आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ हो: अध्यक्ष प्रचण्ड
२४ चैत्र २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ हो: अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचन सामान्य नभई प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताएका छन्।  

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उनले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताए।

'नेपालीको आत्मसम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीलाई परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने वा प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाइँ हो अहिलेको निर्वाचन', अध्यक्ष प्रचण्डले भने, 'त्यसै पनि यो निर्वाचन सामान्य निर्वाचन होइन। न्याय र अन्यायको बीचको, प्रतिक्रान्ति र क्रान्तिबीचको, प्रतिगमन र अग्रगमनबीचको, मधेसी समुदायको हकअधिकार अझ थप्ने वा खोस्नेको बीचको लडाइँका रूपमा लिएका छौँ।'

माओवादीकै कारण देश अहिलेको अवस्थासम्म आइपुगेको जिकिर गर्दै उहाँले भने, 'जनयुद्ध, १२ बुँदे सम्झौता, शान्ति सम्झौता, सङ्घीय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मैले आफ्नो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँसम्म नेपाल आइपुगेको छ।'

त्यसैले आफू प्रतिक्रियावादीका लागि घाँटीमा अल्झेको हाड जस्तै भएको उनको कथन थियो। उनले भने, 'अहिले माओवादी केन्द्र, त्यसको नेतृत्व प्रतिक्रियावादीका लागि बडो गाह्रो परेको छ, उनीहरु अहिले पनि कसरी माओवादीलाई खुम्च्याउन सकिन्छ रु कसरी प्रचण्डलाई घेरा हाल्न सकिन्छ भनेर भए नभएको कुरा गरेर मलाई ‘ह्यूमिलेट’ गर्न खोजिरहेका छन्।' 

नागरिकतासम्बन्धी विधेयक पेश गर्ने विषयमा दलहरुबीच सहमति बनिसकेकाले अबको संसद् बैठकमा विधेयक पेश गरी पारित गरिने उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले नागरिकता विधेयक संसद्मा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा नेकपा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताए।

संसद् अवरोध भएपछि अध्यादेशबाट भए पनि नागरिकताको समस्या समाधान गर्न खोजिएको तर अदालतले नागरिकतासम्बन्धी अध्यादेश ल्याउन रोक लगाएकाले ल्याउन नसकिएको उनको भनाइ थियो। 

अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अबको संसद् बैठकबाट नागरिकता विधेयक पारित गरिदिने अध्यक्ष प्रचण्डले बताए। रासस

लोकप्रिय
अर्को समाचार
दीर्घकालीन प्रश्नको घेरामा माओवादी
०२ फागुन २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
दीर्घकालीन प्रश्नको घेरामा माओवादी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘दीर्घकालीन जनयुद्ध’ को २९औं दिवस मनाएको छ। नेपाली भूमिमा तीन दशकअघि उसले गरेको यो प्रयोगको सार्थकताबारे प्रश्न उठ्न छाडेका छैनन्। त्यस्ता प्रश्न नउठ्दा हुन् त उसको नेतृत्वमा रहेको सरकारले दिन चाहेको फागुन प्रथम दिवसलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउन पाउने थियो।

सर्वोच्च अदालतको संवैधानिक इजलासले यो दिवसका नाममा बिदा दिन नपाउने परमादेश गरेपछि त्यो योजना बिचैमा टुंगिएको हो। तैपनि माओवादी नेतृत्वमा रहेका स्थानीय सरकारले ठाउँठाउँमा फागुन एकलाई ‘जनयुद्ध दिवस’ मान्दै बिदा गरेका छन्। सर्वोच्चले बिदा दिन नपाउने आदेश गरिसकेपछि स्थानीय सरकारले गरेको यो कार्य आफैंमा विरोधाभासी छ।

माओवादी ‘जनयुद्ध’ लाई मुलुकले कुनै न कुनै रूपमा स्वीकार गरेको छ। विशेषगरी तत्कालीन सात दल र माओवादीबिचको सहकार्यले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। माओवादीले आफ्नो नेतृत्वमा गणतन्त्र स्थापना भएको ठान्नु वा अन्य दलले माओवादीको मूलप्रवाहीकरण भएको मान्नुका बिचमा केही अन्तर हुन सक्छ। तर, यी दुई शक्तिको मेलका कारण तत्कालीन राजा ज्ञानेन्द्रको तानाशाहीबाट मुलुकले मुक्ति पाएकै हो। त्यसैको बलमा मुलुकले संविधानसभाबाट लोकतान्त्रिक भावनाको संविधान पाउन सफल भएको हो। त्यसले मुलुकलाई कैयन् हिसाबले अग्रगामी बाटोतर्फ लगेको पनि छ।

तर, संविधानमा अधिकारका फेहरिस्त भएर मात्र लोकतन्त्र जनजनको मनमा पुग्न सक्दैन भन्ने यसबिचका अभ्यासले देखाइसकेको छ। माओवादी स्वयंले आफ्नो योगदानलाई जतिसुकै महिमामण्डित गरे पनि पछिल्ला अभ्यासहरूले त्यसको सार्थकतामा प्रश्न खडा गरेका छन्। माओवादी पंक्ति आफैं पनि विगतमा गरेका कामप्रति आश्वस्त हुन सकेको छैन।

संयोगले यस दलका मुखिया पुष्पकमल दाहाल यतिबेला मुलुकका प्रधानमन्त्री छन्। उनी आफैं पनि आफूले विगतमा गरेका कामबाट यथोचित प्रतिफल प्राप्त गर्न नसकेकोमा चिन्तित भएका देखिन्छन्। वास्तवमा कुनै पनि क्रान्ति, आन्दोलन वा अभियानले सार्थकता त्यतिबेला पाउँछ, जतिबेला यसले अपेक्षा गरेअनुसारको परिवर्तन मुलुकमा ल्याउन सक्छ। त्यति मात्र होइन, आम नागरिकको जीवनस्तर उठेपछि मात्र त्यसले सार्थकता पाएको महसुस हुन्छ।

माओवादीप्रति अहिले पनि प्रश्नैप्रश्न छन्। सशस्त्र द्वन्द्वका क्रममा मारिएका १८ हजार ७६ जनाको बलिदानको परिणाम मुलुकले आज पनि खोजिरहेको छ। हजारौं अंगभंग भएका छन्। मुलुकका कैयन् सम्पत्ति आगोका लप्कामा परेका छन्। वास्तवमा मुलुकलाई राजनीतिक रूपमा जति अगाडि लगेको भए पनि त्यो गतिविधिले आर्थिक रूपमा धेरै पछाडि धकेलेको हो।

त्यो क्षतिका आधारमा तीन दशकपछि मुलुकले कायाकल्प गर्न सकेको भए स्वाभाविक रूपमा त्यो बलिदान खेर गएका छैन भन्ने महसुस हुन सक्थ्यो। माओवादी पंक्तिले जतिसुकै गौरवगाथा गाए पनि अन्यले त्यो आवश्यक थिएन भन्ने महसुस आज पनि गरिरहेका छन्। त्यसैले कुनै पनि क्रान्ति वा आन्दोलनको औचित्य त्यतिबेला मात्र पूरा हुन्छ, जतिबेला मुलुकले समृद्धि यात्रामा आफूलाई अघि लाउन सक्छ।

एउटा राजनीतिक नेतृत्वको सफलता त्यतिबेला देखिन्छ, जतिबेला उसको जीवनकालमै मुलुकमा परिवर्तन देखा पर्न थाल्छन्। मलेसियाबाट छुट्टिएको सिंगापुरसँग सुरुवाती दिनमा बालुवामाथिको बास मात्र थियो। आज ऊ दुनियाको सफलतम् मु्लुकमध्ये एक भएको छ। ली क्वान युले गरेको योगदानका कारण तेस्रो विश्वको मुलुक पहिलो विश्वमा स्तरोन्नति गर्न सफल भएको हो।

दक्षिण कोरियाको एउटै पुस्ताले दरिद्रतादेखि समृद्धिसम्म देखेको छ। माओवादी ‘जनयुद्ध’का प्रणेता दाहाल २०४६ सालदेखि दलको नेतृत्वमा छन्। अहिले पनि उनी ‘आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको’ भाषण गरिरहेका छन्। सिंगापुरका नेता ली एउटा समयमा प्रधानमन्त्री छाडी ‘मिनिस्टर मेन्टर’ बन्न तयार भएका हुन्। देश बनाइसकेपछि एउटा नेताले स्वाभाविक रूपमा विश्राम लिएर नयाँ नेतृत्वलाई मौका दिन्छ।

माओवादीले आफ्नो विद्रोहले मुलुकको आर्थिक रूपान्तरणमा कति योगदान गर्न सकेको छ भन्ने निर्मम समीक्षा गर्नु आवश्यक छ। हिजोको गौरवगाथाको चर्चा गरेर बस्नुभन्दा आजको परिवर्तनतर्फ बढ्ता ध्यान जान सक्नुपर्छ। आजको सफलताले मात्र हिजोको गौरवलाई उजिल्याउन सक्छ। अन्यथा हिजो बाजेले घिउ खाएका थिए, आज मेरा हात सुँघ भन्नेबाहेक अन्यथा हुने छैन। ‘दीर्घकालीन जनयुद्ध’को औचित्य पुष्टि गर्ने गरी काम गर्न नसक्ने हो भने यसमाथि प्रश्न कहिल्यै सकिदैंन। प्रश्नको शृंखला चलिरहन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस