विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिनर घुँडाको चोटका कारण यसै साता सुरु हुने सिनसिनाटी ओपनबाट बाहिरिएका छन्।
२४ वर्षीय इटालियन खेलाडीले दायाँ घुँडामा समस्या देखिएपछि प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेका हुन्। चिकित्सकीय टोलीसँग उपचार र पुनरागमनका लागि निरन्तर काम गरिरहे पनि प्रतिस्पर्धाका लागि आफू अझै पूर्ण रूपमा तयार नभएको सिनरले बताएका छन्। सिनरले भनेका छन्, ‘चिकित्सक र आफ्नो टोलीसँग परामर्श गरेपछि सिनसिनाटीको मास्टर्स १००० प्रतियोगिताबाट हट्नुपर्ने भएको छ। मेरो दायाँ घुँडाले समस्या दिइरहेको छ र अहिले म प्रतिस्पर्धाका लागि तयार छैन।’
गत महिना विम्बल्डनको उपाधि जितेपछि सिनरले अहिलेसम्म कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्। उनले फाइनलमा अलेक्जान्डर ज्वेरेभलाई पराजित गर्दै करियरको पाँचौँ ग्रान्डस्लाम उपाधि जितेका थिए। सिनसिनाटी ओपनको मुख्य प्रतिस्पर्धा अगस्ट १३ देखि सुरु हुँदैछ र फाइनल अगस्ट २३ मा हुनेछ। प्रतियोगितामा ज्वेरेभसँगै २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच पनि सहभागी हुँदैछन्।
सिनरले सिनसिनाटीमा खेल्न नपाउँदा निराश भएको बताए पनि अब आफ्नो मुख्य ध्यान यूएस ओपनको तयारीमा केन्द्रित गर्ने बताएका छन्। वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन अगस्ट ३० देखि सेप्टेम्बर १३ सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ। यसपटक सिनसिनाटी ओपनमा विश्व नम्बर दुई कार्लोस अल्काराज पनि सहभागी हुने छैनन्। कलाईको चोटका कारण अल्काराज अप्रिलमा भएको बार्सिलोना ओपनयता कोर्टमा फर्किएका छैनन्।
इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केनलाई जर्मन क्लब बायर्न म्युनिखले लामो समयसम्म क्लबमै राख्ने तयारी गरेको छ। केनले बायर्नसँग सन् २०२९ सम्मको नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको छ।
हाल केन बायर्नसँगको सम्झौताको अन्तिम वर्षमा छन्। सन् २०२३ मा टोटनह्याम हटस्पर छाडेर बायर्न पुगेका केनले जर्मनीमा आफूलाई उत्कृष्ट रूपमा स्थापित गरेका छन्। उनले बायर्नबाट दुईपटक जर्मन लिग उपाधिसहित जर्मन कप र जर्मन सुपर कप जितिसकेका छन्।
रिपोर्टअनुसार बिदा सकेर टोलीमा फर्किएपछि केन र बायर्नबीच यही साता नयाँ सम्झौताका विषयमा छलफल हुने तयारी छ। सम्झौता दुई वर्ष थपिएमा केन सन् २०२९ सम्म बायर्नमै रहनेछन्। बायर्न पुगेयता केनले क्लबका लागि १४६ गोल गरिसकेका छन्। नयाँ सम्झौतासँगै उनी अझै लामो समय बायर्नको गोल मेसिनका रूपमा रहने सम्भावना बढेको छ।
नयाँ सिजनको सुरुवातमै केनले गोलको खाता खोल्ने अवसर पाउनेछन्। बायर्नले अगस्ट २२ मा जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्दैछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।