सुदूरपश्चिम रोयल्समा फर्किए इंग्ल्यान्डका जैब
२४ साउन २०८३
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सुदूरपश्चिम रोयल्समा फर्किए इंग्ल्यान्डका जैब

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।

राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी२० क्रिकेटमा ११२ खेलबाट १,७९२ भन्दा बढी रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।

भाइटालिटी ब्लास्टमा मात्रै उनले १,६०० भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट–आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले टी२० क्रिकेटमा २३ विकेट लिएका छन्।

जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका छन् र उत्कृष्ट लयमा रहेका छन्।

‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु,’ जैबले भनेका छन्।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

‘जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं। नेपाली कन्डिसनमा म्याच विनरका रूपमा आफूलाई प्रमाणित गरिसकेका जैबबाट यसपटक पनि पहिलो संस्करणकै जस्तै योगदानको अपेक्षा गरेका छौं। पहिलो उपाधि जित्ने हाम्रो लक्ष्यमा उनको भूमिका महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ खड्काले भने।

सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो।

त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो।

अर्को समाचार
ह्यारी केनलाई २०२९ सम्म राख्ने तयारीमा बायर्न
२५ साउन २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
ह्यारी केनलाई २०२९ सम्म राख्ने तयारीमा बायर्न

इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केनलाई जर्मन क्लब बायर्न म्युनिखले लामो समयसम्म क्लबमै राख्ने तयारी गरेको छ। केनले बायर्नसँग सन् २०२९ सम्मको नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको छ।

हाल केन बायर्नसँगको सम्झौताको अन्तिम वर्षमा छन्। सन् २०२३ मा टोटनह्याम हटस्पर छाडेर बायर्न पुगेका केनले जर्मनीमा आफूलाई उत्कृष्ट रूपमा स्थापित गरेका छन्। उनले बायर्नबाट दुईपटक जर्मन लिग उपाधिसहित जर्मन कप र जर्मन सुपर कप जितिसकेका छन्।

रिपोर्टअनुसार बिदा सकेर टोलीमा फर्किएपछि केन र बायर्नबीच यही साता नयाँ सम्झौताका विषयमा छलफल हुने तयारी छ। सम्झौता दुई वर्ष थपिएमा केन सन् २०२९ सम्म बायर्नमै रहनेछन्। बायर्न पुगेयता केनले क्लबका लागि १४६ गोल गरिसकेका छन्। नयाँ सम्झौतासँगै उनी अझै लामो समय बायर्नको गोल मेसिनका रूपमा रहने सम्भावना बढेको छ।

नयाँ सिजनको सुरुवातमै केनले गोलको खाता खोल्ने अवसर पाउनेछन्। बायर्नले अगस्ट २२ मा जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्दैछ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस