सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
०९ साउन २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको चर्चासँगै दुई मुलुकबिचको ‘सुपुर्दगी सन्धिको पुनरवलोकन गर्ने तथा पारस्परिक कानुनी सहायता’को पाठलाई अन्तिम रूप दिने सहमति भएको छ। नेपाल र भारतका गृहसचिवस्तरीय बैठकबाट सो सहमति जुटाइएको हो। बैठक मंगलबार र बुधबार भारतको नयाँ दिल्लीमा भएको थियो। यो बैठक नौ वर्षपछि बसेको हो।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमण जाने चर्चा चलिरहेको छ। यहीबिचमा भएको गृहसचिवस्तरीय बैठकले सुपुर्दगी सन्धि पुनरवलोकनको निर्णय गरेको हो। यसका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली सोमबार दिल्ली गएको थियो। नेपाल–भारतबिचको गृहसचिवस्तरीय बैठकले दुई देशबिच पारस्परिक कानुनी सहायता सम्झौताको मस्यौदामा सहमति जुटाएको हो। दुवै देशका सरकारले उक्त मस्यौदालाई स्विकार्ने निर्णय गरेपछि उच्च तहको सो सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापछि नेपालका तर्फबाट गृहसचिव दुवाडी र भारतका तर्फबाट त्यहाँका गृहसचिव गोविन्द मोहनले सम्झौतापत्र आदानप्रदान गरे। पारस्परिक कानुनी सहायता सम्झौता भएपछि अन्तरदेशीय अपराध नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।

दिल्लीमा बुधबार सम्पन्न गृह सचिवस्तरीय बैठकले सम्झौताका लागि तयार गरिएको मस्यौदालाई टुंग्याएको हो। बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्राविधिक तहमा मस्यौदामा सहमति जुटिसकेको बताए।

पारस्परिक कानुनी सहायता सम्झौताको मस्यौदामा सहमति जुटाएको बैठकले सुपुर्दगीसम्बन्धी सन्धिको संशोधनको विषयमा पनि सहमति जुटाएको उनको भनाइ छ । ‘सुपुर्दगी सन्धि संशोधन गर्ने विषयमा सहमति भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो।

नेपालको सुपुर्दगी सन्धि भएको एक मात्र देश नै भारत हो। सन् १९५३ सालमा भएको सो सन्धि पुनरवलोकन गर्ने गरी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

सन्धिअनुसार कुनै सरकारको क्षेत्रमा अपराध गरेको आरोपित वा दोषी ठहर भई अर्को सरकारको क्षेत्रमा पाइएको र सन्धिको सर्त र परिस्थितिमा आधारित रहेर सुपुर्दगी गरिने उल्लेख छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले यसबारे कुरा उठाएका थिए। त्यसअघि २०७३ सालमा भएको गृहसचिवस्तरीय बैठकमा पनि यो विषय उठाइएको थियो। भारतीय प्रहरी बर्दीमै नेपाल प्रवेश गर्ने सक्ने र आफ्नो मुलुकमा ‘मोस्ट वान्टेड’ रहेका तेस्रो मुलुकका नागरिकलाई समेत सुपुर्दगी गर्नुपर्ने प्रस्ताव भारतले पठाएका कारण नेपालले अस्वीकार गर्दै आएको थियो।

२०७३ भदौमा नयाँदिल्लीमा सम्पन्न गृहसचिवस्तरीय बैठकमा ती बुँदा हटाउन भारतीय पक्षले सहमति जनाएको थियो। नेपाली पक्षले ती प्रावधान आफ्नो मुलुकको कानुनी व्यवस्थाविपरीत रहेकाले सहमति जनाउन नसकिने बताउँदै आएपछि सहमति हुन सकेको थिएन। तर अहिले कुनकुन बुँदामा सहमति भयो भन्ने बारेमा केही खुलेको छैन। २०१० असोज १६ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र भारतीय राजदूत बालचन्द्रकृष्ण (बिके) गोखलेबिच सुपुर्दगी सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धि असान्दर्भिक भइसकेकाले भारतले नयाँ परिस्थितिअनुसार नयाँ सन्धि गर्न दबाब दिँदै आएको छ। नयाँ सन्धि हुन नसकेकाले दुई मुलुकका सुरक्षा निकायले आ–आफ्ना मुलुकमा ‘मोस्ट वान्टेड’ रहेका व्यक्तिलाई अनौपचारिक रूपमा आदानप्रदान गर्दै आएका छन् ।

सोही सन्धिअनुसार आतंककारी संगठन इन्डियन मुजाहिद्दिनका संस्थापक नेता यासिन भट्कल (मोहम्मद अहमद सिद्दिप्पा) लाई हस्तान्तरण गरेपछि यसको चर्चा बढी नै भएको थियो। २०७० भदौमा पोखराबाट पक्राउ परेका उनलाई नेपाल प्रहरीले भारतीय समकक्षीलाई गुपचुप हस्तान्तरण गरेको थियो। त्यसअघि २०७० जेठमा भारतीय राज्य बिहारमा मोस्ट वान्टेड रहेका बब्लु दुवेलाई नेपाल प्रहरीले काठमाडौं सीतापाइलाबाट पक्राउ गरी भारतको जिम्मा लगाएको थियो।

नेपाल र भारतबिचको खुला सीमा र एक देशबाट अर्को देशमा आउजाउ गर्न अनुमति नचाहिने कानुनी प्रावधानका कारण अपराध समयानुकूल सुपुर्दगी सन्धि पुनरवलोकन आवश्यक भएकाले भारतले सबैभन्दा बढी जोड गरेको थियो । २०६५ सालदेखि पुनरवलोकनको प्रयास जारी भए पनि अहिलेसम्म नेपाल पक्ष असहत नहुँदा सम्भव हुन सकेको थिएन।

‘भारतले राखेको जोखिमपूर्ण सर्तका कारण संशोधन हुन सकेको थिएन। अहिले कुन बुँदामा कुरा मिलेको हो, त्यो हेर्न बाँकी छ। अब प्रक्रिया अघि बढ्ने भएछ,’ मन्त्रालय स्रोतले भन्यो। सबैभन्दा जटिल नै भारतमा अपराध गरेका वा भारतले अनुसन्धानका लागि खोजेका भारतीय नागरिक बाहेककाहरू नेपालमा रहेको अवस्थामा भारतले चाहे सुपुर्दगी हुनुपर्ने सर्तमा नेपाल सहमत भएको थिएन ।

नेपाल–भारतबिचको सुपुर्दगी सन्धिका प्रावधान हेर्ने हो भने १७ प्रकारका अपराधमा संलग्न एक देशका नागरिक अपराध गरेर अर्को देशमा पुगेको अवस्थामा ल्याउन सकिने प्रावधान छ। सन्धिमा उल्लेख भए अनुसार मानव हत्यासम्बन्धी कुनै पनि गम्भीर अपराध, जानाजानी नगरेको तर मृत्यु भएको अर्थात् भवितव्य ज्यान, क्षति पुग्ने गरी भएको घातक हमला वा कुटपिट, बलात्कार, समूहगत डकैती, राजमार्गमा हुने लुटपाट, हिंसात्मक लुटपाट, घर फोड्ने वा चोरी गर्ने, जानाजानी घर/सम्पत्ति जलाउने, भगौडा सैनिक, प्रतिबन्धित वस्तुको आयात/निर्यात, सरकारी कर्मचारीबाट हुने घुसखोरीलाई सुपुर्दगी हुने सूचीमा उल्लेख छ।

हिंसासहितको चोरी, पाँच सयभन्दा बढी मूल्यको चोरी, गाईबस्तु चोरी, अपहरण वा बेपत्ता पार्ने, कागजात वा नक्कली मुद्रा बनाउने वा चलनमा ल्याउने, माथिका कुनै अपराधबाट प्राप्त भएको सम्पत्तिको स्वामित्व वा हक राख्ने वा यी अपराधका लागि सजाय भोगिरहेको अवस्थामा थुनाबाट भाग्नेलाई सुपुर्दगी गर्न सकिने सन्धिमा उल्लेख छ ।

गृहसचिवस्तरीय बैठकले यसपटक सीमा व्यवस्थापनमा भारत सकारात्मक देखिएको छ। वार्ताका क्रममा दुवै पक्षले द्विपक्षीय सुरक्षा सहयोगका साथै सीमा व्यवस्थापनको सम्पूर्ण पक्षको समीक्षा गरेर यसलाई अझ सुदृढ पार्न सहमत भएका थिए।

उनीहरूको छलफलमा सीमा स्तम्भहरूको मर्मत र मर्मतसम्भार, सीमापार आपराधिक गतिविधिहरू, सीमा जिल्ला समन्वय समितिहरूको काम, सीमा पूर्वाधार विशेष गरी आइसिपीहरू, सडक र रेलवे नेटवर्कहरूको सुदृढीकरण, विभिन्न सुरक्षासम्बन्धी संस्थाहरूको सशक्तीकरण र क्षमता निर्माण र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोगलाई सुदृढ गर्न दुवै पक्ष सहमत भएको गृह मन्त्रालयले स्रोतले जनाएको छ। 

अर्को समाचार
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
११ साउन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ ।

एकै ठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिइन्। 

विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगालेकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लागेकी हुन्। उनीसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन्। पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आएकी उनको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उनी स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहेकी छिन्।

विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ ।

गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताइन्। घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै उनले समयसमयमा आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिँदै आएको बताइन्। फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हालै तालिम सञ्चालन गर्ने भवन निर्माण प्रयोजनका लागि रु सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको उनले जानकारी दिए।

केही गर्छु भन्ने सोंचका साथ आउने फार्म तथा कृषकलाई परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख माधव लम्सालले जानकारी दिए। परियोजनाबाट माया इको भिलेज एकीकृत फार्मलाई समयसमयमा विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिएको बताउँदै उनले उक्त फार्म कृषिको सिकाइका लागि महत्त्वपूर्ण पाठशालाका रूपमा स्थापित हुँदै गएको बताए।

सञ्चालक गुरुङका अनुसार फार्ममा हेर्न र बुझ्न आउने व्यक्तिलाई प्रवेश शुल्क रु १०० निर्धारण गरिएको छ । फार्ममा राति सुत्न सक्नेगरी आवासीय व्यवस्था नरहे पनि दिउँसो भने आवश्यकताअनुसारको खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको उनले जनाकारी दिए।

पछिल्ला समयमा पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको बताउँदै गुरुङले फार्मले खाजा खानासहित अवलोकन गराउने गरी रु दुई हजारको ‘प्याकेज’ निर्धारण गरेको जानकारी दिए।

फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ । “त्यस्तै विभिन्न ११ वटा टनेल निर्माण भएका छन् । जसमध्ये तीन वटा टनेल च्याउखेतीका लागि छन् भने बाँकीमा तरकारीखेती गरिएको छ”, गुरुङले भने। फार्ममा आइसकेपछि कृषिका विविध पक्षलाई बुझेर सहभागी हरेकले यसलाई आफू स्वयंले व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन भन्ने उद्देश्य राखिएको उनले बताए।

एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाट गर्नाले धेरै ज्ञान तथा सीप प्राप्त हुने बताउँदै गुरुङले त्यो संस्कार वृद्धि गर्नुपर्नेमा जोड दिए। प्राङ्गारिक खेतीले माटोको उर्वराशक्ति पनि राम्रो बनाउने र त्यसबाट उत्पादित वस्तु पनि स्वस्थकर हुने भएकाले यसतर्फ सबै लाग्नु अपरिहार्य भएको उनको भनाइ छ । व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटिएर एकीकृत कृषि गर्न सकिएमा उत्पादन पनि राम्रो लिन सकिने र त्यसरी उत्पादित वस्तु खाँदा मानवीय स्वास्थ्यमा पनि नबिग्रने उनको अनुभव छ ।

प्रशस्त उत्पादनसँगै यसबाट भरपुर उपयोग लिनका लागि एकीकृत कृषि आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताए।

“पशुपालन र तरकारीखेती सँगसँगै गर्न सकिएमा शुद्ध प्राङ्गारिक उत्पादन गर्न सकिन्छ”, उनले भने, “प्राङ्गारिक मलको प्रयोगगरी गरिएका उत्पादनले मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन ।” एकीकृत कृषितर्फ आकर्षण बढाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले माया इको भिलेज फार्म यसको उदाहरण बनेको धारणा राखे।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस