युवाका लागि देशमा अवसरै अवसर : पूर्वराष्ट्रपति यादव
२० जेष्ठ २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
युवाका लागि देशमा अवसरै अवसर : पूर्वराष्ट्रपति यादव

नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्न सहयोग गर्ने उद्देश्यका साथ नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको ‘म नागरिक, म बनाउँछु नेपाल’ क्रिएटर च्याम्पियन २०२५ सोमबार सकिएको छ। 

नेपालमै केही गर्न सकिन्छ भन्ने दरिलो भावना युवामा अभिवृद्धि गर्ने उद्देश्यका साथ सातवटै प्रदेशका विभिन्न ठाउँमा भएको अभियानमा प्रतिस्पर्धीमध्ये उत्कृष्ट क्रिएटरहरूलाई लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले आकर्षक नगद पुरस्कार वितरण गरे।

भक्तपुरको दरबार क्षेत्रको खुला ठाउँमा भएको कार्यक्रममा उत्कृष्ट तीनवटा र पिपुल चोइसको एउटा गरी चारवटा उत्कृष्ट क्रिएटरहरूलाई नगद पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताए। उनले नेपालमा केही नभएको भन्ने भाष्य गलत भएको भन्दै देश धेरै अगाडि बढेको चर्चा गरे। ‘नेपालमा हिजो हामी दबिएर बस्नुपर्थ्यो, आज सारा नेपाली समान भएको छ, यो नै हाम्रो ठुलो उपलब्धि हो,’ उनले भने।

उनले नेपाल लोकतान्त्रिक लोकमार्गलाई अगाडि बढाएर गए देशमा धेरै विकास हुने पनि बताए। लोकतन्त्रलाई आधार बनाई नेपालमै केही गरे सम्भव नहुने कुनै विषय नभएको उनको विश्लेषण थियो। उनले भने, ‘हिजो नेपालमा कालोपत्रे बाटो भेट्टाउन गाह्रो थियो, आज कालोपत्रे सडक नभएको ठाउँ नै छैन। नेपालमा पर्यटन, कृषि, प्रविधिलगायत धेरै कुराले फड्को मार्ने अवस्था रहेकाले युवा जनशक्तिलाई अवसरै अवसर रहेको उनको भनाइ थियो। चारैतिर लथालिंग स्थितिमा रहेको अवस्थामा देशलाई बनाउने जिम्मा युवाहरूको हातमा रहेको डा. यादवले बताए।

झन्डै एक सयजना क्रिएटरहरूमध्ये उत्कृष्ट पाँच जनाको भिडियो कार्यक्रममा देखाइएको थियो। त्यसपछि उत्कृष्ट क्रिएटरहरूको घोषणा गरिएको थियो, जसअनुसार करण सिंहले बनाएको करण सिंह ओडा फाउन्डेसनको भिडियो पहिलो घोषित भयो। पहिलो घोषित भिडियोले नगद एक लाख २५ हजार प्राप्त गर्‍यो। त्यस्तै सजिल बस्नेतले बनाएको टीएनएल प्रोडक्सनको भिडियो दोस्रो घोषित भई एक लाख नगद पुरस्कार प्राप्त गर्‍यो। साथै शिवानी मानन्धरले बनाएको ट्रेल बिल्डर्सको भिडियो तेस्रो भई ७५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयो।

साथसाथै सबैभन्दा बढी सेयर, कमेन्ट, भ्युअर्स भएको निखिल तण्डुकार (युनिग्लोब कलेज)को भिडियो पिपुल्स चोइस भिडियोमा पर्न सफल भई एक लाख नगद पुरस्कार प्राप्त गर्न सफल भयो। उत्कृष्ट सबैलाई पूर्व राष्ट्रपति यादवले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै देश बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताइन्। ‘यो देश तपाईं–हामी युवाले नै बनाउने हो,’ उनले भनिन्, ‘हामी युवाले नै देश नबनाए कसले बनाउने?’

उनले आफू १३ वर्षअघि स्नातकोत्तर तह सिध्याएर नेपालमै केही गर्नुपर्छ भनेर फर्किएको सुनाइन्। नेपालमा पनि सीप र क्षमताअनुसार रोजगारी पाउने प्रशस्त सम्भावना रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्। आजका युवाले कसैलाई गाली गरेर समय खेर फाल्नुभन्दा पनि आफूले केही गरेर देखाउनुपर्ने धारणा उनले राखिन्। ‘जलवायु परिवर्तनको असर एकदमै खतरनाक तरिकाले अगाडि बढिरहेको छ,’ उनले भनिन्, ‘जलवायु विपद्का कारण नेपाल अप्ठ्यारो अवस्थामा छ।’ 

नेपालमै पर्यटन, कृषि, प्रविधिको विकास हुँदै गएकाले सम्भावना प्रशस्त मात्रामा रहेको उनले बताइन्। कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले कार्यक्रमले नेपाली युवामा स्वदेशमै बस्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। कार्यक्रमका सहभागी अन्य वक्ताहरूले ‘म नागरिक, म बनाउँछु नेपाल’ भन्ने सोच सबैमा जाग्नुपर्नेमा जोड दिए। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, ‘म नागरिक, म बनाउँछु नेपाल’ का मेन्टरमध्येका एक एमएडब्लुका चेयरम्यान विष्णुकुमार अग्रवाललगयातले जे सकिन्छ स्वदेशमै गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीले सहभागीलाई मायाको चिनो वितरण गरेका थिए।

कार्यक्रममा उत्कृष्ट पाँचवटै क्रिएटरहरूले ‘म नागरिक, म बनाउँछु नेपाल’ कार्यक्रम प्रभावकारी रहेको भन्दै आफूहरू पनि देश बनाउने अभियानमा लाग्ने प्रतिबद्धता प्यानल डिस्कसनको क्रममा व्यक्त गरेका थिए। नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘म नागरिक, म बनाउँछु नेपाल’ क्रिएटर च्याम्पियन राष्ट्र र नागरिकका लागि महत्वपूर्ण अभियान भएको उनीहरूले बताए।

अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 

आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ९ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस