लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन्।
महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका हुन्। अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन्।
यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेका छन्।
मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक–अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरे। साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी– देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बताए। रासस
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।
ठाकुरलाई चिठी बुझाउन झा आइतबार बिहान ठाकुर निवास हात्तीवन पुगेका थिए। उनले ठाकुरकै घरमा पुगेर चिठी दिएका थिए।
चिठीमा अध्यक्ष पदबाट राजीनामा गरेर पार्टीको अभिभावको रूपमा बस्न ठाकुरलाई आग्रह गरिएको छ। अब पनि अध्यक्ष पदमा बसिरहे पार्टी अघि नबढ्ने उनको भनाइ छ।
‘इतिहासले सधैँ अवसर दिन्न। बेलैमा अवसर छोप्नु बुद्धिमानी होला। हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन’चिठीमा उनले भनेका छन्। केही समय यता लोसपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी फुट्ने अवस्थामा पुगेको छ।
कानुनी रूपमा लोसपालाई फुटाउन मिल्दैन तर लोसपाका दोस्रो नेता राजेन्द्र महतो, झा, सन्तोष मेहता लगायतका नेताहरूले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन्। एक पटक फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनी व्यवस्थाका अनुसार ५वर्षसम्म लोसपालाई फुटाउन मिल्दैन।
तर लोसपा छाडेर नयाँ पार्टी गठन गर्न मिल्छ। त्यही अभियानमा महतो,झा लगायतका नेताहरू लागेका छन्। यही फागुन महिना देखि उनीहरूले काठमाडौँ लगायत विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। नयाँ पार्टी खोल्ने अभियानमा लागेका नेताहरू बबरमहलमा रहेको लोसपाको पार्टी कार्यालय जान छाडेका छन्।

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।