अविरल बर्षाका कारण बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित राप्तीपारी अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन सकेको छैन। राप्ती नदीमा यही असोज २१ गते आएको ठूलो बाढीले ठाउँ–ठाउँमा पोल र तार टुटेका कारण सेवा सूचारु गर्न कठिनाई भएको हो।
कुसुम ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काले राप्तीको बाढीले करिब ४२ वटा पोल र झण्डै २ किलोमिटर बराबरको तारमा क्षति पुर्याएकाले मर्मत गर्न समस्या भइरहेको बताए।
‘राप्तीवारीबाट पारीतिर करिब ६ ठाउँमा बत्तीको तार क्रस भएको छ, एक ठाउँमा करिब ३ देखी साढे ३ सय मिटर जति राप्ती नदीको एरिया छ,’ उनले भने, ‘नदीको सतह अझै नघटेको हुँदा मर्मतको काम थाल्न जोखिम देखिन्छ।’ तर, केही ठाउँमा मर्मतको काम चलिरहेको अध्यक्ष खड्काले बताए।
बाढीले करिव १५ लाख रुपैयाँ बराबरको क्षति गरेको उनले जानकारी दिए। विद्युत सेवा सुचारु नहुँदा कुसुमस्थित राप्तीपारीका गाउँहरु अन्धकार भइरहेका छन्। सेवा सुचारु हुन अझै एक हप्ता जति समय लाग्ने र तिहार अगाडी जसरी पनि बत्ती बाल्ने योजनामा आफूहरु रहेको अध्यक्ष खड्काले बताएका छन्।
राप्ती सोनारी १ खोकरीका स्थानीय युवा कृष्ण चौधरीले विद्युत सेवा नहुँदा मोबाईल फोन चार्ज गर्न अर्को गाउँमा पुग्नुपर्ने बाध्यता रहेको बताए। ‘विगतका दिनमा मट्टीतेलबाट बालिने टुक्कीहरु अहिले बालेर गुजारा गर्न बाध्य भएका छौं,’ उनले भन,े ‘विद्युतको कार्यालयमा सम्पर्क गर्दा जिम्मेवार व्यक्तिहरु बाटै कतिपयले तार झरी सक्यो भन्नुभयो भने कतिपय व्यक्तिहरुले अझै तार नआएको बताउनुभयो, त्यसैले सत्यतथ्य बोलियोस् र कामप्रति पूर्ण बफादार भई लाग्न हार्दिक अनुरोध गर्दछु।’
सोही गाउँका अर्का युवा ईन्द्र ओलीले विद्युत सेवा सुचारु गर्न ढिलासुस्ती भइरहेको गुनासो गरे। ‘हाम्रो खोकरीमा बत्ती सुचारु गर्न त्यति ठुलो समस्या नै छैन, लौकीदेखी हाम्रो गाउँ वारीतिर तार तान्नलाई कुनै गाह्रो छैन, प्राविधिक मात्रै पठाईदेउ, हामी श्रमदान गर्छौ भन्दा पनि विद्युतका पदाधिकारीले सुनेनन्,’ ओलीले भने।
पोल र तार क्रस गर्ने राप्ती नदीको वारी र पारी बलियो संरचना नबनाउँदा सम्म पटक पटक यस्ता समस्या दोहोरिरहने उनले सुनाए। गाउँमा विद्युत सेवा नहुँदा सबै कामहरु ठप्प भएको ओलीले बताए। नेपाल विद्युत प्राधिकरणले ‘बुटवल–कोहलपुर दोस्रो सर्किट आयोजना’ अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा निर्माण गरेको सव–स्टेशनमार्फत उक्त गाउँमा ग्रामिण विद्युत सेवा दिइएको छ।
बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगीव्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् । व्यवसायीहरुका अनुसार बर्षाले सालाखाला प्रति इटाभटा करिव आठ लाख काँंचो इटा नष्ट भएका छन् । यहाँं ६२ वटा इटाभटाहरु सञ्चालनमा छन् । यस हिसाबले चार करोड ९० लाख इटाहरु नष्ट भएका छन् ।
भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले पिक आवरमा भएको वर्षाले उद्योगी व्यवसायीहरुलाई ठूलो नोक्सान पारेको बताए । ‘अहिले हामीमध्ये कतिले इटाभटामा इटा पोल्न लगाइएको आगो नै निभाउनुपर्ने अवस्था आएको छ, अध्यक्ष ह्योम्वाले नागरिकसँंग भने, ‘पोल्नका लागि पारेर खलामा सुकाइराखेको काँंचो इटाको अभाबमा भटाको आगो निभाउनुपर्ने बाध्यता आएको हो ।’
गएको पुस १० गते इटा पोल्नका लागि भटामा आगो लगाउन थालेको थियो । नियम अनुसार इटाभटामा सवैले एकैपटक आगो लगाउनुपर्छ । त्यो भन्दा अगाडि आगो लगाउन पाइँदैन । बरु नसक्नेले त्यो भन्दा पछाडि लगाए पनि हुन्छ ।
भर्खरै मात्रै आगो लगाउन सुरु गरेकामा तुरुन्त यस्तो अवस्था आएपछि व्यवसायीहरु मर्नु र बाँंच्नु भएका छन् । अत्याधिक काम भएर धेरै इटा उत्पादन हुने यो महिनामा भएको बर्षाले उनीहरुलाई अप्ठेरो पारेको हो ।
प्रत्येक वर्ष सालाखाला मंंसिरबाट इटा पार्ने काम सुरु हुन्छ । एक महिनासम्म इटा पारेर सुक्न थालेपछि इटाभटामा इटा पोल्न आगो लगाउने कामको थालनी हुन्छ । यसरी धेरै काम भएर aढी इटा उत्पादनको थालनीमै भएको वर्षाले इटाभटा व्यवसायीहरुलाई सास्ती पारेको हो ।
कर छुटको माग
बर्षाले काँंचो इटा नष्ट भई समस्यामा परेपछि व्यवसायीहरुले राहतको लागि कर छुटको माग राखेका छन् । भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले राहतको लागि कर छुटको माग गरे । व्यवसायीहरुले सम्वन्धित नगरपालिकामा उद्योग सञ्चालन गरेबापत प्रतिइटाभटा वार्षिक सात लाख कर बुझाउनुपर्छ ।
यहाँंका अधिकांश इटाभटाहरु चाँंगुनारायण नगरपालिकामा पर्दछन् । उद्योग सञ्चालन गरेबापत नगरपालिकालाई प्रति इटाभटा सात लाख रुपैयाँं कर बुझाउनुपर्छ । जिल्लाका केही इटाभटाहरु सूर्यविनायक नगरपालिकामा छन् । त्यहाँं पनि नगरपालिकालाई सोही बराबरको कर वुझाउनुपर्ने व्यवसायीहरुले बताए । यो बाहेक जिल्लाका दुई पुराना नगरपालिकाहरु भक्तपुर र मध्यपुर थिमिमा घना वस्ती बसिसकेकाले इटाभटाहरु छैनन् ।
व्यवसायीहरुले नगरपालिकाबाहेक आन्तरिक राजश्व कार्यालयमा पनि कर बुझाउनुपर्छ । उनीहरुले कार्यालयलाई नाफाको २५ प्रतिशत कर बुझाउनुपर्ने व्यवसायीहरुले जनाएका छन् । नगरपालिका र आन्तरिक राजश्व कार्यालयलाई बुझाउनुपर्ने करमा राहतको लागि छुट हुनुपर्ने माग उद्योगी व्यवसायीहरुको हो ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।