नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौंको नक्सालस्थीत नारायण चौरमा एमालेले आज विहान संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो।
कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग दलका अन्य नेता, कार्यकर्ता र सर्वसाधारणले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन। कार्यक्रममा सहभागी भइ फोटो खिचाउने युवायुवतीको भिड थियो।
नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ। साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरूलाई ब्याकराउण्ड पारेका मोबाईलमा फोटो खिच्नेहरुकाे भिड रहेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।
उनीहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत वैशाख १५ मा सम्पन्न इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।