प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रेस्क्यु नेपाली एप र वेब एप सार्वजनिक गरेको छ । संकटमा उद्धार गर्नु मातृभूमिको कर्तव्य भएको जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एप सार्वजनिक गरेका हुन् ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले निर्माण गरेको एप नेपालसहित इजरायल, बेल्जियम, संयुक्त अधिराज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरल्यान्ड, जापान, अस्ट्रेलिया, कतार, मलेसिया, युएई, पोल्यान्ड, क्यानडा, मकाउ, साउदी अरब, बहराइन, कुबेत, नर्वे, न्युजिल्यान्ड, भारत, चीन, फिनल्यान्ड, आयरल्यान्ड, ओमान, फ्रान्स, साइप्रस, स्विडेन, लक्जेम्वर्ग, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टासहित ४३ देशबाट प्रयोग गर्न सक्नेछन् ।
नेपालबाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रूपमा तथ्यांक संकलन गर्ने उद्देश्यले एप निर्माण गरिएको कांग्रेसले जनाएको छ । ‘संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने हो,’ प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘यो एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सक्नुहुनेछ ।’
एपमार्फत व्यक्तिको पहिचान, सम्पर्क, राहतको अवस्था, नेपाल फर्कन चाहनुको कारणसहित सातवटा प्रश्न तयार गरिएका छन् । त्यसमार्फत विदेशमा रहेका नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।