सीमित अवसरका बाबजुद महिलाले हरेक क्षेत्रमा सुनौला अक्षरले गर्विलो इतिहास लेखेका उदाहरण प्रशस्तै छन् । नेपालको राजनीति, सामाजिक, आर्थिक र खेलकुद जुनसुकै क्षेत्रमा तुलनात्मकरूपमा महिलाको सहभागिता न्यून छ । यति हुँदाहुँदै पनि समाजमा आफ्ना कामले उनीहरू स्थापित छन् । राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्य सचिव र अन्य प्रशासनिक क्षेत्रका सर्वोच्च पदमा उनीहरू पुगिसकेका छन् । यी जिम्मेवारीमा उनीहरूको प्रदर्शन पनि अब्बल छ ।
गर्विलो इतिहासको यो शृंखलामा खेलकुद क्षेत्र पनि पर्छ । विशेषगरी नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शन सदैव सम्झनलायक छन् । राज्यले महिलालाई खेलप्रति आकर्षित गराउन कुनै योजना या लगानी नगर्दा पनि स्वःस्फूर्त सहभागिता भएको छ । दक्षिण एसियाली राष्ट्रहरूको प्रतिस्पर्धा एसियाली खेलकुद (साग) होस् वा ओलम्पिकमा नेपाली महिला खेलाडीले इतिहास रचेका छन् ।
ओलम्पिक, एसियन गेम्स (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) यी तीनै विश्व खेलकुद मञ्चहरूमा पुरुषको तुलनामा नेपालका महिलाले इतिहास रच्दै आएका छन् । ओलम्पिक खेल्न छनोट यात्रा होस् वा एसियाड र सागका नतिजा, यी तीनै प्रतियोगितामा महिला खेलाडीको सहभागिता अर्थपूर्ण छ ।त्यसो त, महिलाको मात्र होइन, व्यावसायिकरूपमा नेपाली खेलकुदकै इतिहास लामो छैन । २०२८ सालमा नयाँ शिक्षा लागु भएसँगै वीरेन्द्र सिल्ड प्रतियोगिता सुरु भएको थियो । त्यसपछि २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यी प्रतिस्पर्धा सुरु भएसँगै केही मात्रामा महिला खेलाडीको सक्रियता बढ्न थाल्यो । विशेषगरी ब्याडमिन्टन, टेबलटेनिस र भलिबलमा उनीहरूको सहभागिता हुन्थ्यो ।
‘नयाँ शिक्षा लागुपछि वीरेन्द्र सिल्ड प्रतियोगिता सुरु हुन थाल्यो । त्यसपछि पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा भयो । यसमा महिला खेलाडीको पनि सक्रिय सहभागिता थियो । भलिबल, ब्याडमिन्टन र टेबलटेनिसमा महिलाको सहभागिता हुन्थ्यो’– खेल अनुसन्धानकर्ता दिवाकरलाल अमात्य भन्छन् । तर संस्थागतरूपमा नै खेल आयोजना हुन थाले पनि महिला सहभागिता सन्तोषजनक हुन सकेन । उनीहरूलाई प्रोत्साहित गर्ने योजना र अपेक्षित लगानी आउन नसक्दा खेलप्रति महिलाको आकर्षण बढेन । त्यो अवस्था अहिले पनि छ । लगानी र प्रोत्साहनका पनि पुरुषको तुलनामा महिला खेलाडीलाई कम छ ।

फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिकमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन् । काठमाडौँ डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कास्य जितेकी हुन् । चीनमै सम्पन्न एसियाली पारालिम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् ।महिला भलिबलमा यसै वर्षदेखि फ्रेन्चाइज लिग सुरु भएको छ । तर यसको निरन्तरतामा पनि प्रश्न उठ्न थालिसकेको छ । महिला खेलकुद पूर्णरूपमा व्यावसायिक बन्न नसक्दा उनीहरू आकर्षित हुने वातावरण बनेको छैन । न निजी क्षेत्र न त सरकारले नै महिलालाई खेलकुदमा प्रोत्साहित गर्न सकेको छ । खासमा, अहिलेसम्म महिलालाई खेलमा प्रोत्साहन गर्ने कुनै योजना आएका छैनन् । यसो हुँदाहुँदै पनि स्वःस्फुर्तरूपमा खेलकुदमा समर्पित नेपाली महिलाले गर्विलो इतिहास बनाएका छन् ।
यो पनि पढ्नुहोस्
लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्भावनाखेल अनुसन्धानकर्ता दिवाकरलाल अमात्यका अनुसार २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि खेल मैदानमा महिला संख्या अधिक देखिन थालेको हो । त्यसअघि वीरेन्द्र सिल्ड प्रतियोगिताका कारण नेपाली खेलकुदमा महिला सहभागिता देखिन थालेको उनी बताउँछन् ।
प्रतिकूलताबीच सफलता
ओलम्पिक, एसियन गेम्स (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) यी तीनै विश्व खेलकुद मञ्चहरूमा पुरुषको तुलनामा नेपालका महिलाले इतिहास रच्दै आएका छन् । ओलम्पिक खेल्न छनोट यात्रा होस् वा एसियाड र सागका नतिजा, यी तीनै प्रतियोगितामा महिला खेलाडीको सहभागिता अर्थपूर्ण छ । नेपालका लागि पुरुषको तुलनामा महिलाको प्रदर्शन दरिलो रहँदै आएको छ । महिलाले एसियाडका कुनै संस्करणमा पदकबिहीन हुनबाट जोगाएका छन् भने दक्षिण एसियाली खेलकुदमा स्वर्णबिहीन हुन दिएका छैनन् । साथै नेपाली खेलकुदका उपलब्धि र महिलाबीच घनिष्ठ सम्बन्ध देखिन्छ ।
अधिकांश ऐतिहासिक सफलतामा महिला खेलाडीकै विशेष योगदान छ । सीता राई, सविता राजभण्डारी, संगीना वैद्य, आयसा शाक्य, गौरिका सिंह, एरिका गुरुङ, पलेशा गोवर्धन र सावित्रा भण्डारी नेपाली खेलकुदले सदैव सम्झने नाम हुन् । यीबाहेक अन्य खेलाडीको योगदान पनि उत्तिकै सराहनीय छ ।
करातेकी सीता राई
सन् १९५१ मा नयाँ दिल्लीमा भएको पहिलो एसियाडदेखि नै नेपाल सहभागी हुन थालेको हो । तर पदक जित्न भने सन् १९८६ को दसौँ संस्करणसम्म कुर्नुपर्यो । यसपल्ट नेपालका ८ खेलाडीले ८ कास्य पदक जितेका थिए । यो संस्करण अहिले पनि नेपाली खेलकुदका लागि यादगार छ किनकि एसियाडको ७२ वर्षे इतिहासमा नेपालले कहिल्यै पनि यो सफलता पाउन सकेन र पदक पाउने सम्भावनको नजिक पनि पुगेन । नेपालका लागि महिला खेलाडीले पहिलोपल्ट सन् १९९४ को एसियाडमा पदक जिते । करातेकी सीता राईले जितेको पदक नै नेपाली महिला खेलाडीले यति ठूलो प्रतिस्पर्धा जितेको पहिलो र ठूलो सफलता रह्यो । त्यसपछि भने महिला खेलाडीको प्रदर्शन सदैव अब्बल रहँदै आएको छ ।

तेक्वान्दोकै खेलाडी सविता राजभण्डारी पनि नेपाली खेलकुदले सदैव गर्व गर्ने खेलाडी हुन् किनकि उनले नेपाली खेलकुदलाई सबै भन्दा ठूलो सफलता पहिलोपल्ट दिलाएकी थिइन् । जसले नेपाली खेलकुदकै सबै भन्दा ठूलो सफलता सन् १९९८ मा दिलाइन् । थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाडमा सविताले रजत जितेकी थिइन् । यो नै एसियाली खेलकुदमा नेपालले जितेको पहिलो रजत हो । हालसम्म नेपालले एसियाडमा तीन रजत जितेको छ । त्यसमध्ये दुई रजत पदक नै महिला खेलाडीले दिलाएका हुन् । करातेकी एरिका गुरुङले सन् २०२३ मा चीनको हानझाउमा सम्पन्न एसियन गेम्समा रजत पदक प्राप्त गरेकी थिइन् । सन् १९९८ पछि नेपालले व्यक्तिगत स्पर्धामा जितेको यो दोस्रो रजत थियो ।

ओलम्पिक यात्रामा पनि नेपालका महिला खेलाडीले नै इतिहास बनाएका छन् । नेपाली खेलकुदले पाएको सबै भन्दा ठूलो नाममध्ये एक हो– तेक्वान्दोकी संगिना । उनी छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । नेपालको खेल इतिहास सन् २००४ को एथेन्स ओलम्पिकअगाडि यिनै बहादुर महिलाले यो सफलता दिलाइन् । एथेन्स ओलम्पिकअघि नेपालले छनोट पार गरेर ओलम्पिक खेलेको थिएन । ओलम्पिकमा छनोट भएर नेपालले खेल्न सक्दैन भन्ने विश्लेषण हुन्थ्यो । तर संगिनाले सबै अनुमान गलत सावित गरिदिइन् र नयाँ इतिहास रचिन् । संगिनाको यो सफलतापछि खेलकुदमा महिलाको सहभागिता पनि बढेको पाइन्छ । उनीपछि तेक्वान्दोकै दीपक विष्ट, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र तेक्वान्दोकै पलेशा गोवर्धनले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका हुन् ।
यो पनि पढ्नुहोस्
अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दात्यसबाहेक ओलम्पिक खेल्न नेपालले वाइल्ड कार्ड (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बिना छनोट खेलमा सहभागी गराउने प्रक्रिया) सहारा लिने गरेको छ । तर संगिनाले नयाँ इतिहास कोरिन् । त्यसपछि मात्र खेलकुदको ठूलो मेला मानिने ओलम्पिकमा नेपालका कुनै पनि खेलाडीले पहिलोपल्ट बलियो आत्मविश्वाससाथ खेलेको थिए । यो सफलतापछि संगिनाले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याइन् । त्यसैले त नेपाली खेलकुदकै सफल खेलाडीको चर्चा हुँदा संगिनाकै नाम अगाडि आउँछ । २००४ को फेब्रुअरीमा थाइल्यान्डमा भएको एसियन ओलम्पिक क्वालिफाइङ च्याम्पियनसिपमा तेस्रो हुँदै संगिना ओलम्पिकमा छनोट भएकी हुन् । उनले सन् १९९६ मा अस्ट्रेलियामा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।
नेपालमा करातेका २ समानान्तर संघ अस्तित्वमा थिए । त्यसैले एउटा कराते टोली राज्यको लगानीमा कोरिया पुगेको थियो । ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको अर्को टोली भने आफ्नै लगानीमा त्यहाँ पुगेको थियो । मल्लको टोलीमध्ये विमला तामाङले मात्र कातामा नेपालको तर्पmबाट चुनौती दिन पाइन् ।कुनै पनि नेपाली खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो नै पहिलो स्वर्ण थियो । अहिलेसम्म कुनै पनि नेपाली तेक्वान्दो खेलाडीले यो सफलता प्राप्त गर्न सकेका छैनन् । संगिनाले साग र एसियन च्याम्पियनसिपमा पनि स्वर्ण दिलाएकी छन् । उनले सन् १९९४ र २००२ को एसियन च्याम्पियनसिपमा पनि रजत र कास्य पदक जितेकी थिइन् । संगिनाको यो सफलतापछि नेपाली खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउने परम्परा नै सुरु भयो । ६-७ वटा विभिन्न संस्थाले लगातार संगिनालाई ब्रान्ड एम्बासडर बनाए । यिनै संगिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरुषको तुलनामा सहभागिता कमै भए पनि महिला खेलाडीले धेरै राम्रा नतिजा दिएको स्वीकार्छिन् ।
‘हामीले खेल्ने समयमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा महिला भन्दा पुरुष खेलाडी नै धेरै हुन्थे । अहिले पनि त्यही स्थिति छ । पुरुषलाई नै प्राथमिकतामा राखेको देखिन्छ । तर अहिलेसम्मको नतिजा हेर्दा महिलाले नै नेपाली खेलकुदमा ऐतिहासिक नतिजा दिएका सत्य हो’– संंगिनाले भनिन् । उनले भने जस्तै ओलम्पिक छनोटदेखि पाराओलम्पिक, एसियन च्याम्पियनसिप र एसियाडमा ठूलो सफलता र सागमा धेरै पदक ल्याउने महिला खेलाडी नै हुन् ।
एसियन गेम्समा २५ वर्षपछि अर्थात् सन् २०२३ मा व्यक्तिगत स्पर्धातर्फ सबैभन्दा ठूलो सफलता दोहोरिँदा त्यसमा पनि महिला खेलाडीकै योगदान रह्यो । करातेकी एरिका गुरुङले एसियाली राष्ट्रबीचको प्रतिस्पर्धाको फाइनल दोस्रोपल्ट नेपाली झण्डा फर्फराइन् । सम्भवत् एरिका नेपाली खेलकुदले पाएको सबै भन्दा उत्कृष्टमध्येकी खेलाडी हुन् किनकि एरिकाले पनि एकपछि अर्को ऐतिहासिक सफलताको सूचीमा आफूलाई उभ्याइन् । उनले देशलाई एसियाली खेलकुदमा करातेबाट पहिलो रजत पदक दिलाएकी छिन् । समग्रमा भन्नुपर्दा यो नेपालले एसियाडमा पाएको तेस्रो सफलता हो । चीनमा भएको यस एसियाडमा नेपालले सन् २००६ पछि दुई संख्यामा पदक जितेको थियो । यसमा पनि महिला खेलाडीकै योगदान रह्यो ।
यो पनि पढ्नुहोस्
हिमाली भूमिको मोहनीएरिकासँगै नेपाली महिला कबड्डी टोलीले कास्य पदक जित्यो । पछि एरिकाले एसियन च्याम्पियनसिपमा पनि इतिहास रचिन् । उनी एसियन च्याम्पियनसिपमा रजत पदक दिलाउने पहिलो कराते खेलाडी बनिन् । नेपाली कराते खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो पहिलो रजत पदक हो । उनले यो सफलता एकै वर्षको अन्तरालमा पाएकी हुन् ।
यसै वर्ष नेपाली खेलकुदकै सबै भन्दा ठूलो पदक प्राप्त भयो । गत भदौमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक कास्य पदक जितिन् । यो नै नेपाली खेलकुदले पाएको सबै भन्दा ठूलो सफलता हो । ओलम्पिक स्तरमा नेपालले पदक जित्ने सपना जस्तै थियो । तर,. चीनमा आर्टिटेक्चर विषयमा अध्ययनरत पलेशाले त्यो सपना साकार पारिन् ।
कुनै दिन नेपाली खेलाडी समय छनोट भएर ओलम्पिक खेल्ने सपना मानिन्थ्यो । संगिनाले त्यसलाई सार्थकतामा बदलिन् । तर पलेशाले पदक नै जितेर संगिनाको सफलतामा इँटा थप्दै इतिहास रचिन् । ओलम्पिक स्तरमा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि महिला बने । त्यसअघि चीनकै पारा एसियन गेम्समा पनि पलेशाले इतिहास बनाएकी थिइन् । पलेशाले गत वर्ष त्यस पारा एसियन गेम्समा कास्य पदक जितेकी हुन । त्यो पदक नेपालले पारा खेलकुदमा ल्याएको पहिलो पदक थियो । नेपालका महिला खेलाडीले नै दिलाएको एकपछि अर्को ऐतिहासिक सफलतामा पलेशाले पनि ठूलो योगदान दिइन् ।
२०३४ सालमा शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव भए । त्यतिबेला पनि महिलालाई खेलकुदमा सहभागिता गराउन हुँदैन भन्ने मान्यता थियो । तर शाहले महिला सहभागितालाई प्राथमिकता दिन थाले ।फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिकमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन् । काठमाडौँ डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कास्य जितेकी हुन् । चीनमै सम्पन्न एसियाली पारालिम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् । त्यससँगै उनी छनोट भएर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडीसमेत बनिन् । पलेशाले टोकियो पारालिम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । त्यहाँ उनी कास्य पदक भिडन्तमा पराजित भएकी थिइन् । यद्यपि २ खेल जितेर इतिहास रचेकी थिइन् तर दोस्रो प्रयासमा भने उनले सफलता पाइन् ।

यसबाहेक एसियाडमा पनि नेपाल पदकबिहीन हुने अवस्थाबाट महिला खेलाडीले नै जोगाएका छन् । त्यो पनि राज्यको लगानीबिनाको सहभागिताबाट । सन् २०१६ को इन्चोन एसियाडमा नेपालले एकपछि अर्को खराब नतिजा दिइरहेको थियो । देशको लगानी शून्य जस्तै हुने अवस्थामा दक्षिण कोरिया पुगेका नेपालका खेल पदाधिकारी पनि आलोचित बनिरहेका थिए ।
यो पनि पढ्नुहोस्
विदेशमा डोजर बेच्दै नेपालत्यतिबेला नेपालमा करातेका २ समानान्तर संघ अस्तित्वमा थिए । त्यसैले एउटा कराते टोली राज्यको लगानीमा कोरिया पुगेको थियो । ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको अर्को टोली भने आफ्नै लगानीमा त्यहाँ पुगेको थियो । मल्लको टोलीमध्ये विमला तामाङले मात्र कातामा नेपालको तर्पmबाट चुनौती दिन पाइन् । मल्लकै प्रशिक्षणमा विमलाले कास्य पदक जित्दा देशमा ठूलो हलचल मच्चिएको थियो । राज्यको लगानीबाट नतिजा शून्य हुँदा प्रशिक्षक मल्लले आफ्नो मोटरसाइकल बेचेर गरेको सहभागिताबाट पदक दिलाएको भन्दै तत्कालीन खेल नेतृत्व आलोचित बन्नुपरेको थियो ।

एसियाडबाहेक सागमा पनि नेपालका महिला खेलाडीले इतिहास रचेका छन् । पौडीकै गौरिका सिंहले एकै संस्करण (सन् २०१९ को १३औँ साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै सनसनी मच्चाइन् । नेपालले सागमा पहिलोपल्ट एकै संस्करणमा यति धेरै स्वर्ण जितेको हो । यसअघि तेक्वान्दोका दीपक विष्टले ४ संस्करण (आठौँ, नवौँ, दसौँ र ११औँ) मा गरेर सागमा ३ स्वर्ण जित्दै कीर्तिमान रचेका थिए तर गौरिकाले एकै संस्करणमा ४ स्वर्ण जित्दै नयाँ इतिहास रचिन् ।

उनकै पहलमा रमा सिंहको कप्तानीमा नेपालको महिला टिम बन्यो । त्यो टोलीमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी र कमला हिराचन थिए । नेपाल टेलिभिजनको समाचार वाचिकासमेत रहेकी सिंहको कप्तानीमा नेपालले २०४३ मंसिरमा हङकङसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।३५ वर्षे सागको इतिहासमा नेपालले टेबल टेनिसमा एक मात्र स्वर्ण जित्न सकेको छ । त्यो सफलता नेपालको महिला टोली (सिजरिन शाह, गीता क्षत्री) ले सन् १९९१ मा भएको पाँचौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (त्यतिबेला साफ, हाल साग) मा जितेका थिए । त्यसपछि नेपालको टेबल टेनिसले सागमा स्वर्ण जित्न सकेको छैन ।

नेपाली खेलकुदमा महिला खेलाडीको चर्चा हुँदा आउने नाममध्ये एक सावित्रा भण्डारी अर्थात् साम्बा हुन् । उनी नेपाली खेलकुदमा युरोपको लिग खेल्ने सफल खेलाडी हुन् । भारत, इजरायलदेखि युरोपसम्म उनले सफलता हात पारेकी छिन् । साम्बा युरोपमा खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् । हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । तर अवसर भने कमैले पाउँछन् । यस्तै भाग्यमानी सावित्रा भएकी छिन् । हाल उनी विश्वकै प्रख्यात फ्रेन्च लिग खेलिरहेकी छिन् । उनी एनइभान्टे गुएनगाम्पमा दोस्रो सिजन बिताइरहेकी छन्, त्यसअघि उनी इजरायलको क्लबमा थिइन् । भारतको लिग ३ सिजन खेलेपछि उनको यात्रा युरोपमा पुगेको थियो । उनी नेपालका लागि सर्वाधिक (५५) गोल गर्ने महिला खेलाडी हुन् ।

नेपाली महिला खेलाडीको नाम लिँदा छुटाउनै नहुने नाम हो आयशा शाक्य । नेपालको तेक्वान्दोले पाएका स्टारमध्ये एक उनी पनि हुन् । उनले एसियाडमा १ कास्य र सागमा ३ स्वर्ण पदक दिलाएकी छन् । बिरलै कुनै पुरुष या महिला खेलाडी यो सफलताको सूचीमा उभिन सकेका छन् । उनले नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितिन् । तेक्वान्दो खेलाडीले एकै प्रतियोगितामा जितेको यो पहिलो २ स्वर्ण थियो । ललितपुर पाटनकी आयशाले ११औँ सागमा स्वर्ण तथा १२औँ सागमा रजत जितेकी थिइन् । २ छोराकी आमा बनेर देशलाई १३औँ सागमा २ स्वर्ण दिलाएपछि आयशाको चर्चा थप चुलिएको थियो । उनी तेक्वान्दोकै सागका ४ स्वर्णधारी दीपक विष्टकी धर्मपत्नीसमेत हुन् ।
भविष्यको बाटो
खेलकुदमा नेपाली महिलाको करिब ८ दशकको यात्रामा उनीहरूको सहभागिता उब्बल रहेकामा दुई मत छैन । खेलकुदमा राज्यको लगानी त्यसै पनि न्यून छ । खेल क्षेत्रमा आउने बजेटको झण्डै ८० प्रतिशत भन्दा बढी तलब, भत्ता र प्रशासनिक क्षेत्रमा खर्च हुन्छ । यस्तो स्थितिमा तल्लो तह (ग्रासरुट) खेलकुदका लागि उचित वातावरण र प्रोत्साहित गर्ने कार्य न्यून देखिन्छ । त्यसमाथि पनि महिलाको सहभागितालाई प्रोत्साहित गर्ने कार्यक्रम आउन सकेका छैनन् । महिलाहरू सुरुआतमा खेलप्रति लाग्दा नेपाली समाजले पनि उनीहरूलाई प्रोत्साहित गरेको पाइँदैन । कमजोर खेलकुद संरचनाको पृष्ठभूमिबाट नेपाली महिलाले नतिजा दिइरहेका छन् ।

करातेकी एरिका गुरुङले एसियाली राष्ट्रबीचको प्रतिस्पर्धाको फाइनल दोस्रोपल्ट नेपाली झण्डा फर्फराइन् । सम्भवत् एरिका नेपाली खेलकुदले पाएको सबै भन्दा उत्कृष्टमध्येकी खेलाडी हुन् किनकि एरिकाले पनि एकपछि अर्को ऐतिहासिक सफलताको सूचीमा आफूलाई उभ्याइन् ।‘हामीले खेल्दा पनि महिला खेलाडीको सहभागिता राम्रै थियो तर नयाँलाई आकर्षित र पुरानालाई प्रोत्साहित गर्ने काम हुन सकेन । थप राम्रा नतिजा महिला खेलाडीबाट पाउन सक्थ्यो । ‘पुरुष खेलाडीले पनि नतिजा दिएका छन् तर महिलाको अली बढी उत्साहपूर्ण छ’, लामाले भनिन्– ‘महिलाहरू पाएका जिम्मेवारीमा अनुशासित भएर निर्वाह गर्नुहुन्छ । त्यसैले पनि होला राम्रो नतिजा पाएका छौँ ।’ जिम्मेवारी र कर्तव्यका ठूला भारीसँगै सीमित अवसरबाट ऐतिहासिक नतिजा सहज छैन । तर सर्वोच्च शिखर आरोहण वा जुनसुकै जिम्मेवारीमा, जहिल्यै महिला अग्रस्थानमा छन् ।
यो पनि पढ्नुहोस्
नेपालको नयाँ चुनौती : दैनिक ५०० मेगावाट विद्युत् खेर‘जति नेपाली पुरुष खेलाडीमा लगानी गरिएको छ, त्यसको आधा मात्र महिला खेलाडीका लागि लगानी गर्ने हो भने उनीहरूले नतिजा दिन सक्छन् । त्यो उनीहरूले अहिलेसम्म दिएको नतिजाले पनि प्रमाणित भैसकेको छ’, उनले भने– विकसित राष्ट्रबाहेक अरूको अवस्था पनि हाम्रो जस्तै छ । यस्तो अवस्थामा हामीले दीर्घकालीन सोच राखेर लगानी गर्ने हो भने अहिलेसम्मकै ठूलो नतिजा नेपाली महिला खेलाडीले हासिल गर्न सक्छन् ।
इतिहासतर्फ फर्कँदा
इतिहास हेर्ने हो भने राणा शासनदेखि नै महिला खेल गतिविधिमा सहभागी भएका पाइन्छ । २००७ सालको क्रान्तिपछि महिला केही खेलमा देखिए । महिला सहभागिता टेबलटेनिस र ब्याडमिन्टनबाट सुरु भयो । राणा कालमा महिलाहरू टेबलटेनिस र ब्याडमिन्टन खेल्थे । तर दरबार निकटले मात्र खेल्ने, त्यो पनि खुला आकाशमा थिएन । सर्वसाधारण खेलबारे अनविज्ञ हुन्थे । २००८ सालमा नै महिला खेलमा सहभागी भएका पाइन्छ । त्यस साल पहिलोपल्ट टेबलटेनिसको महिला राष्ट्रिय प्रतियोगिता भएको थियो । पहिलो च्याम्पियन थिइन्, गीता राणा ।
पछि ब्याडमिन्टनको महिला प्रतिस्पर्धा २००९ सालमा भयो । रिता थापाले त्यो उपाधि जितेकी थिइन् । टेबलटेनिस च्याम्पियन राणा नेपालको पहिलो गभर्नर हिमालय शमशेरकी आमा हुन् । हिमालयकी आमा गीताले त्रिचन्द्र कलेजभित्र रहेको सरस्वती सदनमा त्यो प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा गीताले साडी नै लगाएर खेलेको पुराना खेलकर्मी बताउँछन् । उनको प्रतिद्वन्द्वी पनि दरबार निकट नै थिए । २००७ सालको प्रजातन्त्रपछि केही खेल संघ गठन भए । डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिका भवनमा भएको बैठकपछि लोकप्रिय खेलहरू फुटबल, ब्याडमिन्टन, टेबल टेनिसलगायत खेल संघ गठन भएका थिए ।

उनकै पहलमा रमा सिंहको कप्तानीमा नेपालको महिला टिम बन्यो । त्यो टोलीमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी र कमला हिराचन थिए । नेपाल टेलिभिजनको समाचार वाचिकासमेत रहेकी सिंहको कप्तानीमा नेपालले २०४३ मंसिरमा हङकङसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेलमा नेपाल १–० ले पराजित भएको थियो । शरदचन्द्र शाहको पालामा महिला खेलकुद बढ्न थाल्यो । तर स्वतन्त्ररूपमा महिलाको सहभागिता भने थिएन । व्यावसायिक खेलमा उनीहरूको उपस्थिति खासै राम्रो देखिँदैन ।

सन् १९६१ मा नेपालको टेबलटेनिस टोली चीनमा खेल्न जाँदा एउटा रोचक घटना भयो जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता पनि थियो । टेबलटेनिसको आफ्नै पोशाक छ । तर नेपालका महिला त्यतिबेला साडी लगाएर गएका थिए । डे«स कोडमा नै खेल्नुपर्ने भएपछि नेपाली महिलाले कुर्ता सुरुवालमा खेल्न स्वीकृति पाएका थिए । त्यो टिमको सदस्य थिइन्, परासिया राणा र कमल राणा । त्यो नै नेपाली महिलाले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो । खेल इतिहासबारे लेख्दै नवीन अर्याल नेपाली महिलाको खेलप्रति लगाव राणाकालदेखि भए पनि आममानिसमाझ आउन भने समय लागेको बताउँछन् ।
‘पहिले महिलाले टेबलटेनिस र ब्याडमिन्टन खेल्न सुरु गरे । टेबलटेनिस त साडी नै लगाएर खेलेका पाइयो । पछि महिलाले फुटबल खेल्न थाले’, नेपाली खेलकुदको वृत्तान्तका लेखक अर्यालले भने– उनीहरूका प्रतिद्वन्द्वी दरबार निकटका नै हुन्थे । आममानिस माझ आउन भने समय लाग्यो ।