शान्ति प्रक्रियाको विश्वसन्देश
१६ वैशाख २०८१
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
शान्ति प्रक्रियाको विश्वसन्देश

बहुदलीय व्यवस्था आएको पाँच वर्ष बित्दा नबित्दै एउटा दलले विद्रोह गर्ने निर्णय गर्‍यो। २०५२ साल फागुन १ देखि तत्कालीन नेकपा माओवादीले युद्धको घोषणा गर्‍यो। उनीहरूका शब्दमा ‘जनयुद्ध’ भने पनि त्यसलाई ‘सशस्त्र द्वन्द्व’ मानिएको छ। सशस्त्र द्वन्द्वले देशमा जनधनको ठुलो क्षति पुग्यो। त्यसपछि द्वन्द्वलाई सुरक्षित अवतरण गरिएको थियो।  

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही पक्षका कमान्डर पुष्पकमल दाहाल थिए। दुवैजनाले बृहत् शान्ति प्रक्रियामा हस्ताक्षर गर्दै गरेको तस्बिर हामी अहिले पनि देख्न सक्छौं। हतियार बोकेर हिँडेको दल सहज रूपमा शान्ति प्रक्रियामा विधिवत् आएको थियो। शान्ति सम्झौतालाई तत्कालीन सातदलीय गठबन्धन र माओवादीबीच नयाँदिल्लीमा भएको १२ बुँदे समझदारीको विस्तारित रूप हो।  

नेपालको शान्ति प्रक्रियाको आफ्नै कहानी छ। त्यतिबेला विश्वले नेपालको शान्ति प्रक्रियालाई आश्चर्यजनक रूपमा हेरेको थियो। शान्ति प्रक्रिया सफल होला नहोला भन्ने संशय थियो। जुन स्वाभाविक थियो, सायदै कुनै पनि देशमा सहजै शान्ति प्रक्रियाको थालनी भएको थिएन। विश्वका बिरलै देशमा त्यति छोटो अवधिमा हिंसात्मक आन्दोलनले उचाइ लिने र छोटै समयमा द्वन्द्वरत पक्ष र सरकारबीच सम्झौतामा हस्ताक्षर गर्न राजी भएका थिए। शान्ति सम्झौताको एउटा पक्ष भनेको राजनीतिक दलहरू र सशस्त्र संघर्षमा रहेको माओवादी, राजतन्त्रको अन्त्यपश्चात् एउटा नयाँ राज्य संरचना बनाउनमा सैद्धान्तिक सहमति पनि थियो।  

तत्कालीन सात राजनीति दल र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारीकै जगमा संविधानसभाको निर्वाचन भयो। संविधानसभाको पहिलो बैठक (२०६५ जेठ १५)ले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।

जनताको सर्वोच्च थलो संविधानसभाले २४० वर्ष लामो राजतन्त्रको समूल अन्त्यको घोषणा गरेलगतै तत्कालीन राजा ज्ञानेन्द्रले सहजै दरबार छाडे। सत्ता र शक्तिका लागि विश्वमा ठुल्ठुला हिंसा भएका छन् तर तत्कालीन राजा ज्ञानेन्द्रको सहज गद्दी त्याग, नेपालको शान्ति प्रक्रिया र परिर्वतन विश्वकै लागि उदाहरणीय घटना हुन्।

त्यति मात्र होइन, विस्तृत शान्ति सम्झौताले राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत सशस्त्र द्वन्द्वलाई सकारात्मक रूपमा व्यवस्थापन गर्न नीतिगत मार्गनिर्देशन गरेको थियो। तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुहरूको व्यवस्थापन र युद्धविराम घोषणा भयो। अर्थात् सशस्त्र युद्धको अन्त्य, मानव अधिकारको अवस्थामा सुधार र संक्रमणकालीन अवस्थालाई सामान्यकृत गर्न अल्पकालीन र दीर्घकालीन सवालहरूलाई विस्तृत शान्ति सम्झौतामा स्थान दिइएको छ। शान्ति सम्झौतामा स्थान मात्र होइन, हिंसात्मक आन्दोलनका लागि माओवादीले गठन गरेको लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेलगायतका निर्णय नेपालको मौलिकपन हो।

यद्यपि संविधानसभा निर्वाचन भएको ६ महिनाभित्र सेना समायोजनसहितका सबै विषय टुंगो लगाउने विस्तृत शान्ति सम्झौतामा उल्लेख छ। अझै केही विषय टुंगोमा पुग्न भने बाँकी छ। राष्ट्रिय मानवअधिकार आयोगले ‘विस्तृत शान्ति सम्झौताका १२ वर्ष’ शीर्षकमा प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘शान्ति सम्झौताका दुवै पक्षले आफ्नो नियन्त्रण वा थुनामा रहेका व्यक्तिलाई १५ दिनभित्र सार्वजनिक गरी मुक्त गर्ने, वेपत्ता पारिएका भनिएका व्यक्तिहरू र मृत्यु भएकाहरूको वास्तविक नामसहितको विवरण विस्तृत शान्ति सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गर्ने व्यवस्था गरिएको थियो।’

साथै दुवै पक्षले मानवअधिकार, मौलिक हक र मानवीय कानुनको पूर्णरूपमा पालना गर्ने, जीवनको अधिकार, नागरिक तथा राजनीतिक स्वतन्त्रता, सामाजिक–आर्थिक अधिकार, महिला र बालबालिकाको अधिकार, स्वतन्त्रताको अधिकारको पूर्ण सम्मान गर्ने प्रतिबद्धता जनाएको थियो।  

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरकर्ता राज्य र तत्कालीन विद्रोही दुवैको दायित्व र जिम्मेवारीको प्रस्ट व्यवस्था गरी सम्झौताको पूर्ण कार्यान्वयनका लागि संक्रमणकालीन न्याय र परिपूरण, विवाद समाधान, मेलमिलाप, पुनस्र्थापना गर्ने विभिन्न संयन्त्रहरूको पनि व्यवस्था गरिएको थियो।  

विस्तृत शान्ति सम्झौताका सकारात्मक परिणामहरू दश वर्षे सशस्त्र द्वन्द्वकै कारण भइरहेका मानवअधिकारको उलङ्घन तथा ज्यादतीका अधिकांश घटनाहरूमा कमी आएको मानवअधिकार आयोगले पनि आँकलन गरेको थियो। सशस्त्र द्वन्द्वका पीडितलक्षित सम्झौताको नीतिगत व्यवस्थाले मानवअधिकार संरक्षण र सम्वर्धनका क्षेत्रमा सकारात्मक संकेतहरू देखा परेका छन्। शान्ति सम्झौताले सुम्पेका अधिकांश जिम्मेवारी, कार्यभारहरू सम्पन्न भएका छन्। एउटा संक्रमणकालीन न्यायको पाटो भने बाँकी नै छ।  

सेना समायोजन भई नेकपा माओवादीका लडाकुको समायोजन र हतियार व्यवस्थापनका काम सम्पन्न भए। अधिकांश विस्थापित साबिकको वासस्थानमा पुनस्र्थापित भए। संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न न्यायका संयन्त्रहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ मा गठन भए। दुवै आयोगले उजुरी संकलन गरिसकेका छन्। उजुरी अनुसन्धानको प्रक्रिया भने खासै अघि बढ्न सकेको छैन।  

अधिकांश द्वन्द्व पीडितहरूले अन्तरिम राहत प्राप्त गरिसकेका छन्। त्यसैगरी मृतक परिवारहरू सरकारको प्रतिबद्धताबमोजिम १० लाख रुपैयाँ राहत रकम प्राप्त गरिसकेका छन्। ऐतिहासिक विस्तृत सम्झौताको कार्यान्वयन अवस्थाको मूल्यांकन गर्दा द्वन्द्वपीडितहरूको पूर्ण न्यायप्राप्तिको पाटोबाहेक अन्य कार्यभारहरू सम्पन्न भएको मान्न सकिन्छ।  

नयाँ संविधान र संवैधानिक व्यवस्था  

२०६३ सालको संविधानको मुख्य उद्देश्य संविधानसभाको चुनाव गराउनु थियो। सोही संविधानले पहिलोपटक राजसंस्थाको समूल उन्मूलन गरेर राष्ट्रपति हुने व्यवस्था गरेको थियो। यसलाई पनि नेपालको राजनीतिक इतिहासमा निकै महŒवपूर्ण मानिन्छ। अन्तरिम संविधानअन्तर्गत दुईवटा संविधानसभाका चुनाव भएका थिए। पहिलो संविधानसभाले संविधान बनाउन सकेन। पहिलो संविधानसभाको अवधि २७ मिनेट बाँकी हुँदा मध्यरातमा विघटन गरिएको थियो। अन्तरिम संविधान २०६५ असार २९ गते चौथो संशोधन भएको थियो। दुई वर्षको अवधि तोकिएको संविधानसभा चार वर्ष पुगेपछि सर्वोच्चले दुई वर्षको कार्यकाल फैसला गरिदिएको थियो।  

पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन। र, २०७० सालमा संविधानसभामा फेरि दोस्रो निर्वाचन भयो। २०७२ असोजमा संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भयो। जनतामा निहित सार्वभौमसत्ता, मौलिक हक, संघीय शासन, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, तीन तहको सरकार संविधानको उच्च व्यवस्था मानिन्छ। लामो समयदेखि लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्दै आएका देशहरूले भन्दा पनि अघि बढेर नेपालका राजनीतिक दलहरूले संविधानवाद र मौलिक हकहरूको व्यवस्था संविधानमा गरेका छन्। यद्यपि संविधानमा लेखिएका मौलिक हकहरूको कार्यान्वयन भने हुन सकिरहेका छैनन्।

संविधानमा समावेशी, समानुपातिक र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ। राज्यको पुनर्संरचना गर्ने महत्वपूर्ण कार्यभारअन्तर्गत २०७४ सालमा पहिलोपटक संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन्। २०५४ सालपछि रोकिएको स्थानीय तहको चुनाव नयाँ संविधान निर्माणपछि भएको थियो।  

साथै दोस्रोपटक २०७९ सालमा पनि तीनै तहको चुनाव भइसकेको छ। संघीय सरकार, प्रदेश र स्थानीय तहका सरकारहरूले आफ्नो काम गरिरहेका छन्। मानव अधिकारका विषय नागरिक तथा राजनीतिक अधिकार सरह आर्थिक तथा सामाजिक अधिकारका विषयले पनि मौलिक हकका रूपमा स्थान प्राप्त गरेका छन्। संविधानमा खाद्य सम्प्रभुता, उपभोक्ताको अधिकार, अपराध पीडितको अधिकारलगायतका महŒवपूर्ण अधिकारहरूले मौलिक हकको मान्यता पाएका छन्। दलित, मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाति, कमैया, हलिया, कमलरी, हरवाचरवा, यौनिक तथा लैंगिक अल्पसंख्यकजस्ता सीमान्तकृत समूहको अधिकार संरक्षणको विषयमा सकारात्मक पहल भएका छन्। संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनका लागि विभिन्न कानुन जारी भएका छन्।  

राज्यको पुनर्संरचना गरी राज्य सञ्चालनको संयन्त्रमा सबै नेपालीको पहुँचको सुनिश्चितता गर्ने प्रतिबद्धता स्वरूप संविधानसभामार्फत जारी संविधानले संघीय शासन व्यवस्था स्थापना गरेको छ। संविधानले मौलिक हकको दायरा फराकिलो बनाएको छ। समानुपातिक समावेशीको सिद्धान्तलाई अंगिकार गर्दै राज्यको मूल नेतृत्व, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म समावेशी हुने व्यवस्था गरेको छ।  

२०७५ भदौ १ देखि मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता कार्यान्वयनमा आएका थिए। यसअघि भइरहेको मुलुकी ऐन पुरानो भइसकेको थियो। नयाँ संविधान अनुकूल हुनेगरी मुलुकी अपराध र देवानी संहिता ऐन ल्याइएको थियो। मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता ऐनलगायतका लागु हुने कानुनले कतिपय नयाँ अपराधको पहिचान गरेको छ। विगतमा कानुनको दायरामा नरहेका कतिपयलाई अपराधमा समावेश गरेर सजाय र जरिबानालाई वैज्ञानिक बनाइएको कानुनका जानकारहरू बताउँछन्। त्यस सँगसँगै मौलिक हकका कानुन पनि जारी भएका छन्। कानुन पूर्ण रूपमा कार्यान्वयन भने हुन सकेका छैनन्।  

लोकप्रिय
अर्को समाचार
राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय
०३ माघ २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय

चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ। तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले रुखमा बाँधेर हत्या गरेका अधिकारीजस्तै द्वन्द्वपीडित परिवार अहिले पनि न्याय पर्खिरहेका छन्।

२०६३ सालयता हरेक सरकारले बारम्बार संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने भन्दै आए पनि त्यसले अहिलेसम्म सार्थक रूप धारण गर्न सकेको छैन। संक्रमणकालीन न्याय सम्बन्धमा दलका शीर्ष नेताहरूको वाचा पनि भुटो साबित भएको छ।

विद्रोही माओवादी सशस्त्र द्वन्द्व छाडेर औपचारिक रूपमा शान्ति प्रक्रियामा आई बृहत् शान्ति सम्झौता गरेको १८ वर्ष पुगिसकेको छ। राजनीतिक चक्रव्यूहमा फसेकाले संक्रमणकालीन न्याय अझै टुंगिन सकेको छैन।

अहिले संक्रमणकालीन न्याय संसद्मा अल्झेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा विचाराधीन छ।

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा विधेयकलाई बहुमतीय प्रणालीबाट टुंगो लगाउने कुरा उठेको छ। संक्रमणकालीन न्यायलाई सहमतीय र बहुमतीय प्रणालीबाट टुंग्याउने कुरा फेरि अर्को विवादको विषय बनेको छ।

कानुनमन्त्री धनराज गुरुङले समितिको बैठकमा शीर्ष तहका नेताबीच सहमति जुटाएर विधेयक टुंगो लगाउने आश्वासन दिएका थिए। तर समितिका केही सदस्यले विधेयकमा सहमति नभए अड्किएर बस्न नहुने तर्क राखेका थिए।

सहमतीय र बहुमतीय प्रक्रियामा छलफल गर्नुभन्दा सांसदहरू विधेयकको विवादित विषय टुंगो लगाउन केन्द्रित हुन जरुरी छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विवादित विषयमा सहमति खोज्ने जिम्मा समितिले दलका शीर्ष नेतालाई दिएको थियो।

शीर्ष नेता अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुस ८ र ९ गते यस विषयमा छलफलसमेत भएको थियो।

फाइल तस्वीर
छलफलमा यो विषयमा छिटो टुंगोमा पुग्नुपर्ने सहमति भएको बताइएको थियो। मुख्यतया विधेयकमा राखिएका चारवटा विषयमा द्वन्द्वपीडितको विमति छ। पहिलो विवाद मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या लेख्ने कि दोहोरो भिडन्तबाहेक गरिएको हत्या राख्ने भन्ने हो। दोस्रो विवाद विषय मानवअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने हो।

तेस्रो विवाद द्वन्द्वमा संलग्न बाल सेनालाई परिपूरण (राहत र सहयोग) मा समेट्दा कसरी र कुन शब्द प्रयोग गर्ने भन्ने हो। चौथो विवाद घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोक्ने भन्ने हो।

विवादित यी चार विषयमा सहमति गरेर विधेयक पारित गर्ने नेताहरूको भनाइ छ। तर बहुमतीय प्रक्रियामा गए विवादित विषयमा सहमति नहुन पनि सक्छ। दलहरू पीडितको समेत माग सम्बोधन गरी सहमतीय प्रणालीमा जान सक्छन्, सक्दैनन् हेर्न बाँकी छ।

विवादित बुँदामा संसदीय समितिले गहन रूपमा छलफल गर्न नसकेको द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी बताउँछन्। संसद्मा भइरहेको छलफल विवादित विषयमा केन्द्रित हुन नसकेको उनको बुझाइ छ।

‘सहमति र बहुमतीय गर्ने कारण के हो, हामीलाई थाहा छैन। नेताहरूले समाधानजन्य प्रक्रियाका लागि कति बहस गर्नुभयो? विषयमा छलफल नै छैन,’ अधिकारीको प्रश्न छ, ‘बहुमतीय गर्ने कारण के? सहमति नहुनुपर्ने कारण हामी देख्दैनौं।’ सांसदले पीडककेन्द्रित बहस गर्न नसकेको उनको तर्क छ। ‘पीडितले के चाहन्छन्? विश्वसनीय आयोगबारे ठोस योजना छैन। पीडितको आँखामा छारो हाल्ने काम मात्रै भएको छ। जवाफदेहिता नै छैन,’ उनी भन्छन्।

द्वन्द्वपीडितलाई न्याय नदिन नेताहरूले झुलाइराखेको उनी बताउँछन्। विषयकेन्द्रित छलफल हुन सके बहुमतीयमा जानै नपर्ने उनले बताए। ‘विधेयकका विवादित विषयमा असहमति हुनुपर्ने कुनै पनि कारण छैन। असहमतिका कारण के हुन् त?’

उनको प्रश्न छ। संक्रमणकालीन न्यायका विषयमा सांसदहरूले खासै अध्ययन गर्न नसकेको उनको टिप्पणी छ।

मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनलले बुधबार एक कार्यक्रम गरी द्वन्द्वपीडितलाई सम्झँदै छन्। एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया भन्छन्, ‘द्वन्द्वपीडित मजस्ता हजारौं पीडितले धेरै लामो समय पीडा खपिसकेका छौं। संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सरकारद्वारा भएको अनुचित विलम्ब र बेवास्ताले हाम्रो घाउमा नुन थप्ने काम गरेको छ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस