फ्रान्सका डिफेन्डर लुकास डिग्ने एस्टन भिल्ला छाडेर युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) मा फर्किएका छन्। उनी आठ वर्षपछि उनी पुनः पीएसजी फर्किएका हुन्।
३३ वर्षीय डिग्नेले पीएसजीसँग तीन वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२२ मा एभर्टनबाट एस्टन भिल्ला पुगेका थिए। पीएसजीले डिग्नेको सम्झौतामा रहेको ८५ लाख पाउन्डको रिलिज क्लज सक्रिय गरेपछि उनको स्थानान्तरण सम्भव भएको हो।
पीएसजी फर्किएपछि डिग्नेले आफू निकै सम्मानित महसुस गरेको बताएका छन्। 'क्लबले पछिल्ला वर्षमा गरेको विकासबाट आफू विशेष रूपमा प्रभावित भए' उनले बताए। डिग्नेले आफ्नो करियरको सुरुवाती चरणमा पीएसजीबाट तीन सिजन खेलेका थिए। पिएसजीमा रहँदा उनले क्लबका लागि ३० खेल खेलेका थिए। त्यसपछि सन् २०१६ मा उनी बार्सिलोना पुगेका थिए।
पीएसजीमा डिग्नेले पहिलो रोजाइका लेफ्ट ब्याक नुनो मेन्डेससँग स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। पीएसजी लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जितेको टोली हो। पछिल्लो पटक सन् २०२६ को फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उसले उपाधि जितेको थियो।
उता, डिग्नेले गत सिजन एस्टन भिल्लाबाट युरोपा लिगको उपाधि जितेका थिए। यो एस्टन भिल्लाको सन् १९९६ पछि पहिलो ठूलो उपाधि थियो। डिग्ने यस सिजन एस्टन भिल्ला छाड्ने तेस्रो ठूला खेलाडी बनेका छन्। यसअघि मोर्गन रोजर्स चेल्सी र युरी टिलेमान्स म्यानचेस्टर युनाइटेड पुगेका थिए।
इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केनलाई जर्मन क्लब बायर्न म्युनिखले लामो समयसम्म क्लबमै राख्ने तयारी गरेको छ। केनले बायर्नसँग सन् २०२९ सम्मको नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको छ।
हाल केन बायर्नसँगको सम्झौताको अन्तिम वर्षमा छन्। सन् २०२३ मा टोटनह्याम हटस्पर छाडेर बायर्न पुगेका केनले जर्मनीमा आफूलाई उत्कृष्ट रूपमा स्थापित गरेका छन्। उनले बायर्नबाट दुईपटक जर्मन लिग उपाधिसहित जर्मन कप र जर्मन सुपर कप जितिसकेका छन्।
रिपोर्टअनुसार बिदा सकेर टोलीमा फर्किएपछि केन र बायर्नबीच यही साता नयाँ सम्झौताका विषयमा छलफल हुने तयारी छ। सम्झौता दुई वर्ष थपिएमा केन सन् २०२९ सम्म बायर्नमै रहनेछन्। बायर्न पुगेयता केनले क्लबका लागि १४६ गोल गरिसकेका छन्। नयाँ सम्झौतासँगै उनी अझै लामो समय बायर्नको गोल मेसिनका रूपमा रहने सम्भावना बढेको छ।
नयाँ सिजनको सुरुवातमै केनले गोलको खाता खोल्ने अवसर पाउनेछन्। बायर्नले अगस्ट २२ मा जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्दैछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।