संग्रह
जनता समाजवादीको दस्तावेज निर्वाचन आयोगमा
आयोगमा बुझाइएको डकुमेन्टमा दोस्रो स्थानमा राखिएको बाबुराम भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष शब्द टिपेक्स लगाई मेटाइएको छ । र चौथौ स्थानमा महतोको नामअघि कलमले भट्टराईको नाम लेखिएको छ ।
प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।
निर्वाचन आयोगले थाल्यो नेकपा विवाद निरूपण
निर्वाचन आयोगले व्यवस्थापिका संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुटको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद निरूपणको प्रक्रिया सुरु भएको छ।
नेकपा आधिकारिकता विवाद निरूपण छिट्टै : आयोग
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि देखिएको आधिकारिकता विवादलाई छिट्टै टुंगो लगाउने भएको छ । आयोगले आफूले पठाएको पत्रको औचित्यमाथि नेकपा दाहाल–नेपाल समूहले प्रश्न उठाएपछि विवाद निरूपणका लागि अब आफ्नो प्रक्रिया सुरु गर्ने जनाएको छ ।
निर्वाचन तयारी रोक्न आयोगद्वारा अस्वीकार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव दाहाल–नेपाल समूहले राखेपछि आयोगले अस्वीकार गरेको हो।
फेरि बोलाइए नेकपाका दुवै अध्यक्ष
निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको बैठकमा थप समय माग गरी दाहाल–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै अध्यक्ष समूहलाई पुनः बोलाउने भएको हो।
निर्वाचन आयोगले माग्यो ७ अर्ब
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन तयारी एवं व्यवस्थापनका लागि बजेट माग गरेको हो । यसअघि आयोगले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग बजेट व्यवस्थापनका विषयमा छलफल गरेको थियो ।
निर्वाचन आयोगको भूमिकाप्रति दाहाल–नेपाल समूहको असन्तुष्टि
नेकपाको आधिकारिकतासम्बन्धी विवाद निरूपणमा निर्वाचन आयोगले गरेको ढिलाइप्रति दाहाल–नेपाल समूह असन्तुष्ट बनेको छ । नेकपाको विवादमा निर्वाचन आयोगले चाँडो छिनोफानो नगर्दा असहज परिस्थिति सिर्जना भएको सो समूहको दाबी छ ।
‘एकीकरण गर्ने भए १५ दिनभित्र आउनू’
निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँँताएको छ। सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको पूरै प्रक्रिया उत्प्रेषणको आदेशद्वारा बदर गर्ने निर्णय गरेसँगै आयोगले दर्ता नम्बर १४५ रहेको नेकपा खारेज गरेको हो। आयोगले मंगलबार दल खारेजीको जानकारी एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराएको छ।
दलहरूबाट कानुन पालना भएन: निर्वाचन आयोग
आयोगको आइतबार बसेको बैठकले दर्ता रहेका सबै १ सय ३३ वटा राजनीतिक दलबाट प्राप्त अभिलेख विवरणअनुसार कानुनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएको भन्दै ध्यानाकर्षण गराएको हो।