नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका नेताले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरिरहेको टिप्पणी गरेका छन्। उनले दलीय गठबन्धनको चुनावी सभामा गएर प्रधानमन्त्रीजस्तो व्यक्तिले ‘यसलाई भोट दिनु र उसलाई नदिनू भन्नु’ नै आचारसंहिताको ठाडो उल्लंघन भएको बताए।
गृहजिल्ला इलामको आफ्नै निर्वाचन क्षेत्र फाकफोकथुम गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्बाङले प्रधानमन्त्रीले आफैं पारित गरेको निर्वाचन आचारसंहितालाई आफैंले तिलाञ्जली दिएको बताए। ‘शेरबहादुर देउवाले चितवनको सभामा भन्नुभो रेणु दाहाललाई भोट हाल्नू,’ नेम्बाङले भने, ‘उहाँहरूले नै बनाएको आचारसंहितामा के लेखेको छ, एकपटक हेर्नुस् त, अनि चितवनमा गएर प्रधानमन्त्रीले स्वतन्त्र उम्मेदवारलाई भोट नहाल्नू भन्न पनि मिल्छ? यसबारे अहिले निर्वाचन आयोगमा प्रश्न उठेको छ।’
नेम्बाङले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चितवन आमसभाबाट जनतालाई धम्की दिनु आचारसंहिताविपरीत भएको प्रतिक्रिया दिए। फलानोलाई नजिताए देश दुर्घटनामा जान्छ भन्नु आचारसंहिताको चरम उल्लंघन भएको नेम्बाङको भनाइ छ। ‘प्रचण्डजीले चुनावी सभामा भन्नुभएछ– हाम्रो उम्मेदवार रेणु दाहाललाई जिताएन भने देश दुर्घटनामा जान्छ,’ नेम्बाङले दाहालको भनाइमा प्रश्न गरे, ‘सत्तामा बसेर, राज्य चलाएर आफैं जनतालाई धम्क्याउन पाइन्छ? यो आचारसंहिताको उल्लंघन होइन?’
नेम्बाङले प्रधानमन्त्रीपत्नी तथा काङ्ग्रेस केन्द्रीय सदस्य आरजू देउवाले दिएको अभिव्यक्तिले पनि आचारसंहिताको उल्लंघन गरेको जनाए। ‘आरजू राणाले कांग्रेसलाई नजिताए त्यस ठाउँमा पैसै पठाउँदिनँ भन्नुभो, अहिले देशमा विभिन्न ठाउँमा आइरहेको पैसा राज्यको भनेको त निजी ढुकुटीको पो रहेछ,’ नेम्बाङले ठट्यौली गर्दै भने, ‘अहिले कांग्रेसभित्रकै बुद्धिजीवीले र सर्वत्र जनताले समेत आलोचना गरिरहेको विषय हो यो।’
स्वस्थानी कथाको प्रसंगमा आउने हजार जिब्रा भएको शेषनागको उदाहरण दिँदै नेम्बाङले सत्ता गठबन्धनका नेताहरूले हतास र हारेको मनस्थितिमा यस्ताखाले अभिव्यक्ति दिइरहेको आरोप लगाए। ‘शेरबहादुरजीले गठबन्धन नगर्ने हो भने एमालेलाई जित्न सकिँदैन भनेर प्रस्ट भनिरहनुभएको तपाइँहरूले पनि सुन्नुभएकै छ त,’ नेम्बाङले मतदातासामु भने, ‘पोहोर त म झन्डै हारेको, एमालेलाई खेलाँची सम्झेको? भन्ने देउवाको अभिव्यक्ति नै एमालेसँग हारिसकेको एउटा उदाहरण हो।’
नेम्बाङले आउँदो स्थानीय तह निर्वाचनमा देशभर एमालेले विजय हासिल गर्ने दाबी पनि गरे। सबैजसो दल एकापट्टि र एमालेमात्रै अर्कापट्टि हुँदा पनि सत्ता गठबन्धनले एमालेलाई हराउन नसक्ने उनको भनाइ छ। ‘हिमालदेखि तराईसम्म एमालेको जनलहर छ,’ नेम्बाङले भने, ‘यो देखेर विपक्षी साथीहरू आत्तिएका छन्।’
इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।
बिहान साढे ११ बजेसम्मको गणनामा नेम्बाङले २० हजार ७१ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३ सय ६ मतसहित पछ्याइरहेका छन्।
अहिलेसम्म क्षेत्र २ का माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरका वडा ६, ७, ८, देउमाई नगरका १, २, ५, ६, ७, ८, र ९ वडाको गणना भइसकेको छ। अब यो क्षेत्रका देउमाई नगरका वडा ३ र ४, तथा इलाम नगरपालिकाको वडा १० बाहेक ११ वटा वडाको मतगणना गर्न बाँकी छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।
यही क्षेत्रको प्रदेशसभा १ मा एमालेका गणेशप्रसाद बरालको अग्रता कायमै छ। बरालले ५ हजार ५ सय ३१ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार गोविन्द गिरीको ५ हजार ४ सय ४८ मत आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।