दैलेख क्षेत्र नम्बर दुई: २३ वर्षपछि गठबन्धनकाे आडमा जित्ने कसरत गर्दै काँग्रेस
१५ कार्तिक २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
दैलेख क्षेत्र नम्बर दुई: २३ वर्षपछि गठबन्धनकाे आडमा जित्ने कसरत गर्दै काँग्रेस

विगतमा काँग्रेस गढका रुपमा चिनिएको दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा २३ वर्षपछि गठबन्धनको बलमा विरासत फर्काउने दाउमा रहेको छ। २०५६ साल पछिको निर्वाचनमा एमालेको प्रतिस्पर्धी दलको रुपमा रहेपछि चुनावमा हार व्यहोर्दे आएको काँग्रेस यस पटक भने गठबन्धनकै आडमा जित्ने दाउमा देखिएको हो।

दैलेखका ११ स्थानीय पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा दुल्लु, चामुण्डाविन्द्रासैनी र आठविस नगरपालिका, भैरवी, ठाँटीकाँध गाउँपालिका पर्दछन्। यी पालिकामध्ये नेपाली काँग्रेसले दुल्लु, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाँटीकाँध र भैरवी गाउँपालिका गरी चार पालिका जितेको छ। यस हिसाबले काँग्रेस बलियो देखिए पनि स्थानीय निर्वाचनको मत परिणाम हेर्दा चुनौती देखिएको छ।

यहाँ ८० हजार ६ सय ७५ मतदाता रहेको छ। २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको १८ हजार ६ सय १२ मत रहेको छ। माओवादी केन्द्रको ५ हजार ७ सय ५५ मत र नेकपा एकीकृत समाजवादीको ८ सय ३३ मत जोडेर २५ हजार २ सय मत सत्ता गठबन्धनको हुन्छ। तर, एमालेको एक्लै २१ हजार १ सय ६१ मत छ। स्थानीय तहको मतको हिसाब गर्दा गठबन्धनभन्दा एमालेसँग ४ हजार ३९ मत कम छ।

उम्मेदवारको व्यक्तिगत प्रभाव र पार्टीको प्रचारशैलीका कारण मत घट्ने बढ्ने हुनसक्ने अनुमान गरिएको छ। यसअघि २०७४ मा भएको निर्वाचनमा एमालेबाट राजबहादुर बुढाले जिते। २०५६ पछि भएका चुनावमा हार व्यहोरेको काँग्रेसले यसपालि सत्ता गठबन्धन साँझा उम्मेदवार दिक्पाल शाहीमार्फत् २३ वर्षपछि गुमाएको साख फर्काउने तयारीमा देखिन्छ।

त्यस्तै २०७० सालमा निर्वाचित लक्ष्मीप्रसाद पोखरेल फेरि एमालेबाट उम्मेदवार छन्। काँग्रेस उम्मेदवार दिक्पाल शाही यसअघि प्रदेश सांसदमा पराजित भएका थिए। दैलेखको क्षेत्र नम्बर २ बाट २०४८ सालमा रंगबहादुर शाही र २०५६ सालमा शिवराज जोशीले काँग्रेसबाट चुनाव जितेका थिए। त्यसयताको २३ वर्षसम्म काँग्रेसले जित्न सकेन्।

२०५६ सालसम्म काँग्रेसको गढका रुपमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ लाई लिइँदै आएको थियो। २०४८ सालयता काँग्रेस–नेपाल मजदुर किसान पार्टी र काँग्रेस–एमालेविच प्रतिस्पर्धा रहँदै आएको छ। एमाले सानो संगठनका रुपमा रहेपनि २०५२ सालमा नेपाल मजदुर किसान पार्टीको जिल्ला कमिटी नै एमालेमा एकीकरण भएको थियो।

त्यसयता काँग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ। सत्ता गठबन्धनका साँझा उम्मेदवार दिक्पाल शाहीलाई जित्नका लागि माओवादी र समाजवादीको मत आवश्यक पर्छ। पार्टीभित्र र माआवादी, समाजवादीको मत सुरक्षित गर्न सके अंकगणित अनुसार जित्ने निश्चित देखिन्छ। एमालेबाट उठेका लक्ष्मीप्रसाद पोखरेलको व्यक्तिगत स्वभाव राम्रो र अन्य पार्टीमा रहेका नातागोताको भोट लिन सके भएकाले काँग्रेस उम्मेदवारलाई चुनाव जित्न सकस हुने देखिन्छ।

यहाँका मतदाता चनाख भएका कारण पैसा, पावर र आश्वासनले धेरै काम गर्ने देखिदैन्। विकासका भोक गाउँ-गाउँसम्म फैलिएको बेला गफ र विकासका सपना बाँड्ने नेता/उम्मेदवारहरु सहक हुनुपर्ने देखिन्छ।

एउटै पालिकाबाट उम्मेदवार

क्षेत्र नम्बर २ को (क) प्रदेश सभा सांसदको लागि एउटै पालिकाबाट काँग्रेस र एमालेले उठाएको छ। दुल्लुनगरपालिकाबाट पूर्व मेयर घनश्याम भण्डारीलाई काँग्रेसले र तत्कालीन दुल्लु गाविसका अध्यक्ष तिलक रिजाललाई एमालेले प्रदेश सांसदको उम्मेदवार बनाएको छ।

दुल्लुनगर पालिका र भैरवी गाउँपालिका रहेको प्रदेश निर्वाचन क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धनको १ हजार ६ सय ८६ मत बढी छ। प्रदेश निर्वाचनमा ३९ हजार १ सय ९८ मतदाता रहेका छ। स्थानीय तहको निर्वाचनमा एमालेले ९ हजार ९ सय ४८ मत रहेको छ भने काँग्रेसले ७ हजार ३ सय २९ मत ल्याएको थियो।

माओवादीको ३ हजार ९ सय ४ र समाजवादीको ४ सय १ मत जोड्दा सत्ता गठबन्धनको ११ हजार ६ सय ३४ मत पुग्छ। काँग्रेस संस्थापन पक्षका उम्मेदवार भण्डारीलाई आफ्नै पार्टीभित्रका ईतर पक्षबाट असहयोग हुनसक्ने डर छ।

भण्डारी गणिततिय अंकमा अगाडि भएपनि एमालेका उम्मेदवार तिलकप्रसाद रिजालले आफ्नो समुदायबाट भोट लिएमा चुनावको अंकगणित फेर बदल हुनसक्ने सम्भावना उत्तिकै छ। यूवा माँझ लोकप्रिय भण्डारी यसअघि पनि दुल्लुमा संगठन कमजोर हुँदाहुँदै पनि नगर प्रमुख जितेका थिए।  

पूर्व सहकर्मी एकआपसमा भिड्दै

दैलेख क्षेत्र नम्बर २ (ख) मा एमालेमा सँगै काम गरेका पूर्व सहकर्मीहरु एकआपसमा भिड्दै छन्। एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह प्रदेश सांसदमा उम्मेदवार बनेका छन्। उनीसँगै एमालेबाट कर्णाली प्रदेश आयोगको सदस्य बनेका योगेन्द्र शाही गठबन्धनका मार्फत् माओवादीबाट प्रदेश सांसदमा उम्मेदवार छन्।

अन्तिम समयमा एमाले परित्याग गरी योगेन्द्र शाही माओवादीबाट सांसदको टिकट ल्याएर आएका थिए। विद्धान, शिष्ट स्वभावका शाही पहिलो पटक चुनाव लड्दै छन्। विनोद कुमार शाह मजदुर किसान पार्टीबाट २०४३ देखि गाविस प्रधानपञ्च हुँदै २०४८ र २०५१ नेमकिपा र २०५६ मा एमालेबाट सांसद लडेका थिए।

नेमकिपा हुँदा उनी २०५१ मा सांसद जितेका थिए। माओवादीबाट उम्मेदवार योगेन्द्र शाहीलाई काँग्रेसले इमानदार भोट दिए जित्न सहज छ। चामुण्डाविन्द्रासैनी, आठविस नगरपालिका र ठाँटीकाँध गाउँपालिका रहेको दुईको (ख) प्रदेशमा उम्मेदवारको व्यक्तिगत प्रभावले मत प्रभावित हुने देखिन्छ। एमाले उम्मेदवार शाह कुटनीतिक रुपमा चाल चाल्ने नेताका रुपमा रहेका छन्।

शाहले पछिल्लो समय आफ्नो श्रीमतीलाई जिल्ला समन्वय समितिको उपप्रमुख  बनाएको र ठाँटीकाँध गाउँपालिका अध्यक्षमा टिकट दिएको भन्दै आफ्नै कार्यकर्ताबाट आलोचित भएका छन्। त्यसको फल स्वरुप ठाँटीकाँधमा एमालेको पकट हुँदा-हुँदै पनि काँग्रेसले पालिका जितेको छ।

यो प्रदेशमा एमालेले ११ हजार २ सय १३ मत, काँग्रेसले ११ हार २ सय ८३ मत, माओवादीले १ हजार ८ सय ५१ मत र समाजवादीले ४ सय २९ मत स्थानीय तहको चुनावमा ल्याएका थिए। यो मत परिणमलाई आधार बनाउँदा गठबन्धनको पक्षमा २ हजार २ सय ८० मत बढी देखिन्छ।

लोकप्रिय
अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस