संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ: अध्यक्ष ठाकुर (अन्तर्वार्ता)
०६ पौष २०८०
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ: अध्यक्ष ठाकुर (अन्तर्वार्ता)

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पुर्‍याएका छन्। २०१६ सालमा राजनीतिक यात्रा आरम्भ गरेका उनी मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताए।

गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यारोधमा बढी समय खर्चिएको जनाउँदै ‘सांसदसँग संवाद’मा उनले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको बताए।

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटकपटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भने, “कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिन दिनै लामो समयसम्म रोस्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्र रूप हो।”

कानुन बनाउने विषयमा दलहरूले आवश्यक समय र ध्यान दिएन भनी लागेको आरोप भने अस्वीकार्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताउँछन्।

उनले भने, “संविधान र सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन। मिटरब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुशी छैन। विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ।

एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्र रूप भएको बताउँदै उनले भने, “सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्र रूप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ, त्यो सबैले बुझ्नुपर्छ।”

केही समय भारतमा निर्वासन समेत रहेका पूर्वउपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गर्दै छन्। उनीसँग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ।

महोत्तरीको पीपरामा १९९९ सालमा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाएका ठाकुर २०४८ र २०५१ सालको मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गरे।

तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर २०७४ सालमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गरेर सो पार्टीको अध्यक्षमण्डलको सदस्य भए।

२०६४ सालमा मनोनीत संविधासभा सदस्य तथा २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भए।

कानुनमा स्नातक र इतिहासमा स्नात्तकोत्तर ठाकुरले २०७४ सालपछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रूपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक चलाए।

छ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहज रूपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्वमन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको चलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिए।

अध्यक्ष ठाकुरका अनुसार मुलुकमा लोकतन्त्र पुनः स्थापनापछि गाउँबस्तीमा सेवासुविधा र सडक लगायत भौतिक पूर्वाधार निर्माणमा निकै सुधार भएको छ। विद्यालय र कलेजमा पैसा गएको छ। गाउँगाउँमा सामुदायिक भवन बनेका छन्। ग्रामीण सडक पनि ढलान र कालोपत्र भएका छन्। धार्मिक आस्थासँग जोडिएका मठमन्दिर तथा बरमबाबा स्थान घेराबेरा भएको छ।

पछिल्ला वर्षमा तराई-मधेसमा समेत सिँचाइ र खानेपानी समस्या देखिएको बताउँदै पुराना राजनीतिज्ञ ठाकुरले खण्डित वर्षाले कहीँ सुक्खा त कहीँ बाढी निम्त्याएको अवस्था आएको सुनाए।

सांसद ठाकुरले भने, “यस वर्ष मिथिला क्षेत्रमा बर्सात कम हुँदा नदी र पोखरी सुक्ने अवस्थामा पुगिसकेको छ। जमिनमा पानीको सतह गहिरिएको छ। कतिपय सहरी क्षेत्रमा खानेपानी अभाव छभने खोला सुकेका कारण सिँचाइ भई धानखेती राम्रो हुन सकेन।”

उद्योगधन्दा र कलकारखानाको अभावमा बेरोजगारी निकै ठूलो चुनौतीका रूपमा रहेको जनाउँदै पूर्वविज्ञान प्रविधिमन्त्री ठाकुर भन्छन्, “सांसद र मन्त्रीसँग मतदाता धेरै खुशी छैनन्, नोकरी लगाउने र मुद्दासमेत जिताइदिने जनप्रतिनिधिले गर्दियोस् भन्ने समाजमा मान्यता छ। त्यो त एउटा विधि प्रक्रियाका आधारमा हुन्छ नि।”

अध्यक्ष ठाकुरका अनुसार पहिला उद्योग र आयोजना हुन्थे। काम दिन्थे। अहिले जुन सम्भव छैन। फोन गरेर मात्रै काम हुन्छ र! काम गर्ने परिस्थिति के छ। कुन अवस्थामा छ। त्यो बुझ्न जरुरी छ।

पछिल्ला समय विशेषत: बालबालिका, युवायुवतीमा राम्रो कपडा लगाउने, होटलमा गएर मीठो खाने, विभिन्न गाउँमा घुमफिर गर्ने चलन बढिरहेको बताउँदै उनले मुलुकमा परिवर्तनको प्रवाह भए पनि आर्थिक सङ्कट र बेरोजगारीले विविध समस्या निम्त्याएको प्रतिक्रिया दिए।

गठबन्धनको सरकार भएकाले विभिन्न विचार मिलाएर काम गर्नु आफैंमा चुनौती रहेको बताउँदै नेता ठाकुरले भने, “प्रधानमन्त्री आफैं भनिरहनुभएको छ कि जति हुनुपर्ने त्यो काम गर्न सकिएको छैन। महँगी बढेको छ। बेरोजगारी बढेको छ।”

उनका अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्र र कानुन पर्याप्त छ। अदालतलाई पनि प्रमाणित गर्न प्रमाण चाहियो। हल्लाको भरमा कसैलाई पनि यति खायो उति भन्न मिल्दैन। कारबाही गर्ने निकाय छन्।

राजनीति परिवर्तनमा योगदान  पुर्‍याएका नेताहरू नै सानो गुट, परिवार र नातागोतामा अलमलिए भन्ने आरोपलाई खण्डन गर्दै  नेता ठाकुरले त्यो आरोपलाई वास्तविकता नभई सतहीका रूपमा हेरिएको प्रतिक्रिया दिए।

आन्दोलनमा संलग्न हुँदा सबै परिवार र नातागोता प्रभावित हुने भएकाले अवसर प्रदान गरिंदा नाता जोडेर हेर्न नहुने तर्क गर्दै उनले एउटा घरको मूली जेल जाँदा परिवारले कति सास्ती खेप्नुपर्छ भन्ने पक्षको विश्लेषण नगरी अवसरसँग जोडेर हेर्न मिल्छ र भनी प्रतिप्रश्न गरे।

अध्यक्ष ठाकुरका अनुसार हामी शहीद के दिन्छौं। मूर्ति बनाए कि बनाएन भनेर हेर्न आउँछ र! उसको जीवन गयो। परिवार जेल परे। उसमाथि निर्भर धेरै प्रभावित भए अनि त्यस्ताका परिवारलाई अवसर दिंदा किन विरोध हुन्छ। तिनले पनि खानुपर्‍याे नि!

आर्थिक दृष्टिकोणले अहिले पनि कम्जोर रहे पनि राजनीतिक केन्द्र हरहमेसा पहाड नै रहेको बताउँदै नेता ठाकुरले जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास भएकाले नेपालको राजनीतिक इतिहास शान्तिपूर्ण नरहेको विचार धारणा राखे।

जनभावना र आवश्यकताका आधारमा नीति निर्माण गरिएमा मात्र परिणाम प्राप्त गर्न सकिने तर्क गर्दै उनले त्यो नहुँदा विगतमा सर्लाहीमा आएको बाढी पीडितलाई बनाइएको छाप्रामा केही नसकेको उदाहरण दिए।

आफ्नो अधिकार प्राप्तिमा भएका आन्दोलनमा पनि जाति र समुदायबीच विभेद गरिएको आरोप लगाउँदै उहाँले कानुनका नाममा जथाभावी डन्डा चलाउने कार्य कोही कसैलाई पनि स्वीकार्य नहुने धारणा राखे।

भौगोलिक विविधता र प्रशस्त प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा विकासको धेरै सम्भावना रहेको बताउँदै अध्यक्ष ठाकुरले भने, “जनता इमान्दार र मेहनती छन्। प्राकृतिक स्रोतसाधन प्रशस्त छ, सदुपयोग गरिनुपर्छ। विकास सम्भव छ।”

 -नारायण न्यौपाने 

लोकप्रिय
अर्को समाचार
अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी
१३ फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।

ठाकुरलाई चिठी बुझाउन झा आइतबार बिहान ठाकुर निवास हात्तीवन पुगेका थिए। उनले ठाकुरकै घरमा पुगेर चिठी दिएका थिए।

चिठीमा अध्यक्ष पदबाट राजीनामा गरेर पार्टीको अभिभावको रूपमा बस्न ठाकुरलाई आग्रह गरिएको छ। अब पनि अध्यक्ष पदमा बसिरहे पार्टी अघि नबढ्ने उनको भनाइ छ। 

‘इतिहासले सधैँ अवसर दिन्न। बेलैमा अवसर छोप्नु बुद्धिमानी होला। हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन’चिठीमा उनले भनेका छन्। केही समय यता लोसपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी फुट्ने अवस्थामा पुगेको छ। 

कानुनी रूपमा लोसपालाई फुटाउन मिल्दैन तर लोसपाका दोस्रो नेता राजेन्द्र महतो, झा, सन्तोष मेहता लगायतका नेताहरूले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन्। एक पटक फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनी व्यवस्थाका अनुसार ५वर्षसम्म लोसपालाई फुटाउन मिल्दैन।

तर लोसपा छाडेर नयाँ पार्टी गठन गर्न मिल्छ। त्यही अभियानमा महतो,झा लगायतका नेताहरू लागेका छन्। यही फागुन महिना देखि उनीहरूले काठमाडौँ लगायत विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। नयाँ पार्टी खोल्ने अभियानमा लागेका नेताहरू बबरमहलमा रहेको लोसपाको पार्टी कार्यालय जान छाडेका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस