२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई चिन्दिनँ भनेको चारैतिर फैलियो। त्यसपछि पण्डितले कोइरालालाई चुनौती दिँदै चुनाव जितेर उनलाई लड्डु दिन विराटनगरस्थित कोइरालानिवास जाने घोषणा गरे। उक्त निर्वाचनमा कोइरालालाई पछि पार्दै जित हासिल गर्न पण्डित सफल भए। तर पण्डित आफूले घोषणा गरेअनुसार साइकल चढेर कोइरालालाई लड्डु दिन कोइराला निवास भने गएनन्।
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता कोइराला र एमालेका नेता पण्डित प्रतिस्पर्धामा छन्। अहिले मोरङ ६ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धन थियो, एमाले पनि एकढिक्का थियो। तर यो पटक एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी (नेकपा एस) बनेको छ। विगतको निर्वाचनमा एमालेसँग मिलेको नेकपा माओवादी केन्द्र कांग्रेस गठबन्धनमा छ। नेकपा एस पनि यही गठबन्धनमा छ।
मोरङमा एमालेले जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ। मोरङमा जसपासँग गठबन्धन भए पनि एमालेले जसपाको भागमा परेका निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। एमालेकै नेताहरू पनि स्वतन्त्र रूपमा उठेका छन्। यसैकारण जसपाका नेता तथा कार्यकर्ता एमालेप्रति सशंकित छन्। मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ५ वटा प्रतिनिधिसभा क्षेत्र एमालेलाई र एउटा जसपालाई दिने सहमति भएको थियो। यस्तै प्रदेशसभातर्फका १२मध्ये ९ वटा एमालेलाई र तीनवटा सिट जसपालाई दिने सहमति भएको थियो। जसपाको भागमा परेको क्षेत्र नम्बर ५ मा एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उमेदवारी दिएका छन्। त्यस्तै जसपाकै भागमा परेको मोरङ ४ (ख) मा जीवन घिमिरे र मोरङ ६ (ख) मा पर्शुराम बस्नेतलाई एमालेले आधिकारिक उम्मेदवार बनाएको छ। जसपाको भागमा परेका क्षेत्रमा कतै एमालेका
विद्रोही त कतै आधिकारिक उम्मेदवार उठेका कारण मोरङमा दुई पार्टीबीचको सम्बन्धमा उम्मेदवारी दर्तासँगै खटपट सुरु भइसकेको छ। माओवादी केन्द्र, नेकपा एससँगको गठबन्धन र मोरङमा एमाले–जसपा गठबन्धनमा देखिएको खटपटीको फाइदा यो पटक कांग्रेसका उम्मेदवार कोइरालालाई हुने विश्लेषण हुन थालेको छ।
राजनीतिक विश्लेषक गिरीश भट्टराईका अनुसार मोरङ–६ मा सत्ता गठबन्धनबाट कांग्रेसका कोइराला र एमालेका पण्डित दुवै ‘हेभिवेट’ उम्मेदवार हुन्। यो पटक जित निकाल्नुपर्ने बाध्यता कोइरालालाई रहेको उनी बताउँछन्। भट्टराईले कांग्रेसभित्रका ‘डिफ्याक्टो’ लिडरका रूपमा रहेका कोइराला चार वर्षपछि पार्टी सभापति र वेटिङ प्रधानमन्त्रीका रूपमा पनि रहेकाले उनलाई यो निर्वाचनमा नतिजा पक्षमा पार्नैपर्ने बाध्यता देखिन्छ। मोरङ ६ का जनताले पनि परिवर्तन खोजिरहेकाले चुनावी वातावरण कोइरालाको पक्षमा सकारात्मक बनिरहेको उनले बताए। मोरङमा कांग्रेसले जिते राष्ट्रिय रूपमा पर्ने प्रभाव र एमालेले जिते राष्ट्रिय रूपमा पर्ने प्रभाव फरक हुने गरेको छ। मोरङलाई जहिलै पनि कांग्रेसपछिको शक्तिका रूपमा एमालेलाई हेर्ने गरिएको छ।
एमालेका उम्मेदवार पण्डित यसअघि पटकपटक मन्त्री भइसकेका र मन्त्री हुँदा गरेका कामले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाइसकेका नेता हुन्। यसैकारण मोरङ–६ सबैको चासोको क्षेत्र बनेको छ। गत निर्वाचनमा विजयी भएका पण्डितले पाँच वर्षमा यस क्षेत्रमा गरेका कामको मूल्यांकन जनताले भोटका माध्यमबाट गर्नेछन्। पण्डित निवर्तमान सांसद भएको र यस क्षेत्रका जनताले परिवर्तन खोज्नुले जनता कोइरालाप्रति ढल्केका हुन् कि भन्ने देखिएको भट्टराईको बुझाइ छ।
को बलियो ?
मोरङ–६ बाट २०७४ सालको निर्वाचनमा कांग्रेसका कोइरालालाई झिनो मतान्तरले हराउँदै एमालेका पण्डित निर्वाचित भएका थिए। अहिले पनि यी दुवै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। २०७४ मा वामगठबन्धनबाट एमालेका उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत र कांग्रेसका कोइरालाले ३३ हजार २ सय ६६ मत पाएका थिए। यस्तै तेस्रो स्थानमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का राजेश्वर विश्वासले ५ हजार २ सय ६१ मत प्राप्त गरेका थिए।
कोइरालालाई सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एसलगायत दलहरूको समर्थन हुँदाहुँदै पनि एमाले–जसपा गठबन्धनका कारण पण्डितले कडा टक्कर दिने निश्चित थियो। तर एमालेले जसपाले पाएको मोरङ–६ (ख) मा आफ्नै उम्मेदवार उठाएपछि यस क्षेत्रमा जसपाका कार्यकर्ताले एमालेलाई सघाउने अवस्था नभएको विश्लेषण भइरहेको छ। जसपाले कोइरालालाई सहयोग गरे उनको जित अझै सहज हुने देखिन्छ। तर कांग्रेसकै आन्तरिक किचलो कोइरालाका लागि टाउको दुखाइको विषय हुने देखिन्छ।
आन्तरिक किचलोकै कारण स्थानीय तह निर्वाचनमा मोरङ ६ अन्तर्गत पर्ने विराटनगर महानगरपालिकाका केही वडा र सुन्दरहरैंचा नगरपालिकामा कांग्रेसले हार बेहोरेको थियो। स्थानीय तह निर्वाचनमा हार बेहोरेका उम्मेदवारले असहयोग गर्ने सम्भावना रहेका कारण असन्तुष्ट नेताकार्यकर्तालाई फकाएर भोट आफ्नो पक्षमा ल्याउन कोइरालालाई चुनौती देखिन्छ।
एमालेका उम्मेदवार पण्डितको विगतमा जस्तो ‘क्रेज’ यो पटकको निर्वाचनमा देखिएको छैन। अघिल्लो निर्वाचनमा जनतामाझ पण्डितको ‘क्रेज’ देखिएको थियो। विशेषगरी सामान्य प्रशासनमन्त्री हुँदा पण्डितले डिभी, पिआरधारी कर्मचारीलाई गरेको कारबाही, साइकल चढेर सिंहदरबार आउजाउ गरेको जस्ता कामबाट उनलाई निर्वाचन जित्न सहज भएको थियो। अर्कोतर्फ वाम गठबन्धनका कारण पनि अघिल्लो निर्वाचन उनको पक्षमा गएको थियो। तर यो पटक पण्डितको विगतको क्रेज गुमेको अवस्था छ। उम्मेदवारी दर्ताअघि कांग्रेसका कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको पटकपटक भएको भेटले पनि मोरङ ६ को राजनीतिमा प्रभाव पार्ने देखिएको छ। ओली–कोइराला भेटमा के कुरा भयो भन्ने अझै सार्वजनिक नभए पनि त्यसबारे विभिन्न आकलन भइरहेका छन्।
यतिमात्रै हैन, जसपासँग गरेको सहमतिविपरीत मोरङ ६ (ख) मा एमालेले प्रदेशसभामा उम्मेदवार उठाएपछि यस क्षेत्रको राजनीतिले नयाँ मोड लिएको छ। एमालेले धोका दिएकाले जसपाले एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार पण्डितलाई अहयोग गर्ने देखिएको छ। तर जसपाले यसबारे औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन।
को हुन् शेखर कोइराला ?
शेखर कोइराला २००७ साल भदौ ९ गते विराटनगरमा जन्मिएका हुन्। पिता कृष्णप्रसाद कोइरालाका पाँच भाई छोरामध्य साहिँला केशवप्रसादका जेठा छोरा हुन् शेखर। उनी कांग्रेस राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी चिकित्सा पेसा हुँदै राजनीतिमा आएका हुन्। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिसमेत भइसकेका कोइरालाले नेपाल विद्यार्थी संघ स्थापनासँगै राजनीति थालेका थिए। पछि चिकित्सक भएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेका थिए।
कोइरालाले सक्रिय राजनीति भने २०६० सालदेखि मात्रै सुरु गरेका हुन्। उनले पहिलो पटक संविधानसभा सदस्यका लागि २०६४ सालमा निर्वाचन लडेका थिए। त्यसपछि उनी २०६५ को उपनिर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा निर्वाचन लडेका थिए। चारपटक निर्वाचन लडिसकेका कोइराला दुई पटक विजयी भए भने दुईपटक पराजित।
कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा कोइराला शेरबहादुर देउवासँग पराजित भए पनि राजनीतिमा उचाइ कायम गर्न उनी सफल भएका छन्। ७२ वर्षीय कोइराला मोरङलाई आधार क्षेत्र मानेर राजनीति गर्दै आएका छन्। यसअघि कोइराला मोरङ ७ (हाल ६) बाट तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारसँग पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए। पछि गच्छदारले सुनसरी रोजेर मोरङ छाडेपछि भएको उपनिर्वाचनमा भने कोइराला विजयी भए। दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट कोइराला गच्छदारलाई पराजित गर्दै विजयी भए। २०७४ को चुनावमा उनी एमालेका लालबाबु पण्डितसँग पराजित भए।
को हुन् लालबाबु पण्डित ?
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितको जन्म २०१५ मंसिर १९ मा सर्लाहीमा भएको हो। प्राथमिक तहको शिक्षा गाउँकै स्कुलमा सकेर दाजुको जागिरसँगै पाल्पा पुगेका पण्डितले एसएलसी तानसेनस्थित पद्म पब्लिक हाइस्कुलबाट गरेका हुन्। उनी २०३५ सालमा बालाजु औद्योगिक क्षेत्रको यन्त्रशालामा प्रविधिक जागिर खाँदाखाँदै मजदुर संगठनको माध्यमबाट तत्कालीन मालेको सम्पर्कमा पुगेका थिए। अहिले उनी एमाले स्थायी कमिटी सदस्य छन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितको जन्म २०१५ मंसिर १९ मा सर्लाहीमा भएको हो। प्राथमिक तहको शिक्षा गाउँकै स्कुलमा सकेर दाजुको जागिरसँगै पाल्पा पुगेका पण्डितले एसएलसी तानसेनस्थित पद्म पब्लिक हाइस्कुलबाट गरेका हुन्। उनी २०३५ सालमा बालाजु औद्योगिक क्षेत्रको यन्त्रशालामा प्रविधिक जागिर खाँदाखाँदै मजदुर संगठनको माध्यमबाट तत्कालीन मालेको सम्पर्कमा पुगेका थिए। अहिले उनी एमाले स्थायी कमिटी सदस्य छन्। बालाजु औद्योगिक क्षेत्रमा काम गर्दा पार्टी संगठनको काम पनि गर्ने क्रममा पटकपटक पक्राउ परेपछि भूमिगत राजनीतिमा लागेका उनी सुरक्षित स्थान रोजेर २०३९ सालमा मोरङ आएका थिए। त्यसपछि उनी यही जिल्लालाई कार्य क्षेत्र बनाएर राजनीति गरिरहेका छन्। पण्डित २०४८ र २०५६ सालको संसदीय निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०६४ मा भने उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बने। उनी २०७० सालमा सभासद नभए पनि सुशील कोइराला नेतृत्वमा बनेको सरकारमा सामान्य प्रशासन मन्त्री बने। २०७४ सालको निर्वाचनमा मोरङ ६ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पण्डित कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रमुख मुद्दा थियो– पुराना दलको विरोध। रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए। उनले ६ जना पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराई) विरुद्ध ‘नो, नट अगेन’ अभियान चलाएका थिए।
यही अभियानले ती पूर्वप्रधानमन्त्रीका मनमा त्राससमेत सिर्जना ग¥यो। माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन छाडेर गोरखा गएर उम्मेदवार बने। नेकपा एसका अध्यक्ष नेपाल काठमाडौं छाडेर पुरानो क्षेत्र रौतहटमै सीमित भए। नेसपाका अध्यक्ष भट्टराई चुनाव नै लडेनन्। निर्वाचनका क्रममा रास्वपाले पुराना दल र नेताकै कारण देशले प्रगति गर्न नसकेको, भ्रष्टाचार निम्तिएको, सुशासन कायम हुन नसकेको मुद्दा उठाएर असन्तुष्ट जमात आफूतिर तान्यो। काठमाडौं, चितवनलगायत सहरी क्षेत्रबाट प्रतिनिधिसभामा २० सिट जितेर रास्वपा चौथो ठुलो दल बन्यो।
निर्वाचनमा पुराना दल र पूर्वप्रधानमन्त्रीहरूको आलोचना गर्दै जनमत बटुलेका रास्वपा सभापति लामिछाने चुनाव सकिएको महिना दिन नबित्दै पुस १० मा आफैंले ‘नो, नट अगेन’ भनेका एमाले अध्यक्ष ओली निवास बालकोट पुगे।
पछिल्लो पटक प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मंसिरमा भएको थियो। लामिछाने बालकोट पुग्नुको उद्देश्य आफैंले ‘नो, नट अगेन’ भनेका अर्का पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनु थियो। लामिछाने त्यसअघि तत्कालीन प्रधानमन्त्री कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार पनि पुगेका थिए। देउवाले उनलाई खासै महत्त्व नदिएको स्रोत बताउँछ। एमाले अध्यक्ष ओलीले निमन्त्रणा गरेपछि लामिछाने त्यो दिन बालकोट पुगेका थिए।
बालकोटमा त्यस दिन भएको बैठकले दाहाललाई प्रधानमन्त्री बनायो। रास्वपा सभापति लामिछाने उपप्रधान एवं गृहमन्त्री बने। उनलाई गृहमन्त्री बनाउन एमाले अध्यक्ष ओलीको जोडबल रह्यो।
दाहालले भने उनलाई गृहमन्त्रालय दिन चाहेका थिएनन्। सत्ताको पहिलो यात्रा तय गर्दा आफूलाई सघाएको एमालेप्रति त्यसयता रास्वपा अनुग्रहित देखिएको छ। त्यसैले अन्य दलप्रति आक्रामक देखिने रास्वपा एमालेसँग नरम देखिँदै आएको छ।
गृहमन्त्रीका रूपमा लामिछानेको पहिलो ३२ दिने सत्तायात्रामा पनि ओलीले सहयोग गरेका थिए। नागरिकता विवादमा २०७९ माघ १३ मा सर्वोच्च अदालतको फैसलापछि सांसद पदबाट मुक्त भएका लामिछाने तीन दिन (१५ माघ) मै नागरिकता पुनः प्राप्ति गरे।
नागरिक पुनः लिएलगत्तै उनी फेरि गृहमन्त्रीको भूमिकामा फिर्ता हुन चाहेका थिए। उनको उक्त चाहनामा ओलीले साथ दिएका थिए। प्रधानमन्त्री दाहालले सांसद पद खुस्किएका लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन चाहेनन्। उनलाई गृहमन्त्रालयमा पुनः भित्र्याउन दाहाल तयार नभएपछि लामिछानेले २२ माघमा रास्वपाका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका थिए।
माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई समर्थन गरेन। त्यसपछि एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन १५ फागुनमा फिर्ता लियो। एमाले र रास्वपा दुवै विपक्षी कित्तामा पुगे। विपक्षी कित्तामा रहँदा रास्वपाले प्रत्यक्ष–अप्रत्यक्ष एमालेका गतिविधिमा साथ दियो। विपक्षी कित्तामा पुगेपछि एमालेले सत्तामा उलटफेर ल्याउन प्रयास गरिरहेको थिए। जसमा रास्वपा पनि सम्मिलित थियो। यसको खुलासा स्वयं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले केही दिनअघि एउटा कार्यक्रममार्फत गरेका थिए।
प्रधानमन्त्री दाहालले एक वर्षपछि गत माघ २१ गते सत्ता गठबन्धनबाट कांग्रेसलाई हटाएर एमालेसँग काँध मिलाएपछि रास्वपा पुनः सोही गठबन्धनमा समाहित भएको छ। प्रधानमन्त्री दाहालसँग २० गते राति छलफल गर्दा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पनि सहभागी गराएका थिए। त्यही छलफलपछि नयाँ सत्ता गठबन्धन बन्यो, जसमा रास्वपा पनि छ।
लामिछानेले एकवर्षअघि गुमाएको उपप्रधान एवं गृहमन्त्री पद पुन पाएका छन्। लामिछानेलाई गृह मन्त्रालय दिन एमाले अध्यक्ष ओली नरम बने। यसले पनि रास्वपाको एमालेसँगको निकटता अझै प्रष्ट गरेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।