भेरीगंगा नगरपालिका ८ का करवीर शाहीको भेरी किनारमा २४ रोपनी जमिन छ । वर्षौंदेखि जोतभोग गर्दै आएको उक्त जमिनको स्थायी पुर्जा उनीसँग छैन । भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।
भेरी नदीमा बाँध बाँधेर चिप्लेबाट बाह्र दशमलव दुई किलोमिटर लामो टनेलमार्फत बबईमा खसाल्ने यो योजनाबाट करवीरले खेती गरिरहेको जमिन पानीभित्र डुब्ने अवस्था छ । संघीय मन्त्रिपरिषद्ले तीन वर्षअघि नै प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा दिने निर्णय गरे पनि आयोजनाले पुर्जा नभएका जमिनको मुआब्जा दिएको छैन । ‘मन्त्रिपरिषद्ले स्थायी पुर्जा भएका, सुकुम्वासी आयोगले तत्कालीन समयमा लगत राखेका र दुवै पुर्जा नभएकालाई पनि मूल्य निर्धारण गरेर मुआब्जा दिन भनेको छ’, उनले भने, ‘अहिलेसम्म आयोजनाले मुआब्जा दिने विषयमा चासो देखाएको छैन ।’
कमला सुनारको घरजग्गा पनि आयोजनाको प्रभावित क्षेत्रभित्र पर्दछ । उनले पनि मुआब्जा पाएकी छैनन् । कमलाको परिवार भेरी किनारको जमिनमा पाँच दशकदेखि बस्दै आएको छ । मुआब्जा पाए अर्को ठाउँमा सर्ने उनको तयारी छ । ‘यसरी तनावमा बस्नुभन्दा मुआब्जा दिएको भए सरिसक्थ्यौं’, उनले भनिन्, ‘जग्गाको मूल्यांकन भएर पनि मुआब्जा पाएका छैनौं ।’
आयोजनाबाट भेरीगंगासहित लेकबेंसी र गुर्भाकोट नगरपालिकाका स्थानीय प्रभावित हुन्छन् । आयोजनाले करवीर कमलाजस्तै एक सय ६१ परिवारलाई मुआब्जा दिन बाँकी रहेको संघर्ष समितिका जयबहादुर सुनारले बताए । सुनारले पनि दुई रोपनी जमिनको मुआब्जा पाएका छैनन् । सुनारका अनुसार भेरीगंगा ८ र ९ का ९९ परिवार गुर्भाकोट नगरपालिका १४ का तेह्र परिवार र लेकबेंसी नगरपालिका १ का ४९ परिवारले मुआब्जा पाएका छैनन् । स्थायी जग्गाधनी पुर्जा नहुँदा आफूहरूलाई मुआब्जा नदिएको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलन सुरू गरेका छन् ।
‘पहिलो चरणमा सरोकारवालासँग भेटेर आफूहरूका समस्याका बारेमा लिखित जानकारी गराएका छौं’, संघर्ष समितिका संयोजक सुनारले भने, ‘असोज दोस्रो सातादेखि आन्दोलनलाई थप तीव्र बनाउँछौं ।’ उनले राष्ट्रिय गौरवको आयोजना भएकाले हालसम्म काम रोक्ने गरेर कुनै आन्दोलन नगरिएको बताउँदै अब आयोजनाका काम रोक्ने गरेर आन्दोलन गरिने बताए ।
उनले मुआब्जा दिनुपर्ने जमिनको स्थायी पुर्जा नदिनका लागि भूमि आयोगलाई आयोजनाले पत्राचार गरेको दाबी गरे । ‘जग्गा दर्ता पनि हुन नदिने अनि मुआब्जा पनि नदिँदा हामी दोहोरो मारमा परेका छौं’, उनले भने, ‘यसविरुद्ध हामी पीडित एक भएका छौं ।’
केही दिनअघि संघर्ष समितिले आयोजना प्रमुख, तीनवटै पालिकाका प्रमुख, प्रभावित क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भनेर चाँडोभन्दा चाँडो मुआब्जा दिने वातावरण बनाइदिन आग्रह गरेको थियो ।
आयोजनाबाट प्रभावित हुने अधिकांश परिवारसँग जग्गाको लालपुर्जा छैन । स्थानीयले नापी भएको तर लालपुर्जा नभएको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् भने आयोजनाले लालपुर्जा नभएका परिवारलाई मुआब्जा दिएको छैन । ‘हामी आयोजनाविरोधी होइनौं तर वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा खोसेर राज्यले हामीलाई उठिबास गर्न मिल्दैन’, सुनारले भने, ‘लालपुर्जा भएका र नभएका सबैलाई मुआब्जा दिइनुपर्छ ।’
आयोजनाका अनुसार प्रभावितमध्ये २२.८१ हेक्टरको लालपुर्जा नहुँदा मुआब्जा दिइएको छैन । आयोजना प्रभावित क्षेत्रमा स्थानीयका तीनथरी जमिन छ । लालपुर्जा भएका, जग्गाको कित्ताकाट भएको तर लालपुर्जा नभएका र ऐलानी गरेर तीनथरी जमिन छ । तीमध्ये लालपुर्जा भएका र जग्गाको कित्ताकाट भइसकेको मुआब्जा आयोजनाले वितरण गरिसकेको छ ।
आयोजना प्रमुख रणबहादुर बमले तत्काल दिन बाँकी मुआब्जाका बारेमा निर्णय लिइने बताए । ‘ऐलानी जग्गामा बसोवास गरेकालाई कुन आधारमा मुआब्जा दिने भन्ने विषयमा सल्लाह गर्दै छु’, उनले भने, ‘प्रभावित क्षेत्रका वासिन्दालाई दुःखी बनाउँदैनौं ।’
अहिलेसम्म प्रभावित क्षेत्रका लालपुर्जा भएका ५५ घरधुरीलाई मुआब्जा वितरण गरिएको छ । बाह्र करोड ८६ लाख रूपैयाँबराबरको मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । लालपुर्जा भएको १०.१९ हेक्टर क्षेत्रफल जमिन अधिग्रहण गरिएकोमा ८.११४ हेक्टर क्षेत्रफलको मुआब्जा वितरण गरिसकिएको छ ।
कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजार र आसपासका गाउँको पानीको मुख्य स्रोत छिन्चु खोला हो।
छिन्चु खोलाको पानी लिफ्ट गरेर दुईवटा खानेपानी आयोजना सञ्चालनमा छन्। राज्यको करोडौं रूपैयाँ खर्च गरेर नागरिकलाई पानी खुवाउँदै आएका दुईवटा आयोजना अहिले समस्यामा परेका छन्। लिफ्ट गरिएकै ठाउँनजिकै नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदारले डोजर चलाएपछि पानीको स्रोत सुक्न थालेको छ।
छिन्चु बजारका नागरिकका लागि खानेपानी उपलब्ध गराउन छिन्चु उपभोक्ता खानेपानी संस्था छ भने खोलापारि हात्तीसुरे खानेपानी आयोजना सञ्चालित छ। छिन्चु उपत्यका खानेपानी संस्थाका अध्यक्ष धर्मराज खड्काले लिफ्ट गरिएकै ठाउँमा डोजर चलाइँदा पानीको स्रोत सुक्दै गएको बताए।
‘पानी लिफ्ट गर्नका लागि मोटर राखिएको ठाउँनजिकै नदीजन्य पदार्थ निकाल्न डोजर चलाइयो,’ उनले भने, ‘त्यसैले खानेपानीको स्रोत सुक्दै जान थाल्यो।’ छिन्चु उपभोक्ता खानेपानी संस्थाले बजार क्षेत्रका १३ सय घरधुरीलाई खानेपानी पुर्याउँदै आएको छ।
केही अघिसम्म २४सै घण्टा खानेपानी उपभोक्तालाई पानी पु¥याउँदै आएको संस्थाले अहिले चार घण्टा खानेपानीमा लोडसेडिङ गर्न थालेको छ। ‘गर्मी बढ्दै जाँदा उपभोक्तालाई खानेपानी पुर्याउन गाह्रो हुने देखिन्छ,’ उनले भने, ‘पानीको स्रोतको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा समस्या भइरहेको छ।’
भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थको संकलन तथा उत्खननका लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्स्ट्रक्सनलाई ६८ लाख ९६ हजार रूपैयाँमा ठेक्का दिएको छ।
नदीजन्य पदार्थको उत्खनन तथा संकलनका लागि तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा ठूला मेसिनरी औजार प्रयोग निषेध गरिएको छ।
बेल्चा, गैटा, खन्टी, घनलगायत हाते औजार प्रयोग गरेर नदीजन्य पदार्थ संकलन गर्ने उल्लेख भए पनि ठेक्का लगाइएको ठाउँ मात्रै होइन, आइइई प्रतिवेदनले किटान नगरेका ठाउँमा पनि मेसिनरी औजारहरू प्रयोग गरेर नदीजन्य पदार्थहरूको अवैध उत्खनन भइरहेको स्थानीय बताउँछन्।
नदीजन्य पदार्थ उत्खनन तथा संकलनको ठेक्का सम्झौता दैलेखको हिमाल कन्स्ट्रक्सनसँग भए पनि काम भने मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले गरिरहेका छन्।
डुंगीखोलाका सीताराम सुनार २०७१ सालमा आएको बाढीले विस्थापित भए। त्यसयता उनी मसिनानजिकै रत्न राजमार्गको किनारामा छाप्रो हालेर बसेका छन्। बाढीले थातथलो बगाएपछि रत्न राजमार्ग किनारमा बस्न थालेका उनको आम्दानी भनेकै छिन्चु खोला थियो।
गिट्टी कुट्ने र खोलाबाट बालुवा संकलन गर्ने काम गर्दै आएका उनी केही वर्षदेखि ‘बेरोजगार’ छन्। ‘खोलामा नगरपालिकाले ठेक्का लगाउन थालेपछि हामीलाई ठेकेदारले पस्नै दिँदैनन्,’ उनले भने, ‘खोलामा पस्न नपाएपछि अहिले कमाउन कालापहाड जानु परिरहेको छ।’
मसिनामा अहिले पनि २०७१ सालका विस्थापित आठ परिवार बस्दै आएका छन्। उनीहरूसँग जमिन छैन। स्थानीय नौसरी सुनारले खोलामा गिटी र बालुवा संकलन गरेर गुजारा चलाउँदै आए पनि पछिल्लो समय नगरपालिकाले ठेक्का लगाउन थालेपछि खोलामा पस्न नपाएको बताइन्।
‘दिनमा एक जनाले आठ सयदेखि एक हजार रूपैयाँसम्म कमाउँथ्यौं, त्यसैको आम्दानीले घरको चुल्हो बल्थ्यो,’ उनले भनिन्, ‘अहिले खोलामा पस्न पाइन्न, त्यही भएर हरेक घरका एक–दुईजना कमाउन कालापहाड गएका छन्।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलले खोलामा जथाभावी उत्खनन भइरहेको गुनासो आएपछि अनुगमन गरिएको बताए।
‘अनुगमन भएको छ, कति परिणाममा खोलाबाट नदीजन्य पदार्थ निकाले त्यसको जाँच गर्दै छौं,’ उनले भने, ‘क्वान्टिटी निस्किएपछि के गर्ने भन्ने निर्णय होला।’ उनले सम्झौता र आइइई प्रतिवेदनअनुसार नदीजन्य पदार्थ निकाल्नुपर्नेमा त्यसो नभएको बताए। उनले अहिले खोलामा ठूला मेसिनरी औजार प्रयोग भइरहेको विषयमा आफूलाई जानकारी नभएको बताए।
‘छिन्चु खोलामा त डोजर देखिएको छैन, तल्तिर चलिराखेको होला,’ उनले भने, ‘अनुगमनको रिपोर्ट आएपछि हामी कार्यपालिकामा पेस गर्छौं, कार्यपालिकाले जे निर्णय गर्छ हामीले त्यही कार्यान्वयन गर्ने हो।’ नगरपालिकाले गरेको अनुगमनका क्रममा झिङ्गाडादेखि छिन्चु खोला पुलसम्मको क्षेत्रमा आइइई प्रतिवेदनभन्दा धेरै नदीजन्य पदार्थ निर्माण व्यवसायीले निकालिसकेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।