संघीयतासँगै समृद्धि यात्रामा पन्चपुरी
१० जेष्ठ २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
संघीयतासँगै समृद्धि यात्रामा पन्चपुरी

पश्चिम सुर्खेतमा पर्ने बाबियाचौर र वीरेन्द्रनगरबीचको दुरी ४७ किलोमिटर मात्रै हो । केही वर्षअघिसम्म सुर्खेतको पश्चिम क्षेत्र पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत आधारभूत कुराहरूबाट ‘अति दुर्गम’ मानिन्थ्यो । पश्चिम सुर्खेतबाट वीरेन्द्रनगरसम्म आउन गतिलो सडक पनि थिएन । स्वास्थ्य र शिक्षाका लागि सदरमुकाम वीरेन्द्रनगर र कैलाली पुग्नुपर्ने बाध्यता थियो । वीरेन्द्रनगर सुर्खेत जिल्लाको सदरमुकाम मात्र होइन, कर्णाली प्रदेशको राजधानी हो ।

तर अहिले सुर्खेतको पश्चिम क्षेत्र दुर्गम छैन । सडक पूर्वाधारका कारण पश्चिम क्षेत्रले काँचुली फेरेको छ । पश्चिम सुर्खेतका तीन पालिका बराहताल, पञ्चपुरी र चौकुनेका गाउँबस्ती हुँदै मदन भण्डारी राजमार्ग सुदूरपश्चिमको डोटीसम्म पुग्दै छ । सहायक सडकहरू पनि धमाधम कालोपत्रे भइरहेका छन् । कर्णाली प्रदेश सरकारले बराहतालको बड्डीचौरदेखि पञ्चपुरीको बाबियाचौरसम्मको १३ किलोमिटर सडक कालोपत्रे गरिरहेको छ ।

पश्चिम सुर्खेतको केन्द्रविन्दु मानिन्छ, पञ्चपुरी नगरपालिकाको बाबियाचौर बजार । मुलुकमा संघीयता कार्यान्वयनपछि जसरी समग्र पश्चिम सुर्खेतले काँचुली फेरिरहेको छ, त्यसैगरी नै बाबियाचौरले ठुलो बजारको आकार लिँदै छ । केही वर्षअघिसम्म माथिल्लो कर्णाली, सुदूरपश्चिमको अछाम र बाजुरा जान सुदूरपश्चिमका तराईका जिल्लाहरूबाट बर्दिया–बाँके हुँदै वीरेन्द्रनगरसम्म घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सुदूरपश्चिमबाट लुम्बिनी हुँदै कर्णाली घुमेर आउनुपर्ने बाध्यता हटेको छ । कर्णाली चिसापानीबाट बाबियाचौर हुँदै कर्णाली राजमार्ग छोएर पहाडी जिल्लामा यातायातका साधन चल्न थालेका छन् ।

‘संघीयता कार्यान्वयनपछि बनेका सडक पूर्वाधारले पश्चिम सुर्खेतको कायापलट गरेको छ,’ पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारीले भने, ‘सडक पूर्वाधारका कारण पश्चिम सुर्खेत अब दुर्गम रहेन ।’ मेयर भण्डारीले भनेजस्तै मदन भण्डारी राजमार्गसँगै केही रणनीतिक महत्वका सडक र स्थानीय सडकले सबै गाउँबस्तीलाई जोडेका छन् । हाट–भोटको बाटो भनेर चिनिने सुदूरपश्चिमको अछाम जोड्ने चतुरे–दहताल हुँदै जंगलाघाट सडकको स्तरोन्नतिको काम भइरहेको छ । कर्णाली नदीमा पुल बन्दैछ । पलैंटे–जम्फुफाँट–हाँसेगाउँ सडक, कालापानी–बरैंचे सडक, चिउरीखेत–जंगाला–चलानी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । आँपसैनी–डाब–बरैचे सडक, रंगशाला–चतुरे सडक, प्रहरी चौकी–चौतारा सडक, चिसापानी–कुइने बाबियाचौर सडकखण्डमा कालोपत्रे भइरहेको छ ।

स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुग्यो । यो अवधिमा पञ्चपुरीले सडक र अन्य पूर्वाधार निर्माणका साथै सामाजिक सेवामा पनि महत्वपूर्ण काम गरेको छ । मेयर भण्डारीका अनुसार तीन वर्षको अवधिमा भावरदेखि माल्फा जोड्ने झोलुंगे पुल, चुनेरीतालमा झोलुंगे पुल, लामीदमारदेखि तोक्मा जोड्ने झोलुंगे पुल र दुलालथाईमा झोलुंगे पुल निर्माणको काम सम्पन्न भएको छ । तिखाकुना खोलामा सडक पुल निर्माणका लागि ठेक्का सम्पन्न भएको छ । यस्तै माझीगाउँ र र लामीदमारमा ट्रस पुल निर्माण सम्पन्न भएका छन् ।

मेयर भण्डारीले आफ्नो तीन वर्षे कार्यकालमा विद्यापुरमा ५० लाख रुपैयाँको लगानीमा तरकारी संकलन केन्द्र र डेरी सञ्चालनमा ल्याइएको, शिवशक्ति धाममा एक करोड १५ लाख रुपैयाँमा सभाहल भवन, भोजनालय र गुरु आश्रम निर्माण गरिएको बताए । उनले यो अवधिमा ६ वटा दुई कोठो भवन, चार वटा चार कोठे विद्यालय भवन, एक ज्येष्ठ नागरिक भवन, एक अपांगता भएकाहरूका लागि भनेर ६ वटा अन्य सार्वजनिक भवन निर्माण गरिएको जानकारी दिए । तीन वर्षको अवधिमा नगरपालिकाले विभिन्न सिँचाइ कुलो निर्माण तथा मर्मत गरेको छ । एक करोड १० लाख रुपैयाँको लागतमा १७ सय मिटर लामो चुराफाले–समैचे सिँचाइ कुलो निर्माण, ३८ सय ८५ मिटरको पक्की सिँचाइ कुलो निर्माण गर्नुका साथै तीन वटा सिँचाइ पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।

नगरपालिकाले बरडम्मादेखि खरालटोलसम्म दुई करोडको लागतमा ६ सय मिटर तटबन्धन गर्नुका साथै जामुस्थित बागगाड खोलामा पाँच करोड ५० लाखको लागतमा तटबन्धन, गल्फाखोलामा एक करोडको लागतमा खुर्सानीबारी टोलमा ७१ लाखको लागतमा तटबन्धन निर्माण सम्पन्न गर्नुका साथै ढुंगीबजारमा तीन करोड रुपैयाँको लागतमा तटबन्धन निर्माणको काम सुरु भएको जनाएको छ । नगरपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पञ्चपुरी नगरपालिका–२ मा रहेको सूर्यप्रकाश माविमा २० कोठे पक्की भवन निर्माण गरिनुका साथै शैक्षिक गुणस्तर कार्यक्रम लागु गरिएको छ । विद्यापुरको जनता माविमा एक करोडको लागतमा भवन निर्माण गरिएको छ भने समूह प्राविमा सञ्चालित विशेष शिक्षा कार्यक्रमका लागि आवास भवन, अपांगमैत्री शौचालयलगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए ।

नगरपालिकाले असहाय तथा अभिभावक नभएका बालबालिकालाई कक्षा १० सम्म छात्रवृत्ति दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति दिइने जनाएको छ । नगरपालिकाले १५ शड्ढयाको भवन निर्माण सम्पन्न गरेर सेवा दिइरहेको छ । ‘अहिले सबै वडाबाट नसर्ने रोग तथा मानसिक रोगको स्क्रिनिङ, बिरामीहरूलाई परामर्श तथा औषधि उपचारसहितको चिकित्सकीय सेवा प्रदान गर्ने गरेका छौं,’ मेयर भण्डारीले भने, ‘चौमासिक रूपमा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड तथा ल्याबसहितको सेवा प्रदान गरिरहेका छौं ।’ नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई वार्षिक १५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ भने प्रसवसम्बन्धी जटिल बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।

नगरपालिकाले पछिल्लो तीन वर्षको अवधिमा झन्डै दुई हजार नागरिकको घरमा धारा जडान गरिएको छ । बरैचे खानेपानी आयोजनाबाट चार सय ८१ धारा, माझीगाउँ खानेपानी आयोजनाबाट एक सय २४, राजीधारा खानेपानी आयोजनाबाट दुई सय ९६, मुरमुरी खानेपानी आयोजनाबाट चार सय ५१, दुलालथाई माझीगाउँ चुनेरीताल खानेपानी आयोजनाबाट चार सय ७२, ताउले खानेपानी आयोजनाबाट ४७, लाटीकाँडा खानेपानी आयोजनाबाट ४२ धारा जडान गरिएको छ ।

नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि थानीयका चौपायाहरूमा ट्याग लगाएर अभिलेख राख्ने गरेको छ । मेयर भण्डारीका अनुसार हालसम्म चार सय ७६ घरधुरीका एक हजार १७ पशु चौपायालाई ट्याग लगाएर अभिलेखीकरण गरिएको छ । पञ्चपुरी नगरपालिका पयटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो । यहाँको शीतलगुफामा पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । दहतालको संरक्षण तथा पर्यटन पूर्वाधार निर्माणको काम भइरहेको छ भने शिवधाम धार्मिक स्थलमा एक सय आठ शिवलिंग स्थापना गरेको छ।

अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 

आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस