ओलीले आफू निकटलाई पाखा लगाए
२४ असोज २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओलीले आफू निकटलाई पाखा लगाए

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ टिकट वितरण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सहयोगीहरूलाई पनि पाखा लगाएका छन्। लामो समयदेखि ओलीलाई साथ दिँदै आएका धेरै नेताले यसपटक टिकट नपाएर पाखा लाग्नुपरेको छ। दोलखाका आनन्द पोखरेल र पार्वत गुरुङ दुवै ओली निकट नेता हुन्। ओलीले उनीहरू दुवैलाई पाखा लगाएर व्यापारी बालकृष्ण शिवाकोटीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएका छन्। पाल्पाका दलबहादुर राना, राजबहादुर बुढाले पनि टिकट पाउन सकेनन्। उनीहरू सुरुदेखि नै एमालेभित्र केपी ओली समूहमा छन्।  

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लम्जुङबाट प्रदेशसभा सदस्यमा उठ्न चाहेको भए पनि उनलाई प्रतिनिधिसभाको टिकट दिइएको छ। ‘सिफारिस भएको र रोजेर उठ्न चाहे पनि ओलीले त्यसलाई अस्वीकार गर्दा समस्या परेको हो’, एमालेका एक नेताले भने। ती नेताका अनुसार कास्कीका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउनेगरी ओलीले गुरुङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका हुन्।  

अध्यक्ष ओलीले आफू निकट मानिएका म्याग्दीका भूपेन्द्र थापालाई पनि टिकट नदिई हरिकृष्ण श्रेष्ठलाई दिएका छन्। मोरङकी शिवमाया तुम्बाहाम्फेले प्रत्यक्षतर्फबाट निर्वाचन लड्ने तयारी गरेकी थिइन्। उनलाई पनि अन्तिम समयमा आएर टिकटबाट वञ्चित गरियो। काभ्रेकी नवीना लामा पनि टिकटबाट वञ्चित भइन्। कास्की ३ का जगत विश्वकर्माले पनि टिकट पाएनन्। उनी ओली सरकारको पालामा खेलकुद मन्त्री थिए। ओली निकट भनिएका बाँकेका नन्दलाल रोकाय, मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका विद्यासुन्दर शाक्य, रामेछापका माधव ढुंगेललगायत धेरै नेताले पनि टिकट पाएनन्।  

‘ओलीले धेरै पक्षलाई विचार गरेर मात्रै टिकट दिएका छन्, केही छिटपुट रुपमा कमजोरी भएको होला तर धेरै अन्याय भएको छैन’, एमाले सचिवालयका एक सदस्यको दाबी छ। उनका अनुसार विगतमा अध्यक्ष ओलीविरुद्ध गुटबन्दी गरेका तर एमाले विभाजनकारीलाई साथ नदिएर पार्टीमै बसेका धेरैजसो नेताले टिकट पाएका छन्। ‘पार्टीको विरुद्धमै काम गरेका कारण केही साथी छुटेका हुन सक्छन्’, ती सचिवालय सदस्यले भने।  

एमालेले सत्ता गठबन्धनलाई चुनौती दिन जसपा र राप्रपासँग सहकार्य गरेको भए पनि उसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी परेको छ। एमालेको पकड रहेकै स्थानमा  

बागी उम्मेदवारी परेपछि केन्द्रीय नेतृत्वसमेत तनावमा परेको छ। दुई दिनअघि मात्रै एमाले छाडेका घनश्याम भुसालले एमाले सचिव छविलाल विश्वकर्माविरुद्ध उम्मेदवारी दर्ता गराएका छन्।  

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको समर्थनमा भुसालले मनोनयन दर्ता गराएका हुन्। एमालेले टिकट नदिएपछि भुसालले शनिबार पार्टी छाडेको घोषणा गरेका थिए।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट एमालेका रामवीर मानन्धरले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मानन्धर यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। पार्टीले आफूसँग कुनै परामर्श नगरेकाले स्वतन्त्र  

रुपमा उम्मेदवारी दर्ता गर्नुपरेको उनले बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मानन्धर सहरी विकास राज्यमन्त्री बनेका थिए। एमालेले काठमाडौं ७ मा श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ।  

एमालेभित्र ओली पक्षधर मानिने नेत्री गंगा चौधरीले पनि दाङ निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमालेले दाङ १ मा शान्ता चौधरीलाई आधिकारिक उम्मेदवार बनाएको छ। दाङ १ मा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा उम्मेदवार भएका मेटमणि ३७ हजार ९०८ मत पाएर विजयी भएका थिए।  

यसैगरी एमाले सचिव पद्मा अर्यालविरुद्ध पार्टीकै नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्यका लागि स्याङजा २ बाट उम्मेदवारी दिएकी अर्यालविरुद्ध उनकै सचिवालयमा रहेर काम गरेका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। एमाले गण्डकी प्रदेशको सदस्य रहेका न्यौपानेले शनिबारमात्रै पार्टीबाट राजीनामा दिएका थिए। पूर्वमन्त्री प्रभु साहले पनि एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको भन्दै उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। साह माओवादीबाट एमालेमा आएका हुन्।

रुपेन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका दुईजनाको उम्मेदवारी परेको छ। तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरे र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले त्यहाँबाट उमेदवारी दिएका छन्। दुवैले आफू एमालेको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन्।

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।

उनीहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत वैशाख १५ मा सम्पन्न इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस