कुरामा मात्र नियम र सदाचार,कर्मचारी र राजनीतिक नेतृत्वमै दुर्लभ
२२ मंसिर २०८०
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
कुरामा मात्र नियम र सदाचार,कर्मचारी र राजनीतिक नेतृत्वमै दुर्लभ

सरकारले ६ वर्ष अगाडि राष्ट्रिय सदाचार नीति अगाडि बढाए पनि मन्त्रिपरिषद्बाट पास भएन। नागरिकको अपेक्षा अनुरूप वस्तु र सेवा पारदर्शी उत्तरदायी जनमुखी र विधिसम्मत रूपमा सहज, सरल र सुलभ तरिकाले उपलब्ध गराइ सबै तहका वा क्षेत्रका भ्रष्टाचार ढिलासुस्ती र अनियमिततालाई जरैदेखि नियन्त्रण गरी सदाचार नैतिक वान एवम् सुसंस्कृत समाजको निर्माण र विकास गर्न सार्वजनिक निजी तथा गैरसरकारी क्षेत्रमा समेत सदाचार पद्धतिको अभिवृद्धि गर्न आवश्यक भएको ठहर गर्दै सरकारले उक्त नीति पेस गरेको थियो।

त्यसपछि गृह मन्त्रालयले २०७५ सालमा ल्याएको कर्मचारी सदाचार नीति पनि कार्यान्वयनमै आउन सकेन। सदाचार र आचरण सुधारका लागि भन्दै ल्याइएका सरकारका अरू नीति र नियमहरू समेत पछिल्लो समय जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको छ।

कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आचरण र अनुशासनमा बाँध्न भन्दै २ महिनामा तयार भएको राष्ट्रिय सदाचार सम्बन्धी प्रतिवेदन विज्ञ टिमले सरकारलाई बुझाएको थियो। मन्त्रिपरिषद्सम्म पुगेको उक्त नीति गैरसरकारी क्षेत्रको दबाबले सरकारले पास गर्ने आँट नदेखाएपछि त्यसै थन्किरहेको छ।

त्यसपछिका सरकारले सुशासन कायम गर्ने बताए पनि सदाचार नीति ल्याइ कार्यान्वयनमा ल्याउनमा ध्यानै दिएको छैन। सदाचार कायमका लागि सरकारले नीति नियमहरू निर्माण गर्न अगाडि देखिए पनि ती प्रावधान कार्यान्वयनमा भने मजाकको विषय बनाइरहेको छ।

राजनीतिक नेतृत्व र कर्मचारी सदाचारमा बसेर नैतिकता र जबाफदेहिता देखाए मात्रै अरूले त्यसको अनुसरण गर्ने वातावरण बन्न सक्छ। तर सदाचारमा बसी सभ्य समाज निर्माणका लागि ती दुवै वर्गको भूमिकामै समस्या देखिएको हो। समाजमा सदाचार कायम गर्न बालबालिकालाई विद्यालयदेखि नैतिक र नागरिक शिक्षाको समेत पछिल्लो समय खाँचो देखिएको जानकारहरू बताउँछन्।

सदाचार सम्बन्धी बनेका ऐन नियमहरू नै कार्यान्वयन गरी भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न राजनीतिक नेतृत्व र प्रशासनयन्त्र इच्छाशक्ति नदेखिएको हो। राजनीतिक नेतृत्व र कर्मचारीमा समेत नैतिकता, आचरण र सदाचार कायम गराउन सरकारले नसक्दा निष्ठा, नैतिकता, जबाफदेहिता जस्ता विषय विलय हुँदै गएको छ। सेवा प्रवाहदेखि सार्वजनिक क्षेत्रमा त्यसको सिधा असर परेको छ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ मै भ्रष्टाचार नियन्त्रण गरी जनतालाई सुशासनको अनुभूति दिलाउने स्पष्ट उल्लेख छ।०७२ सालको संविधानको प्रस्तावनामै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट संविधान पारित गरिएको उल्लेख छ।

संविधानले परिकल्पना गरेका ती उद्देश्य हासिल हुनुको साटो सुशासनको सूचाँकमा नेपाल आरालो यात्रामा छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज अन्तिम साता सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷ ८० को ३३औँ वार्षिक प्रतिवेदनमा हरेक सरकारी अड्डा विरुद्ध भ्रष्टाचारका उजुरी परेको उल्लेख छ। देशमा अनियमितता, बेथिति र भ्रष्टाचार मौलाउँदै गइरहेको तथ्य प्रतिवेदनले उजागर गरेको छ।

प्रतिवेदनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, भूमि प्रशासन, वन तथा वातावरण, भौतिक पूर्वाधार, गृह प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तुलनात्मक रूपमा बढी भ्रष्टाचार भएको उजुरी परेको छ। विभिन्न प्रकृतिका १६२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा अख्तियारले उक्त आवमा विशेष अदालतमा दायर गरेको छ। यस्ता खालका भ्रष्टाचारले आर्थिक विकास, पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाह, आन्तरिक सुरक्षा र प्राकृतिक स्रोतको संरक्षणमा प्रतिकूल असर पारेको अख्तियारको ठम्याइ छ।

ट्रान्सप्लान्ट इन्टरनेसनलको सन् २०२२ को आँकडाअनुसार भ्रष्टाचारको सूचांकमा नेपाल ३४ अंकमा छ। नेपाल विश्वमा भ्रष्टाचार हुने देशमा ११०औँ स्थानमा छ। सरकारले आवश्यक कदम नचाल्दा सुशासनको लक्ष्य भेटाउनै कठिन बन्दछ।बढ्दो भ्रष्टाचारले कर्मचारी र राजनीतिक नेतृत्वप्रति गुनासो चुलिँदो छ। सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरी सभ्य समाज निर्माणका लागि ल्याएका प्रावधान कागजमै सीमित छन्।

देशमा सदाचार कायम गरी नैतिकता र आचरण अवलम्बन गर्न नेतृत्वको इच्छा शक्ति र प्रतिबद्धता नहुँदा त्यस सम्बन्धी प्रावधान र नियमहरू कार्यान्वयनमै आउन नसकेको हो। गृह मन्त्रालय अन्तर्गतका कर्मचारीको सदाचार संहिता २०७५ जारी गर्‍यो। निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ को नियम २७ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले आफू मातहतका कर्मचारीको पदीय आचरण सम्बन्धी सदाचार नीति बनाए पनि लागू हुन सकेन।

कर्मचारीको आचरण व्यवस्थित गर्न, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न,उत्तरदायी बनाउन,सेवा प्रवाह, दण्डहीनता अन्त्य गर्ने, उत्तरदायी बनाउन सेवा प्रवाह प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनताको विश्वास बढाउने उक्त सदाचार नीतिको उद्देश्य थियो।

कार्य सम्पादन ढिला सुस्ती नगर्ने, तथा सेवाग्राहीलाई अनावश्यक दुःख एव झन्झट नदिइन सम्पन्न गर्ने, गैर कानुनी लाभ नलिने, शिष्ट र आदरपूर्ण व्यवहार गरी त्यसको अनुभूति जनतामाझ गराउने अनुशासनमा रही आफ्नो पदीय दायित्व र कर्तव्य इमानदारितापूर्वक पूरा गर्ने तोकिएको जिम्मेवारी पूरा गर्ने, आर्थिक अनुशासन र स्वच्छ व्यवहार कायम गर्दै नगद र जिन्सी उपहार ग्रहण नगर्ने सदाचार नीतिमा समावेश थियो। कार्यान्वयनमा गृह मन्त्रालय नै उदासीन बनेपछि उक्त नीति त्यसै थन्किन पुगेको हो।

गृह मन्त्रालयले कतिपय राम्रै नीति बनाए पनि त्यसको कार्यान्वयनबारे अनुगमनकै ठुलो समस्या रहेको गृह मन्त्रालयबाट अवकाश प्राप्त सहसचिव फणीन्द्र पोखरेलले बताए। ‘मन्त्रीले लोक रिझाइका लागि ल्याउने यस्ता खालका नीति सव्यले कार्यान्वयनको चासो लिएको पाइन्न। नयाँ मन्त्रीले अपनत्व लिएर कार्यान्वयन लैजाने रुचि समेत देखाएनन्’, उनले भने।

‘राजनीतिक नेतृत्व अर्थात् मन्त्री नै सदाचार पालनाप्रति प्रतिबद्ध भएमा मात्रै सुधार सम्भव हुन्छ। कर्मचारीलाई त्यस्ता नीतिको वास्तै हुँदैन’, गृह मन्त्रालयकै एक उच्च अधिकारीले भने।

गृह मन्त्रालयले तीन महिना अगाडि ल्याएको सदाचार सम्बन्धी निर्देशन कार्यान्वयनमा नआउँदा मन्त्रालय नै ठट्टाको पात्र बन्न पुगेको छ।

गृह मन्त्रालयले असोज १० मा महाशाखा अन्तर्गत अधिकृतसितका सबै कर्मचारीहरूले हरेक बिहान दश बजेर १५ मा अनिवार्य कम्तीमा १५ मिनेट समय योगाभ्यास ध्यान गरेर आफ्नो काम सुरु गर्न लिखित निर्देशन दियो। योग गरेर कर्मचारीमा सदाचार कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा सघाउने भन्दै यस्तो अभियान चलाई पनि कर्मचारीबाटै खिल्ली उठाउने काम भयो। ‘बेला बेलामा चर्चा बटुल्न यस्ता कुरा ल्याए पनि कार्यान्वयनमा इच्छा शक्ति हुँदैन। त्यसै सेलाउँछ’, लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले भने।

सदाचार नीति नैतिकताको आधारमा अवलम्बन गर्ने विषय भए पनि सदाचार सम्बन्धी कानुनी व्यवस्था समेत कार्यान्वयनै नभएको पाइएको छ।

निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ मा पदीय जिम्मेवारीको पालना गर्दा सदैव राष्ट्र र जनताको बृहत्तर हितलाई ध्यानमा राखी कानुनको अधीनमा रही गर्ने, सरकार र राष्ट्रप्रति वफादार रही आफ्नो सेवाको मर्यादा र गरिमामा आँच पुग्ने कुनै काम नगर्ने, अनुकरणयोग्य शिष्ट र मर्यादित व्यवहार गर्ने, पदीय जिम्मेवारी सही रूपमा पालना गर्ने, कार्यालयमा सरकारी बाहेक अरू काम नगर्ने, सुविधाको दुरुपयोग गर्ने, काम कार्यवाही निष्पक्षता कायम गर्ने, दबाब, प्रभाव र प्रलोभन भनसुन, आग्रहबाट प्रभावित नभई निष्पक्ष र स्वतन्त्र गर्ने, पारदर्शिता कायम गर्ने, सेवा प्रवाह छरितो छिटो र पूर्ण गुणस्तरीय रूपमा निर्वाह गर्ने, चन्दा दान र उपहार पठाउन वा प्रत्यक्ष संलग्न नहुने, गुणस्तरीय सेवा प्रदान गर्ने,आर्थिक अनुशासन र सदाचारिता कायम गर्ने आदि विषय उक्त नियमावलीमा समावेश छन्।

नियमावलीले व्यवस्था गरेका विषय कार्यान्वयन भयो भएन अनुगमन गर्ने दायित्व विभागीय प्रमुखको हो। त्यसका लागि छुट्टै टिम गठन गर्न सक्छन्। तर कार्यान्वयन नै भएको छैन। कर्मचारीको आचरण सम्बन्धी नियमावली पालना भए अरू नीति ल्याएर कार्यान्वयन गर्नु आवश्यकता नै नपर्ने प्रधानमन्त्री कार्यालयका एक सचिव बताउँछन्।‘कार्यालयहरूमा यही नियम पालना नभएर जनताले सास्ती पाएको देखिएको छ। सुशासन अवस्था दयनीय बनेको छ,’ उनले भने। ‘ऐनमै रहेको प्रावधानको समेत कार्यान्वयनमा इच्छा शक्ति छैन भने अन्य निर्देशन र नियमहरू बाहिर देखाउनका लागि मात्रै ल्याइएको प्रस्ट हुन्छ’, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले भने।

केही वर्ष अगाडि सरकारले निजामती सेवाका कर्मचारी मार्फत मुस्कान सहितको सेवा दिने घोषणा गरे पनि कार्यान्वयन भएन।

त्यसो त पेसागत क्षेत्रका व्यक्तिको व्यावसायिक आचरणका लागि आचारसंहिता पनि ल्यायो तर ती कार्यान्वयन भएन। अव्यवहारिक प्रावधान पनि राखिएपछि कार्यान्वयन गराउने इच्छा कसैले पनि देखाएन’, उनले भने।

‘ल्याएका नीति र ऐन कार्यान्वयन नहुँदा जनतालाई विश्वास नै हुन छाड्यो। हचुवा र लोक रिझाइका लागि यस्ता नीति र निर्देशन आउँछन्। कार्यान्वयनमा कुनै संयन्त्रको सक्रियता देखिन्न। आउँछन् त्यसै बिलाउँछन्’, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले भने।

राजनीतिक नेतृत्वले कर्मचारीलाई नियन्त्रणमा राख्नु पर्छ।कर्मचारीलाई उत्तरदायी र जिम्मेवार बनाउन नागरिक समाजले पनि दबाब र निगरानी बढाउनुपर्ने मैनालीले बताए।

लोकप्रिय
अर्को समाचार
बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र
०९ कार्तिक २०७८
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र

युट्युबमा राखिएको एउटा गीत आइतबारसम्ममा १६ लाख ६० हजार पटकभन्दा बढी हेरिएको छ। पशुपति शर्मा, प्रकाश सपुतलगायतका कलाकारको यो गीतले भन्छ –

खै हाम्रो दिलमा त घामै लाएन

जसको शासन आए पनि जनताको 

शासन आएन

जसको सरकार आए पनि 

गरिबको सरकार आएन...

गीत सुनिसकेपछि व्यक्त ६ सय भन्दा बढी प्रतिक्रियाबाट बुझ्न सकिन्छ–सर्वसाधारण अहिलेको परिस्थितिसँग साह्रै थाकिसकेका छन्। मुलुकमा निरंकुशतन्त्र छैन। यो लोकतन्त्र हो। तैपनि किन सर्वसाधारणले जनताको शासन नआएको गुनासो गरिरहेका छन्? किन गरिबको सरकार मुलुकमा नआएको गुनासो भइरहेको छ?

अहिले सबैभन्दा धेरै गुनासो मुलुकका प्रमुख नेताहरूसँग रहेको देखिएको छ। कुनै दलविशेषमा आबद्ध कार्यकर्ताले यो वा त्यो नेतालाई मन पराए पनि सर्वसाधारण नागरिक भने सबै नेताप्रति उत्तिकै रुष्ट छन्।आखिर किन यस्तो भयो?

परिवर्तनका निम्ति हिजो यिनै नेताका पछि लागेर सर्वसाधारणले आन्दोलनमा साथ दिएका थिए। आज उनै नागरिक यी कसैप्रति पनि उदार देखिएका छैनन्। बरु सिधै भन्ने गरेका छन्– जुन जोगी आए पनि कानै चिरेका।

भर्खरै सत्तारुढ गठबन्धनका नेता नेकपा (माओवादी केन्द्र) अध्यक्ष जिपलाइनको उद्घाटनमा सरिक भएका देखिए। उनको समाचार र तस्बिरमुनि सर्वसाधारणले व्यक्त गरेका प्रतिक्रिया उद्धृत गर्ने तागत यो पंक्तिकारसँग छैन। आखिर सर्वसाधारण किन यति निर्मम भएका छन्? चाप्लुस समूहसँग दैनिक उठबस गर्नुभन्दा एकपटक आलोचकहरूका कुरा सुनेर आफूलाई सुधार्ने कि? यसैमा अहिलेको राजनीतिक नेतृत्वको भलो देखिएको छ।

सत्ता गठबन्धनकै अर्का नेता प्रधानमन्त्री शेरबहादुर देउवा पश्चिम नेपालका बाढीपीडित क्षेत्रमा गए। त्यहाँ एक जना सर्वसाधारणले अलि ठूलो स्वरमा बोल्न आग्रह गर्दा देउवाले आक्रोशित हुँदै भने–तपाईं बढ्ता कुरा गर्दै हुनुहुन्छ। देउवाको यो अभिव्यक्तिसँगै धेरैले केही वर्षअघि उनले अन्तर्वार्ताका क्रममा व्यक्त गरेको यस्तै रवैयालाई दोहोर्‍याएर सार्वजनिक सञ्जालमा प्रस्तुत गरिरहेका छन्। लोकतन्त्रमा सर्वसाधारणलाई नेताहरूप्रति असन्तुष्ट हुने अधिकार छ।

आफूलाई लागेका प्रश्न गर्न पनि उनीहरू उत्तिकै स्वतन्त्र छन्। त्यस्ता प्रश्न वा जिज्ञासा सुनेपछि भनिहाल्नु जरुरी छैन–तपाईं बढ्ता कुरा गर्दै हुनुहुन्छ। जनतालाई सुन्नु र सुध्रिनुको विकल्प छैन। सुन्न छाडेका दिन जनताले छाड्छन्। अहिलेको ताकत तिनै जनता हुन् जसले नेतृत्वलाई यश, ऐश्वर्य र उपभोग दिएका छन्।

गठबन्धन नेताहरू देउवा, दाहाल र माधवकुमार नेपाल मात्र होइन, प्रमुख विपक्षी नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसम्मलाई एकै ढंगले सर्वसाधारणको शब्दाहार प्राप्त भइरहेको छ। यति चाँडै यी सबै नेता असान्दर्भिक हुने अवस्था आउनु आफैँमा चिन्ताको विषय छ।

लोकतन्त्रमा जोसुकैको आलोचना गर्न पाइन्छ। नेताको आलोचना गर्दा कानुन लाग्दैन। तर आमनागरिकलाई किन जनताको शासन आएन भन्ने लागिरहेको छ। भन्न त सबै दलले आफूलाई जनताको प्रतिनिधि दाबी गर्दै आएका छन्। प्रत्येक भाषणमा जनताको पक्षमा बोलेर उनीहरू थाक्दैनन्। तर आमनागरिकले उनीहरूलाई निकट मान्नै छाडिसकेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला देशबासीका नाममा सन्देश दिए। धेरैले उनका यी अभिव्यक्तिप्रति समर्थनको ताली बजाएका सुनियो। उनले यसरी अभिव्यक्ति दिन नपाउने धारणा डा. बाबुराम भट्टराईलगायत केही नेताले व्यक्त गरे पनि सर्वसाधारणले उनको पक्षमा टिप्पणी गरेका छन्।

लोकतन्त्र पूर्वराजपरिवार सदस्यबाहेकलाई आएको हो र? आमनागरिकका रूपमा पूर्वराजाले अभिव्यक्ति दिन नपाउने कुरै के छ र? त्यसैले जसरी देउवा, दाहाल, नेपाल र ओली बोल्छन्,त्यसैगरी शाह पनि बोल्छन्।

कुनै बेला निकै घृणाका पात्र रहेका पूर्वयुवराज पारस शाह अहिले आमनागरिकको चासोमा छन्। उनीसँग सेल्फी लिनु, टिकटक बनाउनु अहिले कम्ता आकर्षणको विषय भएको छैन। लौ त पारस शाहकै जत्तिकै आमनागरिकले चासो राखेर अहिलेका नेतासँग टिकटक बनाएको हेरौँ।

पारसको व्यक्तिगत जीवन जस्तो भए पनि सहज स्वीकार गर्ने र उनलाई समर्थन गर्ने संख्या बढेको देखिन्छ। पूर्वराजपरिवार सदस्यसम्बन्धी कुनै समाचार सामग्री छ भने त्यसमा चासोपूर्वक पढ्ने र हेर्ने गरेको समेत देखिएको छ।

जतिजति जनताका नेता भएर नवराजाको व्यवहार गर्ने नेतृत्व पंक्तिप्रतिको विकर्षण बढ्दैछ, त्यतित्यति नै पूर्वराजाप्रतिको आकर्षण बढिरहेको छ। डेढ दशक नहुँदै बदलिएको यो जनमतलाई आत्मसात नगर्ने हो भने दुर्घटना अवश्यम्भावी छ।

यो स्थिति त्यत्तिकै आएको छैन। शासन सञ्चालन गर्दा लोकलाज भन्ने तत्वमाथि पनि ध्यान पुग्न सक्नुपर्छ। अहिलेको राजनीतिक नेतृत्वले आमजनमतलाई बुझ्नै चाहेको छैन। आफूले जे गरे पनि हुन्छ र त्यसका निम्ति आमनागरिकले अनुमति दिएका छन् भन्ने तिनलाई पर्न गएको छ। अन्यथा, आफूलाई सुधार गर्ने बाटोमा उनीहरू हुनुपर्थ्यो।

तीन महिनाअघिसम्म ओलीविरुद्ध जस्तो जनमत थियो, त्यो धेरैले बिर्सिसकेका स्थिति छ।अहिले ओलीप्रति भन्दा सत्ता गठबन्धनका नेताप्रति बढ्ता आक्रोश देखिन थालेको छ।

अहिलेको पद्धति बिग्रनुका एक कारक ओली हुन्, त्यो सबैले सम्झनामा राखेका छन्। तर त्यो बिग्रेको परिस्थिति सुधार गर्ने विश्वासका साथ सरकार सञ्चालनमा गठबन्धन दलका नेता आएपछि पनि बाटो ओलीकै लिएका छन्। उसो भए सुध्रिनुपर्ने त सत्ताबाहिर भएकाले पो रहेछ। सरकारमा भएका बेला हो अरू सबैले अनुकरण गर्ने गरी काम गर्नुपर्ने।

अहिले सरकार जसरी चलेको छ, यसरी नै मुलुक चल्ने हो भने लोकतन्त्र धेरै चल्ने छैन। कसैले पनि योग्यता र क्षमताका आधारमा यहाँ काम पाउन सक्ने अवस्था छैन। कुनै न कुनै दलको छाता नओढी मुलुकको सेवा गर्ने अवसर प्राप्त हुँदैन। 

यतिबेला सरकारका मन्त्रीहरू मन्त्रालयमा छन् तर तिनले कुनै काम गर्न सक्दैनन्। प्रमुख दलका नेताहरूले घर–घरमै बसेर देश चलाउँछन्। यो तहको केन्द्रीकरण र सामन्तवादी सोच विकास भएपछि विधि, प्रक्रिया र लोकतान्त्रिक शासनको संस्थागत विकास कोरा कल्पनामै सीमित हुन्छ।

राजदूत नियुक्तिकै प्रसंगलाई लिन सकिन्छ। प्रमुख दलले यसमा भागबन्डा गरिसकेका छन्। त्यही भागबन्डाका आधारमा नियुक्ति हुन्छ। यसो हो भने परराष्ट्रमन्त्री हुनुको के अर्थ ? परराष्ट्रमन्त्रीको नेतृत्वमा मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमतावान व्यक्तिको रोस्टर बनाएर अगाडि बढेको भए सुधार आउन सक्थ्यो।

दलहरूलाई भागबन्डा भएको छ, नेताहरूबाट जसजसलाई कृपादृष्टि पर्छ, त्यसैको नियुक्ति हुन्छ। यसरी नियुक्त राजदूतले न मुलुकका निम्ति काम गर्न सक्छन् न आतिथेय मुलुकलाई नै तिनले कुनै प्रभाव पार्न सक्छन्। भागशान्तिले लोकतन्त्रका जरासमेत जर्जर बनाइसकेको छ।

राज्यका सम्पूर्ण पद र जिम्मेवारी भागबन्डाबाटै वितरण हुने भएपछि कुनै दलविशेषमा लाग्न नसकेका र नेतालाई दाम चढाउन नसक्नेले त्यो जिम्मेवारीको अपेक्षा नगरे पनि हुन्छ। 

यसले योग्य व्यक्ति मुलुकबाट पलायन हुनुभन्दा अर्को विकल्प छैन। यसै पनि धेरै व्यक्तिको देशमा बस्ने इच्छा दिनानुदिन कम भइरहेको छ। यहाँ कुनै सुधार हुन सक्दैन भन्ने विश्वास झन्झन् बलियो भइरहेको छ।

लोकतन्त्रमा यसका संस्थाहरू बन्दै जानुपर्छ। संस्थागत रूपमा बलियो स्थितिमा रहेका संस्थाको अवस्थासमेत अहिले जर्जर छ। तुलनात्मक रूपमा संस्थागत विकास भएको न्यायालयको अवस्था आज कहाँ छ ? पञ्चायतदेखि पछि राजा ज्ञानेन्द्रको निरंकुशकालमा समेत स्वतन्त्र ढंगले आफूलाई उभ्याउन सक्ने न्यायालयभित्र आज जे भइरहेको छ, त्यसले संस्थाहरूको क्षमता घटिरहेको देखाउँछ।

आज न्यायालयभित्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आफ्नै सहकर्मीले विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र यस्तै अन्य संवैधानिक अंगको अवस्था त्यस्तै क्षय भएको छ। सरकारी कार्यालयमा सर्वसाधारणले नजराना नबुझाइ काम गराउन सक्दैनन्।

यस्तो बेलामा सर्वसाधारणले जनताको शासन आएन भनेर गुनासो गर्नुबाहेक विकल्प के छ र ? तर जनताले जुन दिन विकल्प खोज्छन्, त्यतिबेलाको अवस्था अत्यन्तै दारुण हुनेछ। मुलुकलाई अफगानिस्तानको बाटोमा नलैजाने हो भने अहिल्यै सुध्रिनु उचित हुन्छ।

जसरी परिवर्तनका संवाहक बनेर हिजो राजनीतिक नेतृत्वले भूमिका निर्वाह गरेका थिए त्यसैगरी लोकतन्त्रका संस्थापक बन्ने अवसरलाई गुमाइरहेका छन्। हिजो ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै जनता उफार्ने नेताहरूबाट विरक्त भएर गाउनुपरेको छ–जसको शासन आए पनि जनताको शासन आएन। नेताज्यूहरू, तपाईँ हिँड्ने गाडीमा पनि यो गीत बेलाबेलामा बजेको हुनुपर्छ। एकपटक ध्यान दिएर सुन्ने कि?

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
अघि–अघि युवा
अघि–अघि युवा २१ भदौ २०७८ ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस