विभेद कहिलेसम्म ?
२६ जेष्ठ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
विभेद कहिलेसम्म ?

इना न्यौपाने  

कक्षा – १०,

एसओएस हर्मन माइनर स्कुल, सानोठिमी भक्तपुर  ।

मानिसहरू आफ्नो कामले भन्दा बढी आफ्नो जात र अनुहारबाट बढी जानिने गरेका छन् । यस्तो किन भएको होला ?  जति मेहनत किन नगरोस्, राम्रो काम किन नगरोस्  ? तर, जातैले उनीहरूलाई तल पारिएको छ । यस्तो किन ?  

के सबै उस्तै हुँदैनन् र ? सबैको रगत रातै हुने होइन र ? जातमा के दाग छ र त्यस्तो ? दाग त उनीहरूमा होइन् । बरु दाग त तिनीहरूमा हुन्छ जो यस्तो कुरामा विश्वास गर्छन् अनि भेदभावको बाटामा लाग्छन् । हामीले दाग छुट्याउनु सक्नुपर्छ ।  

केही दिन पहिला पश्चिम रुकुममा प्रेम गरेकै निहुँमा नवराज विक लगायत केही युवालाई कुटीकुटी मारियो । मारेर भेरी नदीमा फालियो । तिनीहरूको गल्ती के थियो ? समाजले मानेको उनीहरूको गल्ती यही थियो कि फरक जातसँग विहे गर्न खोजे ।  

हाम्रो देशको संविधानले जाति, धर्म, पेशाको आधारमा कसैलाई विभेद गर्न नपाउने उल्लेख गरेको छ । मुलुकी अपराध संहिताले पनि विभेद निषेध गरिसकेको छ । त्यति मात्र कहाँ हो र ? सरकारले नेपाललाई १० वर्ष पहिल्यै छुवाछूतमुक्त देश घोषणा समेत गरिसकेको छ । कागजमा घोषणा गरे पनि व्यवहारमा पनि विभेद छ । छुवाछूत छ । 

कानुन कार्यान्वयन किन नगरेको होला सरकारले ? समाचारमा आइरहेको छ, ‘गाउँलेले कुटिरहे, पुलिसले हेरिरहे’ भनेर । कानुन कार्यान्वयन गर्ने त प्रहरीले हो नि । प्रहरी किन यसरी रमिते बनेको होला ? कि समाचार माध्यमले गलत समाचार लेखे । गलत लेखेको त होइन होला । गलत लेखेको भए कारबाही गरिहाल्थ्यो । मिडियालाई यसै पनि सरकारले दुख दिइरहेको अनुभव हुन्छ सरकार चलाउने मान्छेको बेलाबेलाको अभिव्यक्ति सुन्दा ।  

हाम्रो देशमा जातिजाति विभेद छ । अमेरिका जस्तो देशमा चाहिँ रंगको विभेद रहेछ । कालो र गोरो जातको विभेद । केही दिनअघि मात्रै अमेरिका जस्तै रंगको विभेद भयो । झडप भयो । मान्छे मारियो । यो घटनापछि अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाले रुँदै भाषण गरेको दृश्य देखियो । यस्तो किन भइरहेको छ ? मलाई लाग्छ यो मानवताविरुद्धको कलंक हो । अमेरिका जस्तो विकसित देशमा त यस्तो हुन्छ भने अरू देशले के आशा गर्ने ।  

विभेद गर्नै पाइदैन । विभेदविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि समेत पारित गरेको छ संयुक्त राष्ट्रसंघले । नेपालले पनि त्यो महासन्धिमा हस्ताक्षर गरेको छ । अमेरिकाले पनि गरेको छ । विभेदचाहिँ गरिराख्ने हो भने यस्ता महासन्धि पारित गरेको के अर्थ भयो त ?

आज मेरो मनमा धेरै प्रश्न छन् । मेरो बुबाआमाले मलाई भेदभाव गर भनेर सिकाउनु भएन । अरूको बुबाआमाले पनि त अरूको नराम्रो गर्नु हुँदैन नै भन्नुहुन्छ होला । तैपनि किन भेदभाव नहटेको ? कसरी मान्छेको मनमा गाडिएको होला त यो भेदभाव ?  

नेपालमा धेरै जातजातिका मानिस बस्छन् । यो कुरामा हामीले गर्व गर्नुपर्छ । यसलाई नराम्रो रूपमा लिने होइन । हामी सबै मिल्नुपर्छ । सबै जातिसँग घुलमिल भइयो भने हामीले नयाँ रीतिरिवाज सिक्न पाउँछौं ।  

जहिल्यै पनि, जेमा पनि यो जातको कुरा हट्नुपरयो । रङको कुरा हट्नुपरयो । एकपटक पाइने जीवन हो । सबै मिलेर बस्नुपर्छ । यो जात, त्यो जात, यो रङ, त्यो रङ भनेर भेदभाव गर्नु हुँदैन । यो भेदभाव भन्ने शब्द नै प्रयोग गर्न दिन नआइदिए हुन्थ्यो । भेदभाव हटाउन हामी सबै एकजुट होऔं । एकतामै बल हुन्छ । हामी एकजुट भयौं भने हामीलाई कसैले पनि टुक्राउन सक्दैनन् ।  

लोकप्रिय
अर्को समाचार
कहिलेसम्म हामी छोरीहरू असुरक्षित हुने ?
२१ साउन २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
कहिलेसम्म हामी छोरीहरू असुरक्षित हुने ?

संविदा वाग्ले

हिंसा धेरै प्रकारका हुन्छन् । घरेलुहिंसा, जातीय हिंसा, धनी गरीब बीचको हिंसा आदि । हिंसाले शारीरिक हिंसा मात्र बुझाउँदैन, मानसिक, भावनात्मक हिंसा आदि पनि हिंसा नै हुन् । तर हामी समाजमा बढी लैङ्गिक हिंसा देख्दछौं । म अत्यधिक नारीवादको विरोधी भएकोले पुरुषले मात्रै महिलालाई हिंसा गर्दछ भन्दिनँ । महिलाबाट पनि धेरै पुरुष पीडित भएका मैले आफैले पनि देखेकी छु । तर हाम्रो समाजमा महिलाहरू नै पुरुषबाट बढी पीडित भएको जहीँतहीँ देख्न सकिन्छ । लैङ्गिक शव्द आउनेबित्तिकै त्यसले महिला र पुरुषलाई मात्रै बुझाउँछ भन्ने धेरैको बुझाइ छ तर यस अन्र्तगत समलिङ्गी÷तेस्रोलिङ्गी मानिस पनि पर्दछन् । हिंसा र विभेद उनीहरूले पनि प्रशस्तै खेप्नुपरेको रहेछ । गत वर्ष एउटा ‘प्रि युथ कन्फरेन्स’ मा मैले सहभागी हुने अवसर पाएकी थिएँ । उक्त कन्फरेन्समा समलिङ्गीहरूका भोगाइ र अनुभव बारेमा पनि छलफल भएको थियो । ती समुदायका धेरै युवायुवती त्यहाँ सहभागी थिए । त्यस क्रममा उनीहरूका एकदम फरक अनुभव मैले जान्ने मौका पाएँ । त्यसको आधारमा उनीहरूले महिला पुरुषको भन्दा धेरै समस्या र विभेद भोगिरहेको थाहा भयो । तसर्थ मेरो विचारमा महिलापुरुष बीच हुने हिंसा र विभेद मात्र हैन, समलिङ्गी÷तेस्रो लिङ्गीहरूमाथिको विभेद पनि अन्त्य हुनुपर्दछ ।

अहिले कुरा गरौं महिला हिंसाकै बारेमा । त्यसमा पनि छोरीहरूमाथि भैरहेको हिंसाले मलाई लेख्न बाध्य बनाएको हो । छोरीमाथि हुने गरेका हिंसाहरू हरेक दिन मिडियामा आउने गर्दछन् । शिक्षित मानिसहरू समेत छोरी गर्भमा भएको पत्ता लगाएर गर्भपतन गर्न अग्रसर हुन्छन् । छोरी मात्रै जन्मियो भन्दै छोराका लागि बहुविवाह गर्ने शिक्षित मान्छेहरू समाजमा धेरै छन् । छोरा सरह छोरीहरूको सबै अधिकार पूरा भएको पाइँदैन । सानैदेखि छोरीहरूले विभेद भोग्दै हुर्कनुपर्छ । अझ कतिपय त आफ्नै घरभित्र समेत सुरक्षित हुँदैनन् । जन्म दिने बाबा, आफ्ना दाजुदाइ, पुरुष नातेदार तथा शिक्षकहरूबाट समेत बालिकाहरू बलात्कार भएको घटना प्रशस्तै सुनिन्छन् । घरैभित्र हामीहरू सुरक्षित हुँदैनौं भने बाहिर झन् कसरी हुनसक्छौं ? धेरै बालिका र किशोरीहरूको बलात्कारपछि हत्या भइसकेको छ तर बलात्कार गर्ने सबै अपराधीहरूलाई पुलिसले पक्रन सकेको छैन । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष भैसक्यो, तर बलात्कारी को हो भन्नेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । देशभरि नै यो घटनाबारेमा चर्चा भयो । सबैले अपराधी छिटो पत्ता लगाएर कारबाही गर्न सरकारलाई दबाब दिए । यति हुँदा पनि अपराधी पत्ता लाग्दैन भने अरू घटनाहरूको सम्बन्धमा के आशा राख्नु ? कोरोनाको कारण क्वारेन्टिनमै बसेका बालिकाहरूमाथि पनि बलात्कार र दुव्र्यवहार भएका घटना बाहिर आए । यसो हेर्दा, छोरीहरू सुरक्षित हुने ठाउँ कतै देखिदैन ।

आजभोलि किशोरी तथा महिलाहरूमाथि एसिड आक्रमणको घटनाले मलाई असाध्यै दुःखी बनाउने गरेको छ । केही दिनअघि मात्रै काठमाडौंको सितापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको घटना सुन्यौ । योभन्दा अघि पनि विभिन्न युवतीहरू एसिड प्रहारबाट गम्भीर घाइते बने । पहिला भारत पाकिस्तानतिर मात्रै हुने यी घटना अहिले नेपालमा बढ्दै जानु दुःखको कुरा हो । जति पनि एसिड प्रहारका घटना भएका छन् त्यहाँ युवतीले युवकको प्रेम प्रस्ताव स्वीकार नगर्दा भएको देखिन्छ । कसैको प्रेमप्रस्ताव स्वीकार गर्न या नगर्न हरेक युवती स्वतन्त्र हुन्छिन् । केटाहरूको दबाबमा आफूलाई इच्छा नलागेको प्रस्ताव स्वीकार गर्नुपर्छ भन्ने छैन तर अस्वीकार गरेकै कारण त्यती कष्टदायी प्रहार खेप्न छोरीहरू किन बाध्य छन् ? किन यस्तो भयंकर अपराध रोक्न सरकार चाहँदैन ? आफ्नो केही गल्ती नहुँदानहुँदै पुरुषले दिएका जीवनभर निको नहुने पीडालाई छोरीहरू चूपचाप सहिरहेकै छन् । यो क्रम कहिलेसम्म रहिरहला ? 

धेरै किसिमका विभेद अन्याय सहेर पनि छोरीहरू निरन्तर अघि बढिरहका छन् । त्यसैले छोराहरूभन्दा छोरीहरू हिम्मतिला बनेका हुन् । जस्तोसुकै दुःखलाई पार लगाएर अघि बढ्नुपर्छ भन्ने अभिलाषा उनीहरूसंग हुन्छ । यी सबै पार गर्न छोरीहरूले बाँच्न त पाउनुप¥यो । आफैमा जति हिम्मत भए पनि अरूका कारण छोरीहरूको जीवन कमजोर रहेको मलाई महसुस हुन्छ । आफ्नो सामान्य इच्छा पूरा नभएको निहुँमा छोरीहरुको ज्यान लिने, अंगभंग गराउने, कुरुप भएर जिन्दगीभर तड्पाउने छुट पुरुषहरूले कसरी पाएका होलान् ? संविधान कानूनबारे मलाई धेरै कुरा थाहा छैन तर देशमा भएका कानूनले अरूको जिन्दगीलाई असर पार्ने छुट पक्कै पनि कसैलाई दिएको छैन । ठूला नेता मन्त्रीहरूलाई छोरीहरूको यो पीडाबारेमा मत्लव नहोला किनकि उहाँहरुको छोरीहरूले यी सबै दुःख भोग्नु पर्दैन । तर मेरो विचारमा प्रधानमन्त्री र मन्त्री भनेको उनीहरूका सन्तानको मात्र हैन देशका सबै छोराछोरीहरूका अभिभावक हुन् । देशमा छोरीहरूका अवस्था नाजुक भएकाले उनीहरूप्रति बढी ध्यान दिनु छोराहरूलाई विभेद गरेको नहोला । त्यसैले म देशका प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्रीहरू तथा राजनीति गर्ने पार्टीहरूका नेताहरूलाई छोरीहरूमाथिको हिंसा छिटो अन्त्य गर्न विनम्र अनुरोध छ ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
छुवाछूत र विभेद कहिलेसम्म ?
छुवाछूत र विभेद कहिलेसम्म ? १० असार २०७७ ८ मिनेट पाठ
कहिलेसम्म जातीय विभेद?
कहिलेसम्म जातीय विभेद? ०३ असार २०८० ५ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस