सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले उनीहरु अहिले पहरी हिरासतमा रहेको बताए।
सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
यसअघि प्रहरीले हिजो नै गौशालाबाट धर्मगुरु श्री निवास आचार्यलाई पनि पक्राउ गरेको थियो। मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईँले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।
गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न समिति गठन गरेका छन्।
बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित उनलाई समितिका सदस्यहरूले यसबारे छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सुझाव दिएका थिए। यसपछि बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको बुझिएको छ।
चैत ५ गते प्रसाईँका अंगरक्षकद्वय दीपक खड्का र राजकुमार धिताल हतियारहरूसहित सर्वोच्च अदालतको गेटबाट पक्राउ परेका थिए। उनीहरूका साथबाट सुरक्षाकर्मीले अत्याधुनिक हतियार मेसिनगन एकथान, म्याग्जिन, म्याग्जिन होल्डर र गोली १०० राउन्ड बरामद गरेका थिए।
यसैबीच सर्वोच्चले ती हतियारको इजाजतपत्र कानुन विपरीत जारी गरिएको ठहर गरेको थियो। इजाजतपत्र कसरी जारी भयो भन्नेबारे छानबिन गर्न अदालतले पनि निर्देशन दिएको थियो । त्यही निर्देशन बमोजिम चार सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समिति सदस्यमा गृहकै उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्यसचिव छन्। उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।