एमाले बागतीमा चार जनाको रस्साकस्सी
०९ असोज २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले बागतीमा चार जनाको रस्साकस्सी

एमाले बागती प्रदेशको सोमबारदेखि सुरु प्रथम अधिवेशनमा चारजना अध्यक्षका आकांक्षी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि सोमबार रातिसम्म आकांक्षीमा कुनै फेरबदल आएको छैन । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म ३० जनाभन्दा बढीले पदाधिकारीमा रुचि देखाएका छन् । 

एमालेमा प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्यबराबरको मान्यता दिने भएपछि अध्यक्षका लागि रस्साकस्सी चलेको हो । अध्यक्षमा सर्वसम्मत हुने सम्भावना कमजोर भएपछि नहुँदा उपाध्यक्षसहित पदहरूमा पनि सर्वसम्मत हुने सम्भावना निकै कमजोर रहेको छ ।

अहिलेका अध्यक्ष केशव पाण्डे, वाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले नेतृत्वका लागि दाबी गर्दै आएका छन् । उनीहरूले सम्मेलन स्थलमा पनि आफ्नो पक्षमा नेता कार्यकर्ता परिचालन गरिरहेका थिए । उनीहरूले माहोल आफ्नो पक्षमा बनाउन अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहित नेता र प्रतिनिधिसँग छलफल गरे पनि उनीहरूले कसैको पनि नाममा धारणा नराखेपछि प्रतिस्पर्धाकै सम्भावना बढेको हो । अन्तिममा चार आकांक्षीमध्ये दाहाल र ढुंगेल वा पोखरेल, पाण्डेबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको हो । 

रामेछापबाट धेरै पटक संसदीय निर्वाचनमा सहभागी भएका र लाभको पदमा रहेका कैलाश ढुंगेललाई ओलीले पोलिटब्युरो सदस्य बनाउन नपाएपछि उनलाई प्रदेश अध्यक्षमा अघि सारिएको थियो । तर प्रतिस्पर्धामा कमजोर देखिएपछि ओली पछि हटेका थिए । चारजना आकांक्षीमध्ये उनी कमजोर रहेको रिपोटिङ भएको छ । यसैगरी चितवनका कृष्णभक्त पोखरेल र मकवानपुरका कृष्णप्रसाद दाहाल पनि प्रतिस्प्र्धामा रहेका छन् । उनीहरूमध्ये पोखरेलको पक्षमा लविङ निकै कमजोर देखिएको छ भने दाहाल उनीभन्दा केही अघि बढेका छन् । उता हालका प्रदेश अध्यक्ष केशव पाण्डेले आफू विष्णु रिमाल र राजन भट्टराई पक्षधर भएकाले जित्न अप्ठेरो नभएको बताएका छन् ।

सोमबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । सो अधिवेशनमा बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र गोकुल बाँस्कोटाको भूमिका निर्णायक हुनेछ । लामो समय बाग्मती र उपत्यका इन्चार्ज रहेका उपाध्यक्ष पाण्डेको एकल प्रभावमा कम्तीमा तीन सय प्रतिनिधि रहेका छन् । बाँकी प्रतिनिधिमा बाँस्कोटा र बस्नेतको उल्लेख्य प्रभाव रहेको दाबी गरिँदै छ ।

त्यस्तै, उपत्यकासहित महिला प्रतिनिधिमा शाक्यले निर्वाह गर्ने भूमिका पनि निर्णायक रहेको अनुमान छ । त्यस्तै, प्रदेशबाट स्थायी समिति र पोलिटब्युरोमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरू काशिनाथ अधिकारी, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल, शेरबहादुर तामाङ र अरूण नेपाल पनि निर्णायक रूपमै छन् । बाँस्कोटा र बस्नेतले अहिलेसम्म सार्वजनिक रूपमा कसैको पक्षमा लागेको देखिँदैन । निकटस्थहरूलाई बाँस्कोटाले दाहाल र बस्नेतले ढुंगेललाई सहयोग गर्नेगरी प्रतिनिधिहरूमाझ लविङ गरिरहेको स्रोतको दाबी छ ।

प्रदेशमा अहिलेसम्म उपाध्यक्षमा दोलखाबाट ईश्वरचन्द्र पोखरेल, काभ्रेबाट कुमार खकुरेल र रामहरि सुवेदी, धादिङबाट भूमि त्रिपाठी, ललितपुरबाट नवराज सिलवाल र मधुसूदन पौडेल, चितवनबाट विजय सुवेदी र दावदोर्जे लामा, नुवाकोटबाट नारायण खतिवडा र मकावनपुरबाट महेश बर्तौलाले आकांक्षा राखेका छन् । उनीहरूमध्ये बर्तौला संसदीय दलको सचेतक पनि हुन् । त्यस्तै, सचिवमा चितवन र सिन्धुपाल्चोकका सुभाष कर्माचार्य र हस्त पण्डित चर्चामा छन् । 

नेकपा एसका कर्माचार्य डेढ महिनाअघि गोकुल बास्कोटाले नेकपा एसबाट प्रवेश गराएका थिए । उपसचिवमा दोलखाबाट डबल पाण्डे र कालिका पाठक, सिन्धुलीबाट खड्ग खत्री, काभ्रेबाट कञ्चन अधिकारी, भक्तकुमारी लामा र गीता बन्जरा, भक्तपुरबाट भाष्कर प्रधानांग, काठमाडौंबाट रत्न गुरुङ र उपेन्द्र पौडेल, धादिङबाट रमेश आचार्य र राधिका सापकोटा र सिन्धुपाल्चोकबाट अशोक चौंलागाईंले दाबी गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारीलाई दुई–दुईपटक संविधान र कानुनविपरीत सेनालाई दबाब दिई म्याद थप गराएको भन्दै आपत्ति जनाएका छन् । सेनाजस्तो उच्च गरिमामय संस्थालाई संविधान र कानुनविपरीत काम गर्न दिनेजस्तो गलत काम गरेको भन्दै ओलीले तत्काल सच्याउन आग्रहसमेत गरेका छन् । 

उनले सरकारीनिवास बालुवाटारमा राष्ट्रसेवक सुरक्षाकर्मीले ज्वाइँलाई गेटबाट भित्र पस्न नदिएको बहानामा दुई तह पद घटुवा गरेर प्रधानमन्त्रीले नेपाल देश, सुरक्षाकर्मी र कर्मचारीलाई निजी बपौती ठानेकोसमेत बताए । नेपाली सेनाका सहायक रथि यमबहादुर अधिकारीलाई सरकारले गुपचुप रूपमै विशेष पद सिर्जना गरेर तीन वर्षका लागि म्याद थप गरेको थियो । सो विषयमा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आपत्ति जनाएका हुन् ।

उनले सरकारले सुन प्रकरणमा छानविन गर्न नचाहेको आरोप लगाउँदै सुन तस्करीको थप अनुसन्धान गर्न आयोग गठन गर्नुपर्नेसमेत बताए । वाग्मती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एक महिनासम्म संघर्ष गरेर आगोग बनाउन सहमत भएको सरकार आफैं पछि हट्न थालेको समेत बताए । 

‘सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेर एक महिनापछि आयोग बनाउन मान्यो । किन एक महिना पर्खिनुप¥यो भने सरकार विमानस्थलमा पक्रिनुपर्ने सुन प्रक्रिएन । पक्रिएका मान्छेलाई पनि छाडेर सबै लुकाउन लगाइयो,’ उनले भने, ‘सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको छ ।’

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।

उनीहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत वैशाख १५ मा सम्पन्न इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस