निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँँताएको छ। सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको पूरै प्रक्रिया उत्प्रेषणको आदेशद्वारा बदर गर्ने निर्णय गरेसँगै आयोगले दर्ता नम्बर १४५ रहेको नेकपा खारेज गरेको हो। आयोगले मंगलबार दल खारेजीको जानकारी एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराएको छ।
आयोगले साबिकमा राजनीतिक दलका रूपमा दर्ता भएका एमाले र माओवादी केन्द्र अब उप्रान्त अलगअलग राजनीतिक दलका रूपमा एकीकरण गर्नुअगाडिको अवस्थामा कायम रहेको जानकारी संघीय संसद् सचिवालय काठमाडौं, सातवटै प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई गराउने निर्णयसमेत गरेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसलाबमोजिम अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहेको बेहोराको जानकारी एमाले र माओवादी केन्द्रलाई गराइएको बताए। आयोगले २०७५ जेठ २३ को निर्णयले एमाले र माओवादी केन्द्रवीच एकीकरण भई बनेको नेकपा नामको दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८ अतिरिक्तांक ८ (अ) मा प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। सोसँगै अदालतको आइतबारको फैसलाले आयोगमा साबिकमा दर्ता रहेका एमाले र माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्था अथवा २०७५ जेठ २३ भन्दा अगाडिकै अवस्थामा कायम रहेको बेहोराको सूचनासमेत राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।
आयोगले एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नियमावली २०७४ विपरीत नहुनेगरी आआफ्नो केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र निवेदन दिन आह्वानसमेत गरेको छ। यसरी एकीकरण गर्ने भएमा दुई दलको निर्णयसहित एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनुपर्नेछ।
साबिकका एमाले र माओवादी केन्द्र ब्युँतिने भएपछि सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले र गोपाल किरातीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्रले समेत नाम परिवर्तन गर्नुपर्ने भएको छ। आयोगले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै तिवारीलाई नयाँ नाम र किरातीलाई नयाँ नाम र चिह्न प्रस्ताव गरी सुधारसहितको विवरण १५ दिनभित्र पेस गर्न आग्रह गरेको छ। एमाले र माओवादीबीच एकीकरण भएपछि तिवारीले एमाले र किरातीले माओवादी केन्द्रको नाम राखेर दल दर्ता गरेका थिए।
२०७४ सालमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संसद्को पहिलो ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भई बनको नेकपा नामको दल २३ गते निर्वाचन आयोगमा दर्ता भएको थियो।
वैशाख १५ गते हुने इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ।
निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् वैशाख १२ गते मध्यराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू रहने छ।
मौन अवधि सुरु भएसँगै आयोगले आगामी वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ र बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (क) को उपनिर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाएको छ।
‘आगामी वैशाख १५ गते इलाम जिल्ल प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त प्रदेशसभा सदस्यको लागि हुने उपनिर्वाचनअन्तर्गत मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ,’ उनले भने, ‘उपनिर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने वैशाख १५ गतेभन्दा ४८ घण्टाअघि वैशाख १२ गते राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको हो।’
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको उनले बताए। यस अवधिमा निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता,२०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध गरेको छ।
‘निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ,’ उनले भने, ‘उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन निर्देशन दिएको छ।’
आयोगले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न निर्देशन दिएको छ। उपनिर्वाचन हुने जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, संघ र संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँकतै भए गरेको पाइएमा कानुनबमोजिम तत्काल कारबाही गर्न निर्देशन दिएको जानकारी उनले दिए।
उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचनसम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्याउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरूपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकारविना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटकपटक मतदान गर्न नहुने, दफा ९ बमोजिम मत संकेत सार्वजनिक गर्न नहुने, दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, दफा ११ बमोजिम मतपत्रबाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने र दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै पनि कार्य हुन नदिने र कहींकतैबाट भए गरेमा थप आदेश लिनु नपर्नेगरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशन दिइसकेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।