संग्रह
जातीय विभेदमा हत्या : निष्पक्ष छानबिन गर्न सांसदको माग
रुकुम पश्चिमको चौरजहारीमा जातीय विभेदका कारण जाजरकोटका दुई जनाको हत्या भएको घटना कर्णाली प्रदेशसभामा प्रवेश गरेको । छैटौ अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिँदै सांसदहरूले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।
रुकुम घटना मानवताविरोधी अपराध : मुख्यमन्त्री पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिम रुकुमको चौरजहारीमा भएको घटना मानवताविरोधी अपराध भएको बताएका छन् । उनले राष्ट्रिय रूपमै चर्चामा रहेको घटना भएकाले यस घटनामा राज्यको ध्यान पुगेको बताए ।
शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका
१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ ।
रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।
रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने धम्की
पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलबार पोखरामा आयोजना गरेको संयुक्त शान्तिपूर्ण विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनीहरूले रुकुम घटनालाई तोडमरोड गरेर ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका हुन् ।
प्रदेश ५ : गाउँदेखि सहरसम्म जातीय भेदभाव
गत वैशाख २२ गते गुल्मी कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका श्याम परियार नेत्रबहादुर काउचाको घरको दैलौमा पसे । सँगै गएका गैरदलित साथीहरू पानी परेलगत्तै नेत्रबहादुर काउचाको घरभित्र पसे ।
घेरा हाली लखेट्दा नदीमा खसेर मृत्यु : समिति
ठूलो संख्याका गाउँलेले घेरा हाल्दै ढुंगामुढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु भएको रिपोर्टिङ भएको छ । गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जीतेन्द्र बस्नेत संयोजक रहेको समिति अनुसन्धान सकेर काठमाडौं आएपछि गृहमन्त्री रामबहादुर थापासमक्ष टोलीले शुक्रबार त्यस्तो रिपोर्टिङ गरेको हो ।
कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ १० गते रुकुममा गैरदलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा नवराज बिकसहित ६ जनाको मृत्यु भएको घटनामा संसदीय विशेष समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।
रुकुम घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन
रुकुम पचिश्मको चौरजहारी–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ ।
विभेद कहिलेसम्म ?
केही दिन पहिला पश्चिम रुकुममा प्रेम गरेकै निहुँमा नवराज विक लगायत केही युवालाई कुटीकुटी मारियो । मारेर भेरी नदीमा फालियो । तिनीहरूको गल्ती के थियो ?