प्रदेश ५ : गाउँदेखि सहरसम्म जातीय भेदभाव
२२ जेष्ठ २०७७
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश ५ : गाउँदेखि सहरसम्म जातीय भेदभाव

गत वैशाख २२ गते गुल्मी कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका श्याम परियार नेत्रबहादुर काउचाको घरको दैलौमा पसे । सँगै गएका गैरदलित साथीहरू पानी परेलगत्तै नेत्रबहादुर काउचाको घरभित्र पसे । तर, परियार भने दलित भएकाले हत्तपत्त भित्र छिर्न आँट गरेनन् । पछि जोडले हावाहुरीसहित पानी पर्न थालेपछि ओत खोज्दै दैलोसम्म पुगे । पानी परेकाले ओत लाग्न पुगेका श्यामलाई भने दलित भएर घरभित्र पसेको निहँुमा गाउँभेला गरेर उल्टो १५ सय जरिवाना तिर्नुपर्यो । 

छुवाछूतमुक्त राष्ट्रमा जातीय विभेद भोगेपछि पीडित परिवारले न्यायको याचना गर्न पुगेका छन् । अहिले जातीय भेदभावको अभियोगमा नेत्रबहादुर काउचाविरुद्ध जिल्ला अदालत गुल्मीमा मुद्दा परेको छ । काउचालाई जेठ ६ गतेदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रुपन्देही देवदह–११ की १३ वर्षीय अंगिरा पासीलाई गाउँकै एक गैरदलित युवाले ललाइफकाई जबर्जस्ती करणी गरे । जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरूले अंगिरालाई उल्टै बलात्कारी आरोपित २५ वर्षीय वीरेन्द्र भरलाई जिम्मा लगाए । घर जानासाथ तल्लो जातको भन्दै अंगिरालाई वीरेन्द्रकी आमा अकाली भरले कुटपिट गरिन् । 

त्यसको केही घन्टामै अंगिराको शव भेटियो । अंगिराकी आमाले छोरीमाथि जबर्जस्ती करणी गरेर बिटुलो बनाएपछि जातीय भेदभाव गरेको र त्यसपछि हत्या गरेको प्रहरीमा जाहेरी दिएकी छन् । यो घटनामा पनि अंगिरा तल्लो जातको भएकै कारण अपमान र हत्या भएको आमा शान्ति बताउँछिन् । प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर, न्याय पाउनेमा भने पीडित परिवार आशंकामा छन् ।

अन्तरजातीय विवाह गरेका बगनासकाली गाउँपालिका–१ बगनासका पूर्णमान  श्रेष्ठ र उनकी पत्नी सरिता श्रेष्ठ नेपालीलाई आमाको मृत्युपछि सद्गत र घरमा किरिया बस्न रोक लगाइयो । आमाको वैशाख २६ गते निधनपछि घरपरिवारले पूर्णमानलाई दलित विवाह गरेकै कारण शव छुन र दागबत्ती दिनबाट वञ्चित गराए । 

घरमा किरिया बस्न नदिएर बारीको छेउमा त्रिपाल बेरेर बनाइएको  छाप्रोमा  किरिया बस्नुपर्यो । सञ्चारमाध्यममा समाचार आएपछि घरमा बस्न दिइए पनि अझै पनि परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन आएको छैन ।

यस्तै, कोरोना कहरका बेला गुल्मीको इस्मा गाउँपालिका–३ स्थित आलमदेवी प्राविको क्वारेन्टाइनमा दलित समुदायका लागि छुट्टै भान्सा बनाएको क्वारेन्टाइनका कमल नेपालीले बताए । दलित समुदायहरूको संख्या धेरै भएकाले त्यहाँ रहेका गैरदलितहरूले छुट्टै पकाएर खाने गरेको उनको भनाइ छ ।

गत कात्तिक ३० गते कपिलवस्तुको शिवराज नगरपालिका–५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरू ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागे । चन्द्रौटा बजारका स्थानीय मिलन विश्वकर्माले नयाँ घरमा हिन्दू संस्कार अनुसार पूजा गर्न पण्डित बोलाएका थिए । तर, घर मालिक दलित भएको थाहा पाएपछि पूजा गर्न तयार भएका पुजारी भीमप्रसाद आचार्य र गोविन्द भट्टराई त्यहाँबाट बाहिरिए ।

यो घटनाबारे पीडित मिलनले अधिकारकर्मीको सहयोगमा जातीय छुवाछूत भएको भन्दै न्यायका लागि प्रहरीकोमा उजुरी दिए । भीमप्रसाद आचार्यसहित दुई जनालाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा दायर भयो । तर, यो मुद्दामा राजनीतिक नेताहरूकै दबाबले जातीय विभेदकै घटनामा पनि अदालतले पण्डितकै पक्षमा फैसला गरेको छ । पीडित विश्वकर्मा राजनीतिक नेताहरूको दबाब र समाजको डरले अदालतमा पुगेको घटनामा पनि बयान फेर्न बाध्य भए ।

माथि उल्लिखित घटनाहरू प्रदेश ५ को प्रकाशनमा आएका घटना हुन् । कानुनी रूपमा जातीय छुवाछूतमुक्त भएको मुलुकी ऐन २०२० मै हो । नेपालको संविधान २०७२ ले जातको आधारमा भेदभाव गरे त्यसलाई अपराध मानेर कानुनी कारबाही गर्ने उल्लेख गरेको छ । यति मात्र होइन, २०६२÷६३ को जनआन्दोलनपछि बनेको सरकारले २०६३ जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो । जातीय छुवाछूतको मुद्दाका लागि छुट्टै ऐन (जातीय भेदभाव कसुर र सजाय ऐन– २०६८) निर्माण भएको छ । तर, गणतन्त्रात्मक शासन व्यवस्थामा पनि जातीय रूपमा गरिने भेदभावमा भने कमी आउन सकेको छैन ।

शिक्षित समाज र राजनीतिक रूपमा सचेत भएकै वर्गबाट भेदभाव हुन थालेपछि दलित अभियन्तासमेत आश्चर्यमा परेका छन् । सामाजिक न्याय र समाजवादउन्मूख नेपाल निर्माण गर्ने संविधानको प्रस्तावनामै छ । तर, संघीय गणतन्त्र नेपालको यो आमूल परिवर्तनमा पनि दलित समुदायले भने पाइलैपिच्छे भेदभाव भोगेका छन् ।  ‘पहिला त घरभित्र पस्न दिइँदैनथ्यो तर आत्मियता थियो, तर अहिले आधुनिक रूपमा भेदभाव भइरहेको छ’ दलित अधिकारकर्मी मीना परियार बताउँछिन् । 

उनले समाज रूपान्तरणका लागि भन्दै दशकौंदेखि आन्दोलनमा होमिए पनि समाज परिवर्तन हुन नसकेको बताइन् । अदालतमा गएको घटनामा समेत पीडितले न्याय नपाउने, पीडककै पक्षमा फैसला हुने गरेको अधिकारकर्मी परियारले बताइन् । अमानवीय खालका घटना मात्र सार्वजनिक हुने गरेका छन् । तर, असहायका विभेदहरू झन् बढी हुने गरेको अधिकारकर्मी परियारको भनाइ छ ।

ठूला सहरमा पनि परिवर्तन भएन

बुटवल, भैरहवा, तानसेन, नेपालगञ्ज जस्ता ठूला सहरमा अहिले पनि दलितले सहज रूपमा कोठा पाउँदैनन् । जग्गा खरिद–बिक्री गर्दासमेत जात सोधेर किन्ने प्रचलन बढ्दै गएको छ । सहर बजारमा पनि जातीय विभेद यसरी कायम रहनुको पछाडि सामन्ती संस्कार र चरित्रले काम गरेको बताउँछन् लेखक ऋषि आजाद । बुटवल जस्ता ठूला सहरमा जात सोधेर मात्र कोठा दिने ? घरजग्गा खरिद–बिक्री गर्दा पनि जात सोध्ने ? दलित भए निषेध गर्ने घटनाक्रमले समाज रूपान्तरण हुन नसक्ने उनको भनाइ छ ।

‘पहाडी भेगमा झरेका व्यक्तिहरूका कारण पनि सहरमा विभेद देखिएको हो,’ लेखक आजादले भने, ‘अब जातीय भेदभावको समूल अन्त्यका लागि पछिल्लो पुस्ता जाग्न जरुरी छ ।’ मनोविज्ञान चिर्नका लागि दलित सुमदायसँगै गैरदलितहरू पनि लाग्नुपर्ने उनको तर्क छ ।

प्रदेश ५ प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६÷७७ को फागुन मसान्तसम्म जातीय छुवाछूतका पाँचवटा मुद्दा दर्ता भएको छ । अदालतमा पुगेका यीमध्ये चारवटा मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । गत वर्ष चारवटा मुद्दा प्रहरीले दर्ता गरेर अदालत पठाएको थियो ।  

सामाजिक सांस्कृतिक अभियानको खाँचो : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले जातीय विभेद अन्त्यका लागि सामाजिक र सांस्कृतिक अभियान आवश्यक रहेको बताएका छन् । समाजमा घटेका छुवाछूत र जातिभेदजन्य घटना अन्त्यका लागि अब नयाँ शिराबाट बहस सुरु गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो समय सामाजिक र सांस्कृतिक जागरणको पक्षलाई कम महत्व दिएर राजनीतिक र कानुनी अधिकारको पक्षमा जोड दिने काम भयो । त्यसमा पनि अधिकारलाई मूलतः पहिचानलाई स्थापित गर्ने कुरामा केन्द्रित गरियो ।

परिणामस्वरूप संविधानसभाबाट ती विषय महत्वका साथ संस्थागत पनि भए । तर, सामाजिक र सांस्कृतिक जागरणको अभावमा छुवाछूत र विभेदको विषय राज्यद्वारा थोपरिएको डर वा दण्डको विषयका रूपमा देखिन पुग्यो । समता र समानताको सामाजिक सांस्कृतिक मनोविज्ञानको विकास हुन सकेन ।’

मुख्यमन्त्री पोखरेलले सामन्ती समाजले स्थापित गरेको विभेदकारी परिचयलाई पहिचानका रूपमा स्थापित गर्ने बाटोबाट सामाजिक र सांस्कृतिक रूपान्तरणमा जानुपर्ने बताए । नेकपा र नेकपाको नेतृत्वको सरकारले भगत सर्वजीत र मोदनाथ प्रश्रितहरूले सुरु गरेको सामाजिक र सांस्कृतिक रूपान्तरणको अभियानले छुवाछूत अन्त्य गर्न सकिने उनको विश्वास छ ।

लोकप्रिय
अर्को समाचार
जातीय छुवाछुत गरेको आरोपमा अहेव पक्राउ
२९ फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जातीय छुवाछुत गरेको आरोपमा अहेव पक्राउ

जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–८  स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ।

सोही गाउँपालिका–९ का वडाध्यक्ष नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेदित शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिए पछि प्रहरीले घटनाको अनुसन्धानका लागि  पक्राउ गरी प्रहरी हिरासतमा राखेको हो।

जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिए।

यता आरोपित  बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन्।

छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०७५’ को दफा ५ को उपदफा ७ क र ख ले जातीय विभेदको कसुर ठहर भएमा कसुरको मात्र हेरी दुई महिनादेखि तीन वर्ष कैद र बीस हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

साथै सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएमा ५० प्रतिशत थप हुने व्यवस्था रहेको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस