनाइयो भने त्यो राज्य र नागरिकप्रति गरिएको ठुलो धोका हुनेछ।

अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित

जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस