४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
१० फागुन २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तुको तौलिहवा–  बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।  

शिबराज नगरपालिका ४ चनईका २६ वर्षिय दुर्गा जैसवालको साथबाट सो लागु औषध बरामद गरिएको हो। कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाईकल लाई ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले रोकी चेकजाँच गर्ने क्रममा सो लागु औषध बरामद भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढ्रुंगेलले बताए।  

खान तलासी लिदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको थियो। जैसवालको साथबाट एक थान मोबाईल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो। पक्राउ परेको युवालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।  

लोकप्रिय
अर्को समाचार
लागुऔषधको कुलतमा फस्दै युवा
०६ चैत्र २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
लागुऔषधको कुलतमा फस्दै युवा

प्रहरीले सोमबार राति सदै फूलगाछीबाट लागुऔषधसहित चार युवकलाई पक्राउ गर्‍यो। ७.५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेकामध्ये एकजना लागुऔषध कारोबारी र तीनजना प्रयोगकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सदरमुकाम इलाम बजारमै लागुऔषध प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीले इलाम नगरपालिका–७ फूलगाछीस्थित एउटा घरबाट उनीहरूलाई पक्रेको हो।

पक्राउ पर्नेमा सूर्याेदय नगरपालिका–१० का २३ वर्षका दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षका प्रवेश तिरुवा, इलाम नगरपालिका–५ का ३५ वर्षका योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का अनिल लिम्बू छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले योगेश लागुऔषध कारोबारी र अरू तीन प्रयोगकर्ता रहेको बताए।

केही समयअघि जिल्लाकै जस्बिरे गाउँकी २८ वर्षकी युवती लागुऔषध कारोबार र प्रयोग आरोपमा पक्राउ परिन्। उनको साथबाट प्रहरीले शंकास्पद अवस्थामा करिब ५० हजार नगद फेला पा¥यो। तर उनका साथमा लागुऔषध फेला परेन। ‘ती महिलाबाटै आफूले लागुऔषध किनेर प्रयोग गरेको विभिन्न समयमा पक्राउ परेकामध्ये धेरैले बताए। तर महिलाकै साथमा भने लागुऔषध फेला परेन,’ डिएसपी सुवेदीले भने, ‘जिल्लामा लागुऔषध प्रयोगकर्तामात्र होइन, कारोबारीसमेत बढ्दैछन् भन्ने यसले देखाउँछ।’  

केही साताअघि साढे ४ सय मिलिग्राम ब्राउन सुगरसहित देउमाई नगरपालिकाका ४७ वर्षीय रमेश अधिकारी पक्राउ परे। झापाको बिर्तामोडबाट इलामको माई नगरपालिका आउने क्रममा उनी पक्राउ परेका थिए। जिल्लामा अघिल्लो वर्षभन्दा यो वर्ष प्रहरीले लागुऔषध कारोबारी र प्रयोगकर्ता नियन्त्रणमा लिइरहेको छ। लागुऔषध कारोबारी र प्रयोगकर्ताको जालो बिस्तारै फैलिँदै गएको प्रहरी बताउँछ।

साउनदेखि फागुन १७ सम्म लागुऔषध कारोबारी र प्रयोग गर्नेविरुद्ध १३ वटा मुद्दा दर्ता भएकोमा २६ जना पक्राउ परिसकेका छन्। तीमध्ये २१ पुरुष, ३ महिला र २ बालक छन्। गत वर्ष लागुऔषधका पाँच मुद्दा दर्ता भएकोमा ९ नौजना पक्राउ परेका थिए। यो वर्षको साढे ७ महिनामै गत वर्षभन्दा झन्डै तेब्बर पक्राउ पर्नुले लागुऔषध प्रयोग र कारोबारको अवस्था बढ्दो क्रममा रहेको देखाएको हो।

लागुऔषध कारोबार र ढुवानीमा बालबालिका प्रयोग गर्न सजिलो हुने भएकाले कारोबारीले उनीहरूलाई प्रयोग गरिरहेका छन्। ‘बालबालिकाले गरेको अपराधमा कानुनले केही छुट दिएको थाहा पाएर वा बालबालिकालाई सुरक्षा निकायले शंका गर्दैन भन्ने लागेर बालबालिका प्रयोग गरिएको देखिन्छ,’ डिएसपी सुवेदी भन्छन्, ‘तर हामीले एकदमै सूक्ष्म हिसाबले लागुऔषध कारोबारी र प्रयोगकर्ताविरुद्ध सर्च गरिरहेका छौं।’ जिल्ला प्रहरीले लागुऔषधविरुद्धको अभियानलाई पहिलो प्राथमिकतामा राखेर खोजी गरिरहेकाले पक्राउ पर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ।

पक्राउ पर्नेको संख्या बढे पनि प्रहरीले मुख्य कारोबारीचाहिँ अझै फेला पार्न सकेको छैन। पक्राउ पर्नेको साथबाट सानो परिमाणको लागुऔषध मात्र बरामद गर्न सकेको प्रहरी तथ्यांक छ। चालु वर्षको फागुन १७ सम्म प्रहरीले ३.६७१ ग्राम ब्राउन सुगर, ४.७४३ किलो गाँजा, डाइजापाम, लुपिवजेसिक र प्रोमिथाजिन इन्जेक्सन ३/३ एम्पुल बरामद गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ५.१८ ग्राम ब्राउन सुगर र ४२ ग्राम गाँजा बरामद भएको थियो। आव २०७५/७६ मा २३ जना पक्राउ परेका थिए भने १०.५२६ किलो गाँजा र १.१४० ग्राम ब्राउन सुगर बरामद भएको थियो।

आव २०७४/७५ मा ६ जना पक्राउ परेकोमा ३२ थान नाइट्रोजन ट्याब्लेट, ५० थान टामाडोल क्याप्सुल, २१ ग्राम गाँजालगायतको लागुऔषध बरामद भएको थियो। आव २०७३/७४ मा १० जना पक्राउ परेका थिए। त्यो वर्ष गिलो अफिम ३.५२३ किलो, ७ सय ४० मिलिग्राम ब्राउन सुगरलगायत बरामद थियो। आव २०७२/७३ मा ११ जना पक्राउ परेकामा १८ किलो चरेस, २२ ग्राम गाँजा र ३ ग्राम ब्राउन सुगरलगायतको लागुऔषध बरामद भएको जिल्ला प्रहरीको तथ्यांक छ।

विशेषगरी झापासँग जोडिएका स्थानीय तहमा लागुऔषध कारोबारी र प्रयोगकर्ता बढी पक्राउ परेका छन्। झापाको बिर्तामोडबाट माई नगरपालिका, चुलाचुली गाउँपालिका हुँदै सदरमुकामसम्म लागुऔषध आयात हुनेगरेको प्रहरी बताउँछ। ‘तर ठूलो परिमाणमा एकैचोटि नल्याएर एक पोका, दुई पोका गर्दै सानो परिमाणमा पटकपटक आयात भएको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी नवीनराज राई भन्छन्, ‘बालकसमेत यसमा प्रयोग गरिएका छन् भने अहिलेसम्म पक्राउ पर्नेमा १८ देखि २२ वर्षका युवा बढी छन्।’

आर्थिक अवस्था कमजोर भएका परिवारका युवा बढी लागुऔषध कारोबार र प्रयोगमा लागेको प्रहरीले जनाएको छ। विशेषगरी कुनै पनि व्यवसाय नगर्ने, आम्दानीको स्रोत नभएका, फुर्सदिला युवा, बाबु–आमा वैदेशिक रोजगारीमा गएका दम्पतीका छोराछोरी यो कुलतमा जोडिँदैछन्। ‘कतिपय बाबु–आमाले आफ्ना छोराछोरीको ख्याल नगर्दा र कतिपयले ख्याल गरे पनि खराब संगतका कारण युवा यसमा फसेको देखिन्छ,’ एसपी राईले भने, ‘आफ्नो छोराछोरी कुलतमा फसेको थाहा पाए पनि कतिपय बाबुआमाले नै नजानेजस्तो गरिदिँदा पनि यो समस्या बढेको देखिएको छ।’

लागुऔषध प्रयोग र कारोबार भइरहे पनि इलाम ट्रान्जिट भने नभएको प्रहरी दाबी छ। डिएसपी सुवेदी भन्छन्, ‘झापाबाट इलामसम्म ल्याएर लागुऔषध प्रयोग र कारोबार हुन्छ तर यहाँबाट अरू जिल्लातिर निर्यात भएको चाहिँ पाइएको छैन,’ उनले भने, ‘इलामसँग भारतको सीमा जोडिएको भए पनि भारतबाट लागुऔषध ल्याउने र यहाँबाट उता लैजाने गरेको अहिलेसम्म पाइएको छैन।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस