घर पालुवा जनावरहरू सार्वजनिक खुला क्षेत्रमा जथाभावी छोड्न नपाइने
१४ असार २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
घर पालुवा जनावरहरू सार्वजनिक खुला क्षेत्रमा जथाभावी छोड्न नपाइने

भक्तपुर नगरमा अत्यधिक धुँवा तथा रसायनिक पदार्थ निष्कासन हुने उद्योग सञ्चालन गर्न नपाइने भएको छ । आइतबार बसेको नगरपालिकाको सातौ नगरसभाको बैठकमा भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७ प्रस्तुत भई पारित भएसँंगै यस्तो भएको हो । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकमा विधायन समितिका संयोजक हरिराम सुवालले विधयेक पेश गरेका थिए ।  

विधेयकसँंगै नगरमा कसैले तोकिएको समय र स्थानमा बाहेक फोहरमैला फालेमा र चोक तथा खुला क्षेत्रमा स्थानीय वडा कार्यालयको अनुमतिमा बाहेक जथाभावी सवारीसाधन पार्किङ गरेमा प्रदूषणजन्य कसुर ठहर्ने उल्लेख छ । विधेयकमा विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रका घर भवनमा तोकिएबमोजिम परम्परागत छाना नराखेमा, फोहरबाट निस्केको दूषित पानी सार्वजनिक स्थल, सम्पदा, पानीको स्रोत वा अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराए, पूजाआजा वा परम्परागत संस्कारमा बाहेक सार्वजनिक स्थानमा पशुपंक्षीको वध गर्ने र पोल्ने गरे, घर पालुवा जनावरहरू सार्वजनिक खुला क्षेत्रमा जथाभावी छोड्ने र फोहर (दिसा, पिसाब) गराए कसुर ठहर्नेलगायतका व्यवस्थाहरू गरिएको छ ।

नगरसभामा प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर नगर क्षेत्रमा बढ्दो सहरीकरणसँगै नगरलाई मौलिक स्वरुप कायम गर्न र नगरभित्र वातावरणीय संरक्षणमार्फत स्वच्छता कायम गर्दै ध्वनी, दृश्य एवम् वातावरणीय प्रदूषण नियमन र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले यो विधेयक ल्याइएको बताए । 

विधेयक छलफलमा सभासद्हरू राजेन्द्र माक, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सीतादेवी नेपाली, ज्ञानकुमार मगजु, कृष्णगोपाल चौगुठी र गोबिन्द दुवालले विद्युतीय शवदाह गृह निर्माण गर्नुपर्ने, सार्वजनिक बाटोमा राँगो काटेर फोहर गर्नेलाई दण्ड गरिनुपर्ने, छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने, वडा निरीक्षकलाई नापजाँचको तालिम दिनुपर्ने, कमलविनायक पोखरीलाई पनि सांस्कृतिक क्षेत्रभित्र परिनुपर्ने, फोहर व्यवस्थापनको लागि बाल्टिन वितरण गर्नुपर्नेलगायतका धारणा व्यक्त गरेका थिए । नगरसभाको विशेष समयमा सभासद्हरूले नगरको विकास निर्माण र समसामयिक विषयहरूबारे आ–आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए ।  

सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक रबिन्द्र ज्याख्वले सरकारले ढिलो बजेट पठाएका कारण नपाका विद्यालयहरूमा स्यानिटरी प्याड वितरण गर्न असमर्थ भएको जनाउँंदै लकडाउनको समयमा पनि जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले बिरामीहरूको सेवा निरन्तर गरिरहेको प्रष्ट पारे । 

यसैगरी निर्माण समितिका संयोजक उकेश कवांले सीमित बजेटभित्र बसेर नगरपालिकाले आफ्नो कार्य सञ्चालन गर्नुपर्ने बाध्यता भएको बताउँदै लकडाउनका कारण प्रदेश र संघबाट बजेट समयमै नआएको गुनासो पोखे । खानेपानी समितिका संयोजक महेन्द्र खायमलीले भक्तपुर नपामा सञ्चालित नयाँ आवास क्षेत्रहरूमा खानेपानी पाइपलाइनको व्यवस्था नभएको हुँदा वडागत हिसाबले पाइपलाइन विस्तार गर्ने योजना रहेको बताए । 

सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरभित्र सञ्चालित सहकारी संस्थाहरूमा देखिएको बेथितिलाई सुधार गर्न नगरपालिकाले नियमित रुपमा अनुगमन गरिरहेको र भनपाले घरजग्गा मूल्यांकन कर निकै कम मात्र उठाइरहेको बताए । 

कृषि समिति तथा बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले नेपालमा पनि सलह किराको प्रकोप देखिँदै आएको र यसको नियन्त्रणको लागि आवश्यक छलफल भइरहेको बताउँदै बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरू नष्ट गरी आवश्यकताअनुरुपको कारबाही गरिरहेको बताए । आइतबार बसेको बैठकमा आ.व. २०७७/७८ को विनियोजन बजेटमाथि छलफल भयो । नगरसभाको अर्को बैठक असार १६ गते एक बजे बस्ने गरी स्थगित गरियो ।

लोकप्रिय
अर्को समाचार
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
०८ माघ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
चिसोबाट किसानलाई पशु जोगाउन समस्या

गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ। चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ।

चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। ‘एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ’, किसान पर्शु धामीले भने, ‘एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन। भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ।’

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ। पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ। जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन्।

‘बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ’, उहाँले भन्नुभयो, ‘तर पनि बचाउन सकिएन। जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ।’

उनका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन्। चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए।

‘चिसोले हामीजस्ता व्यावसायिक रुपमा पशुपालन गर्नेलाई हैरानी भएको छ। मसँग ५० बढी गाईभैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ’, उनले भने, ‘लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनुपर्ने बाध्यता हामीलाई छ।’

किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन्। ‘चिसोले एउटा बाख्रा बिरामी भएर म¥यो’, उनले भने, ‘घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ।’

मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताए। ‘चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन, यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ’, उनी भन्छन्, ‘दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन, एक महिना पुग्न लाग्यो। पशुले घाम ताप्न पाएका छैनन्, आहारा घटेको छ। चिसोमा पानी कम पिउने हुँदा उनीहरुलाई कुपोषणको समस्या हुन थालेको छ।’

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ। सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ। चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए। ‘हामीले करिब पाँच ठाउँमा रातदिन आगो बालिरेहका छौँ, नत्र पशु जोगाउन सकिँदैन’, उनले भने, ‘महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि सुरु भएको छ।’

जाडोको समयमा चरनका लागि बाहिर नलगी लामो समयसम्म बाँधेर घाँस खुवाइन्छ। ‘दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषणसम्बन्धी समस्या देखिने जोखिम हुन्छ’, पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भने, ‘चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ।’ उनले चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यायो पार्ने, तातोपानी खुवाउने, पोषणयुक्त आहारामा ध्यान दिन सुझाव दिए। –रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस