इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान
०४ मंसिर २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान
इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गर्दै क्रमसः प्रतिनिधिसभा क्षेत्र २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङ, क्षेत्र २ का एमाले उम्मेदवार महेश बस्नेत र क्षेत्र २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का। तस्बिर: नागरिक

नेकपा (एमाले)बाट चुनावी प्रतिस्पर्धाका रहेका इलामका दुवै प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन्। क्षेत्र १ का उम्मेदवार तथा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र क्षेत्र २ का उम्मेदवार सुवासचन्द्र नेम्बाङले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रबाटै मतदान गरेका हुन्।  

नेम्बाङ र बस्नेत दुवैको घर सदरमुकाम नै भएकाले उहीहरूले एउटै केन्द्रबाट मतदान गरेका हुन्। गठबन्धनबाट इलाम क्षेत्र २ को उम्मेदवार बनेका नेपाली कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले पनि यही केन्द्रबाट मतदान गरेका छन्। खड्काको घर पनि इलाम सदरमुकाममै पर्छ।

उम्मेदवार बस्नेतले मतदानपछि देश लोकतन्त्रको बाटोमा अघि बढेको बताए। पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका उनले संविधान बनेपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहनुले नागरिकको मतदानको हक प्रत्याभूत भएको बताए। ‘हामीले देखेको समृद्ध नेपाल–सुखी नेपालीको सपना लोकतन्त्रका माध्यमबाट प्राप्त गर्न आवधिक निर्वाचन महत्वपूर्ण छ,’ उनले भने, ‘नेपालीको यो सपना साकार हुनेमा विश्वास बढेको छ।’

मतदानपछि उम्मेदवार खड्काले आजको निर्वाचनपछि आउने सरकारले देशमा आमूूल परिवर्तन ल्याउनेमा आफू विश्वस्त भएको बताए। ‘संविधान रक्षा र समृद्ध नेपाल निर्माणमा आजको मतदानले सघाउने छ,’ पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खड्काले भने।

लोकप्रिय
अर्को समाचार
इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि
०९ मंसिर २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।  

बिहान साढे ११ बजेसम्मको गणनामा नेम्बाङले २० हजार ७१ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३ सय ६ मतसहित पछ्याइरहेका छन्।  

अहिलेसम्म क्षेत्र २ का माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरका वडा ६, ७, ८, देउमाई नगरका १, २, ५, ६, ७, ८, र ९ वडाको गणना भइसकेको छ। अब यो क्षेत्रका देउमाई नगरका वडा ३ र ४, तथा इलाम नगरपालिकाको वडा १० बाहेक ११ वटा वडाको मतगणना गर्न बाँकी छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।

यही क्षेत्रको प्रदेशसभा १ मा एमालेका गणेशप्रसाद बरालको अग्रता कायमै छ। बरालले ५ हजार ५ सय ३१ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार गोविन्द गिरीको ५ हजार ४ सय ४८ मत आएको छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस