कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’
आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताए।
कांग्रेसको १३औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए। त्यतिखेर उनले अर्जुननरसिंह केसी र शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। शशांक विजयी भएका भए। उक्त महाधिवेशनमा नेता थापाले कांग्रेसको तेस्रो धार कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। समुदायमा कांग्रेस अभियान अन्तर्गतको संवाद यात्राका क्रममा आज कैलालीको टीकापुर पुगेका थापाले फोहोर सफा नगरे कांग्रेस सुदृढ नहुने बताए।
कांग्रेसले २०८१ लाई पार्टी सुदृढीकरण वर्ष मनाउने बताउँदै उनले सबै नेता कार्यकर्ताहरुलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह गरे।
कांग्रेसले आगामी कुनैपनि चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताले अरूको चुनाव चिन्हमा मतदान गर्ने अवस्था पनि नआउने दाबी गरे। उनले त्यसका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिए।
‘कांग्रेसले अरूको चुनाव चिन्हमा भोट हाल्नु पर्ने छैन’ उनले भने ‘तर त्यसका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्छ। तब मात्र कांग्रेस ठूलो दल बन्छ।’
उनले हरेक गाउँ टोलसम्मै पार्टी भित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए काँग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए।
उनले २०८२ साल भित्रै कांग्रेसले महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै अबको महाधिवेशनले नेता बलियो नभई मतदाता बलियो बनाउने नीति अंगिकार गर्ने सुनाए।
माथिल्लो तहले उम्मेदवार लाद्ने नभई आफ्नो उम्मेदवार आफ्नै समितिले चयन गर्ने परिपाटीको विकास गरिने उनको भनाइ थियो। ‘आफ्ना उम्मेदवार तपाईँहरू आफैले छनौट गर्ने परिपाटीको विकास हुनुपर्छ’ उनले भने ‘कसैलाई माथिबाट टीका लगाएर उम्मेदवार बनाइनु हुँदैन।’
उनले एक वर्ष कांग्रेस पूर्ण रुपमा प्रतिपक्षमा बस्ने र सत्ता प्राप्तिको कुनै खेलमा नरहने उल्लेख गरे।
सहकारीको ठूलो रकम अपचलनका बारेमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मुख्य माग रहेको उनले सुनाए। समितिले नै छानबिन गरेर क-कसको संलग्नता छ भन्ने कुरा स्पष्ट पार्नुपर्ने आफूहरुको माग रहेको बताउँदै उनले भने ‘सत्ताधारी दलकै नेताहरू संलग्न रहेको कुरा सार्वजनिक भइरहेको छ। संसदीय समिति बनाऔं। छानबिन गरौं। जो-जो संलग्न छन्। कारबाही गरौं।’
सहकारीको रकम अपचलनमा रास्वपाका नेताहरुकै नाम जोडिएकोले सत्ता पक्षले समिति गठनमा आलटाल गरेको गरिरहेको उनकाे दाबी थियाे। आफूहरुको संलग्नता नरहे समिति गठन गर्दैमा रास्वपाका नेताहरू डराउन नपर्ने उनकाे भनाइ थियाे।
कतिपय भ्रष्टाचारका मुद्दा राज्यका तर्फबाट नीतिगत निर्णयका नाममा लुकाउने प्रयास विगत देखी नै हुँदै आएको उनले स्मरण गरे। सत्ता पक्षले नै नीतिगत निर्णयका नाममा भ्रष्टाचारलाई बढावा दिने काम गर्ने गरेको उनको आरोप थियो।
महामन्त्री थापाले राज्यले ८० को दशकलाई कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए। कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र प्रति राज्य उदासीन बन्दै गइरहेको उनको भनाइ थियो। ‘कृषि प्रधान देश भनेर मात्रै हुँदैन’ उनले भने ‘कृषिमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्छ र सोही अनुसार काम पनि गरिनु पर्छ।’
उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश संवृद्ध नबन्ने बताए।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं-१ को आयोजनामा कार्यक्रम टीकापुर नगरपालिका वडा नं-७ सतीस्थित हाटबजारमा सम्पन्न भएको थियो। सो अवसरमा कार्यकर्ताहरूले महामन्त्री थापासँग समसामयिक विषयमा जिज्ञासा राखेका थिए।
महामन्त्री थापाले कार्यकर्ताहरुका जिज्ञासाको जवाफ समेत दिएका थिए। महामन्त्री थापा समुदायमा कांग्रेस अभियान अन्तर्गत आज र भोली कैलाली र कञ्चनपुरमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।