प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग
२४ असार २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग

प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।  

सांसद कुलप्रसाद साम्बा(कुशल)ले प्रदेशका प्रहरीको न्यूनतम तलब मासिक ५० हजार पुर्‍याउन प्रदेश सरकारलाई आग्रह गरे । ‘खान लगाउन नै समस्या भए प्रहरीले काम गर्न सक्दैनन्’ साम्बाले भने प्रहरीको तलब न्यूनतम ५० हजार बनाउनुपर्छ ।’ उनले महिलालाई प्रहरीमा प्राथमिकता दिनु पर्ने धारणा राखे । साम्बाले २० प्रतिशत महिला राख्ने प्रावधान रहेकोमा पुरुष र महिला बराबर हुने व्यवस्था गर्न माग गरे । सांसद प्रकाशप्रताप हाङ्माङ्ले प्रदेशमा ११ हजार मात्रै प्रहरी कायम नगरी कम्तीमा एक जिल्ला १ हजार प्रहरी हुने गरी १४ हजार प्रहरी दरवन्दी कायम गर्न माग गरे । हाङ्माङ्ले महिलाको सहभागिता बढाउन प्रहरी भर्ना गर्दा महिलालाई प्राथमिकता दिन आग्रह गरे ।

विधेयकको शैद्धान्तिक छलफलमा उठेका प्रश्नको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका छन् । कार्कीले महिला प्रहरीको संख्या बढाउने विषय राम्रो भएपनि लोक सेवा आयोगले निर्धारण गरेको कोटा अनुसार नै प्रदेशमा पनि प्रहरी भर्ना गर्नुपर्ने भएकाले संविधान र संघीय कानुनविपरित कोटा बढाउन नसकिने स्पष्ट पारे । कार्कीले प्रहरीले तलब बढाउने विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नरहेको बताए । 

प्रहरीको तलब, दज्र्यानी चिन्ह, हातहतियार, पोशाक र भत्ता संघीय सरकारको कार्यक्षत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले हस्तक्षेप गर्न नसक्ने कार्कीको भनाई छ । विधेयकको शैद्धान्तिक छलफलमा सांसदहरू खिनुलङ्वा लिम्बु, जयराम यादव, लक्षुमन तिवारी, लिला सुब्बालगायतले भाग लिएका थिए ।

लोकप्रिय
अर्को समाचार
‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’
१२ भदौ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’

प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्। प्रदेशको नामाकरणका लागि आफूले धेरै प्रयत्न गरे पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामकरणका लागि अर्को प्रदेशसभा नै कुनुपर्ने अवस्था आएको भण्डारीले बताए।  

यही हप्ताभित्र चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको र चुनाव घोषणा भइसकेकाले यही प्रदेशसभाले नाम दिने सम्भावना टरिसकेको उनको भनाइ छ। ‘यही हप्ताभित्र प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ,’ सभामुख भण्डारीले भने, ‘प्रदेशसभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’ नामकरण राजधानी तोक्नभन्दा सजिलो भए पनि प्रदेश १ मा नामकरणको विषय नै जटिल बनेको भण्डारीले बताए।

राजधानी टुंगो लगाएकै बेलामा दलहरूबीच प्रदेशको नाम सहमतिको आधारमा टुंग्याएर जाने समझदारी भए पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामा टुंग्याउन नसकिएको भण्डारीले स्पष्ट पारे। ‘विभिन्न समयमा भएको सर्वदलीय छलफल, दलहरूले गरेको आन्तरिक छलफलबाट पनि कुनै निकास निस्कने अवस्था नआएको र दलहरूले आफ्नो हठ छाड्न मानेनन्।’ प्रदेशको नाम राख्न हाल कायम ९० सदस्यीय प्रदेशसभाको कुल संख्याको दुईतिहाइ संख्या चाहिन्छ। तर, कुनै पनि दलको दुईतिहाइ बहुमत नभएको र कुनै पनि नाममा सहमति नजुटेको भण्डारीले बताए। उनले भने, ‘नाम राख्न दुईतिहाई बहुमत चाहिने भएकाले दलीय सहमतिविना प्रदेशसभामा नामकरणको विषय प्रवेश गराउनुको अर्थ रहँदैन।’ प्रदेशसभाले ५ वर्षमा ६१ विधेयक पास भएको २ संशोधनको चरणमा रहेको र बाँकी रहेको दुई विधेयक आफ्नै कार्यकालमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। अहिले सञ्चारसम्बन्धी विधेयक अझै समितिमा छलफलमै रहेको उल्लेख गरे।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस