अघि–अघि युवा
२१ भदौ २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
अघि–अघि युवा

मुलुकको राजनीतिमा युवा वर्चस्वको अपेक्षा भए पनि निकट भविष्यमै तिनले जिम्मेवारी लिन पाउने सम्भावना कम छ। यतिबेला ७० को दशकका नेताहरू राजनीतिको केन्द्रमा छन्। यो उमेर समूहका नेताहरू नै सर्वेसर्वा भएका कारण युवा नेतृत्व तत्काल आउन सक्ने देखिँदैन। तैपनि थोरै युवा पनि यसमा आउँदा उत्साहको सञ्चार भने हुने गर्छ। नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनका क्रममा दैलेख, अछामलगायतका केही जिल्लामा युवाहरू वडा तहको नेतृत्वमा पुगेका खबरले समेत रोमाञ्चित तुल्याएको छ।युवा वयमै राजनीति बुझेर आफूलाई सेवामा लगाउन सक्ने वातावरण बन्ने हो भने निःसन्देह त्यसको सकारात्मक प्रभाव पर्छ।

युवाको राजनीतिमा अपेक्षा किन भइरहेको छ ? यसको सहज उत्तर हो– अहिलेका आकांक्षा पूरा गर्ने गरी काम गर्न अक्षम राजनीतिक नेतृत्व। युवाहरू केही होस् भन्ने हतारमा हुन्छन्। उमेरले नेटो काटिसकेका व्यक्तिका निम्ति उत्साहभन्दा बढी सावधानी हुन्छ। तिनले तत्कालै कुनै निर्णय गरेर तात्तातै काम गर्न तत्परता देखाउँदैनन्। एक, ती सकारात्मक सोचतर्फ लागिसकेका हुन्छन्। दुई, युवामा जस्तो परिवर्तनका निम्ति तिनमा छटपटी देखिँदैन। हाम्रो मुलुकमा कामका निम्ति अनेकन अवसर छन्। ती अवसर गुमाउँदै अहिले ज्येष्ठ नागरिक बनिसकेका नेताहरूबाट ती अवसरलाई उपयोग गरी मुलुकलाई अग्रगमनतर्फ लैजाने गरी आफूलाई सक्रिय राखेको देखिएको छैन।

त्यसैले दैलेखकी १९ वर्षीया स्वस्तिका महत, अछामकी २२ वषीया जानकी रावल जस्ता युवाहरू यसपटक कांग्रेस महाधिवेशनबाट छानिएर स्थानीयदेखि केन्द्रीय निकायसम्म पुग्न सकून् भन्ने अपेक्षा आम रूपमा भइरहेको छ। स्वस्तिका र जानकी प्रतिनिधि पात्र हुन्। 

स्वाभाविक ढंगले युवा नेतृत्वमा पुग्ने र वरिष्ठ नेताहरूले तिनका लागि बाटो छाड्दै जाने परिपाटी बस्न सकेको भए स्थिति यति खराब हुँदैनथ्यो। दलको आन्तरिक लोकतन्त्रले युवालाई प्रवेश गराउँदै जाने र ज्येष्ठ नागरिकहरूले क्रमशः आफूलाई तिनको ‘मेन्टर’ हुँदै अवकाशतर्फ लैजानुपर्छ। लोकतन्त्रको जग राम्ररी बसेको मुलुकमा आर्यघाट पुग्नुअघिसम्म कुर्सीको लालसा गरिँदैन।

सिंगापुरका नेता लि क्वान यु आफैँले चाहेका दिनसम्म त्यहाँको प्रधानमन्त्री बनिरहन सक्ने ल्याकत थियो। उनलाई कसैले हटाउन सक्ने थिएनन्। तर उनी आफैँ ‘मिनिस्टर मेन्टर’ भन्ने पद सिर्जना गरी नेतृत्व हस्तान्तरण गर्न तयार भए। भलै उनका छोराले प्रधानमन्त्रीको जिम्मेवारी पाए। 

तैपनि वृद्ध नेताका हातमा शासन रहिरहेन।यहाँ पनि विस्तारै आफूलाई नयाँ पुस्ताका नेतालाई अगाडि बढाउने, तिनलाई आफ्ना अनुभवबारे सिकाउने र नेतृत्व तयार पार्नेतिर ध्यान पुग्नु उचित हुन्छ। त्यसो भएन भने ७० को दशकका नेताले मात्र आपसमा प्रतिस्पर्धा गरिरहने स्थिति आउँछ।

कांग्रेसमा यतिबेला गगन थापा जस्ता केही नेता नेतृत्वमा पुग्ने ल्याकतमा छन्। तर अहिलेकै जस्तो परिपाटी आउने हो भने तिनले कहिले मुलुकको कार्यकारी पदमा पुगेर आफूले अगाडि बढाउने मौका पाउनु ? यो स्थिति निकै कठिन देखिन्छ।

अहिले कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टीलगायतका दल मुलुकमा क्रियाशील छन्। सबै दलको नेतृत्वमा रहेका नेताहरूको अवस्था समान छ। ती सबैले युवा नेतृत्वलाई अगाडि बढाउने हो भने मात्र अहिलेको प्रणाली राम्ररी अगाडि बढ्न सक्छ। नत्र ढाँट, छल र तिकडमकै आधारमा राजनीति गर्ने परिपाटीले मुलुकमा उत्साहको सञ्चार गर्न सक्दैन।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि पार्टी सभापति बन्न चाहन्छन्। ७५ वर्षीय देउवा सभापति बने भने आगामी निर्वाचनमा पनि उनकै दलले जितेका आधारमा आगामी २०८० सालसम्म देउवाले काम गर्ने मौका पाउँछन्। ८० वर्षको उमेरसम्म उनले क्रियाशील हुँदा मुलुकमा के तात्विक परिवर्तन आउँला ? आज परिवर्तनको अपेक्षा गरेर पार्टीमा लागेका युवा पनि त्यतिबेलासम्ममा वितृष्णाको स्थितिमा पुगिसक्छन्। पदमा मात्र अडिरहने र खासै काम गर्न नसक्ने राजनीतिक नेतृत्वबाट ठूलो अपेक्षा गर्न सकिँदैन।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललगायतका नेता पनि सत्तरीको दशकमा हिँडिरहेका छन्। यी सबै नेताले जीवनमा सबै भन्दा धेरै उपलब्धि उनको युवाकालमै गरेका हुन्। तिनीसँग निरंकुश शासनविरुद्ध लड्ने ताकत थियो। तिनमा जागरको पनि कमी थिएन। त्यो बेला उनीहरूले आफूलाई ५० वर्षको उमेर नपुग्दै सक्रिय राख्न पाएका थिए। तिनले क्रान्ति गरे। 

आफूले भनेजस्तै गरी मुलुकमा परिवर्तनका निम्ति तिनले आफूलाई तत्पर गराइ आमनागरिकलाई पनि सहमत गराए। अहिले आएर हेर्दा तिनले आमनागरिक त के आफ्नै कार्यकर्तालाई समेत सहमत गराउन नसक्ने स्थिति आइरहेको छ। उनीहरूबाट धेरै काम हुन सक्दैन भन्ने विश्वास आमनागरिकमा भइसकेको छ।

महाधिवेशनको प्रक्रियामा रहेका कांग्रेस नेता तथा कार्यकर्ताले कसरी युवालाई राजनीतिमा ल्याउन सकिन्छ भन्नेमा ध्यान दिनु उचित हुन्छ। वरिष्ठ नेताहरूबाट हुनुपर्ने जति योगदान भइसकेको छ। युवाले नेतृत्व लिन सके भनेमात्र देशमा काम हुन्छ। प्रणालीगत सुधार पनि हुन्छ र अहिलेको परिस्थितिमा सुधार पनि आउँछ। अन्यथा, युवा पुस्ताको राजनीतिमा प्रवेश भइदेओस् भन्ने अपेक्षा गरेरै समय बर्बाद हुनेछ। आयुको एउटा निश्चित सीमा काटेपछि आफैँले अवकाश लिनेतर्फ सोच्नुपर्छ।

आफैँ नसोच्ने हो भने युवाले जबर्जस्ती भए पनि तिनलाई घरमा बसाउने वा ‘मेन्टर’को भूमिकामा रहने व्यवस्था गर्नुपर्छ। हाम्रा नेताहरूले राजनीति गरिरहेका बेला कलेजमा रहेका विश्वका अन्य नेता अहिले अवकाशको जीवनमा गइसकेका छन्। हामीकहाँ किन अवकाश लिन गाह्रो भएको ? बिरामी भएर, राम्ररी हिँड्न नसकेर र युवालाई आशा दिन नसकेर पनि राजनीति गरिरहन्छु भन्ने अपेक्षा किन ? युवालाई अगाडि लगाउनेतिर यिनको ध्यान जानु उचित हुन्छ। 

लोकप्रिय
अर्को समाचार
कांग्रेसभित्र थुप्रिएका फोहोर सफा गर्ने बेला भयो: गगन थापा
०३ वैशाख २०८१
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेसभित्र थुप्रिएका फोहोर सफा गर्ने बेला भयो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। समुदायमा कांग्रेस अभियान अन्तर्गतको संवाद यात्राका क्रममा आज कैलालीको टीकापुर पुगेका थापाले फोहोर सफा नगरे कांग्रेस सुदृढ नहुने बताए।

कांग्रेसले २०८१ लाई पार्टी सुदृढीकरण वर्ष मनाउने बताउँदै उनले सबै नेता कार्यकर्ताहरुलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह गरे।

कांग्रेसले आगामी कुनैपनि चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताले अरूको चुनाव चिन्हमा मतदान गर्ने अवस्था पनि नआउने दाबी गरे। उनले त्यसका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिए।

‘कांग्रेसले अरूको चुनाव चिन्हमा भोट हाल्नु पर्ने छैन’ उनले भने ‘तर त्यसका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्छ। तब मात्र कांग्रेस ठूलो दल बन्छ।’

उनले हरेक गाउँ टोलसम्मै पार्टी भित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए काँग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए।

उनले २०८२ साल भित्रै कांग्रेसले महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै अबको महाधिवेशनले नेता बलियो नभई मतदाता बलियो बनाउने नीति अंगिकार गर्ने सुनाए। 

माथिल्लो तहले उम्मेदवार लाद्ने नभई आफ्नो उम्मेदवार आफ्नै समितिले चयन गर्ने परिपाटीको विकास गरिने उनको भनाइ थियो। ‘आफ्ना उम्मेदवार तपाईँहरू आफैले छनौट गर्ने परिपाटीको विकास हुनुपर्छ’ उनले भने ‘कसैलाई माथिबाट टीका लगाएर उम्मेदवार बनाइनु हुँदैन।’

उनले एक वर्ष कांग्रेस पूर्ण रुपमा प्रतिपक्षमा बस्ने र सत्ता प्राप्तिको कुनै खेलमा नरहने उल्लेख गरे।

सहकारीको ठूलो रकम अपचलनका बारेमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मुख्य माग रहेको उनले सुनाए। समितिले नै छानबिन गरेर क-कसको संलग्नता छ भन्ने कुरा स्पष्ट पार्नुपर्ने आफूहरुको माग रहेको बताउँदै उनले भने ‘सत्ताधारी दलकै नेताहरू संलग्न रहेको कुरा सार्वजनिक भइरहेको छ। संसदीय समिति बनाऔं। छानबिन गरौं। जो-जो संलग्न छन्। कारबाही गरौं।’

सहकारीको रकम अपचलनमा रास्वपाका नेताहरुकै नाम जोडिएकोले सत्ता पक्षले समिति गठनमा आलटाल गरेको गरिरहेको उनकाे दाबी थियाे। आफूहरुको संलग्नता नरहे समिति गठन गर्दैमा रास्वपाका नेताहरू डराउन नपर्ने उनकाे भनाइ थियाे।

कतिपय भ्रष्टाचारका मुद्दा राज्यका तर्फबाट नीतिगत निर्णयका नाममा लुकाउने प्रयास विगत देखी नै हुँदै आएको उनले स्मरण गरे। सत्ता पक्षले नै नीतिगत निर्णयका नाममा भ्रष्टाचारलाई बढावा दिने काम गर्ने गरेको उनको आरोप थियो।

महामन्त्री थापाले राज्यले ८० को दशकलाई कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए। कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र प्रति राज्य उदासीन बन्दै गइरहेको उनको भनाइ थियो। ‘कृषि प्रधान देश भनेर मात्रै हुँदैन’ उनले भने ‘कृषिमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्छ र सोही अनुसार काम पनि गरिनु पर्छ।’

उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश संवृद्ध नबन्ने बताए।

नेपाली कांग्रेस कैलाली क्षेत्र नं-१ को आयोजनामा कार्यक्रम टीकापुर नगरपालिका वडा नं-७ सतीस्थित हाटबजारमा सम्पन्न भएको थियो। सो अवसरमा कार्यकर्ताहरूले महामन्त्री थापासँग समसामयिक विषयमा जिज्ञासा राखेका थिए।

महामन्त्री थापाले कार्यकर्ताहरुका जिज्ञासाको जवाफ समेत दिएका थिए। महामन्त्री थापा समुदायमा कांग्रेस अभियान अन्तर्गत आज र भोली कैलाली र कञ्चनपुरमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस