कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा
०६ चैत्र २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ।

नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन्। कांग्रेस र एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढ्ने लोसपाको तयारी छ।

दुई ठूला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताहरूले बताएका छन्। पछिल्लो समय लोसपाका शीर्ष नेताहरू कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर संवाद र छलफलमा छन्।

पछिल्लो डेढ सातामा लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग तीनपटक कुराकानी गरेका छन्। यसैगरी लोसपाका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर सम्पर्क र भेटघाटमा छन्। लोसपा कार्यकारिणी समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति भएको प्रस्ट पारे।

‘त्यसका लागि शीर्ष नेताहरूले एमाले र कांग्रेसका नेतासँग अनौपचारिक संवाद र छलफल गरिरहनुभएको छ,’ श्रीवास्तवले भने, ‘तर पनि गठबन्धन कांग्रेसभन्दा एमालेसँग हुन्छ कि जस्तो छ।’ जसपासँग भने गठबन्धन हुने सम्भावना लोसपाका नेताहरूले देखेका छैनन्। पार्टी विभाजनपछि जसपा र लोसपाबीच अहिले पानी बाराबारको अवस्था छ।

जसपा सरकारमा रहेकाले सरकारबाहिर रहेको एमालेसँग गठबन्धनको सम्भावना हुन सक्ने आकलन लोसपाका नेताहरूको छ। ‘सत्तारूढ दल भएको हैसियतले जसपा र नेपाली कांग्रेसबीच गठबन्धन भयो भने हामी बाध्य भएर एमालेसँग सहकार्य गर्नेछौं,’ लोसपाका एक नेताले भने।

लोसपा कार्यकारिणी समिति सदस्य केशव झाले चुनावमा जसपासँग गठबन्धनको सम्भावना निकै कम भएको बताए। ‘राजनीतिमा असम्भव त छैन तर पनि यो स्थानीय निर्वाचनमा जसपासँग गठबन्धनको सम्भावना त्यति छैन,’ झाले भने।

प्रधानमन्त्री देउवाले अघिल्लो साता लोसपाका शीर्ष नेताहरूसँगको भेटमा सुरुमै एमालेसँग सहकार्य गर्न लागेको विषयमा चासो राखेका थिए। ‘भेटमा प्रधानमन्त्रीज्यूले सुरुमै तपाईंहरूले एमालेसँग गठबन्धन गर्न लाग्नुभएको हो भनी जिज्ञासा राख्नुभयो। हामीले यस विषयमा छलफल भएको छैन भन्यौ,’ नेता झाले भने, ‘हाम्रा माग सम्बोधन भए कांग्रेससँग पनि सहकार्य गर्न सक्छौं भन्यौं।’

त्यो भेटमा प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा समेत सहकार्य गर्न प्रस्ताव गरेका थिए। त्यस प्रस्तावमा लोसपाका नेताले सकारात्मक जवाफ दिएका थिए। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले लोसपा सरकारमा सहभागी भए दुईवटा मन्त्रालय र एक राज्यमन्त्री दिन तयार भएको बताएका थिए।लोसपालाई सरकारमा ल्याउन खोजेको चाल पाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई भेटेर आपत्ति प्रकट गरेका थिए।

स्रोतका अनुसार यादवले लोसपा सरकारमा सहभागी भए आफ्नो पार्र्टी बाहिरिने चेतावनी दिएका थिए। त्यसपछि लोसपालाई सरकारमा ल्याउने योजनाबाट प्रधानमन्त्री पछि हटेको स्रोतको दाबी छ। लोसपाले स्थानीय तहको चुनावकेन्द्रित विभिन्न कार्यक्रम सुरु गरेको छ।

उसले चैत ८ गते जनकपुरमा, १० गते वीरगन्जमा, १२ गते भैरहवामा र १४ गते नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण गर्दैछ। अहिले चुनावलक्षित कार्यक्रम सुरु गरेको झाले बताए। उनले भने, ‘गठबन्धन नभए पनि एक्लै चुनाव जान सक्ने गरी तयारी गर्दैछौं।’

जसपामा विवाद बढ्दै गएपछि गत भदौ १ गते असन्तुष्ट नेताहरूले लोसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। भदौ ७ गते आयोगले लोसपालाई दलका रूपमा मान्यता दिएको थियो।

लोकप्रिय
अर्को समाचार
लोसपा कता?
११ पौष २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोसपा कता?

प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्। ‘हाम्रो प्रस्ट धारणा छ, माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा हामी सहभागी छैनौं’, लोसपा कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनालले भने।

कार्यकारिणी समितिका अर्का सदस्य डा. सुरेन्द्र झाले पनि लोसपाले निष्ठा र नैतिकताको राजनीति गर्ने भएकाले दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा सहभागी नभएको बताए। ‘राजनीतिमा न्यूनतम नैतिकता र निष्ठा राख्नुपर्छ। एउटा गठबन्धनमा रहेर चुनाव लड्ने तर अर्को गठबन्धनबाट प्रधानमन्त्री बन्ने दोहारो प्रवृत्ति हामी लिन्नौं’, झाले भने। दाहालले लिएको बाटोले अन्ततः माओवादी र उनी स्वयंलाई नोक्सानी पुर्‍याउने झाको भनाइ छ। लोसपाका अर्का कार्यकारिणी सदस्य केशव झाले भने दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी हुने कि नहुने भन्ने विषयमा आधिकारिक निर्णय नभएको बताए।

लोसपाबाट महन्थ ठाकुर, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरी प्रतिनिधिसभा सदस्य छन्। उसले समानुपातिक निर्वाचनतर्फ तीन प्रतिशत ‘थे्रसहोल्ड’ कटाउन नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाएको छैन। २०७८ भदौमा ठाकुर, राजेन्द्र महतो, भण्डारी, अनिल झालगायतका नेताहरूले जनता समाजवादी पार्टी (जसपा) बाट अलग भई लोसपा गठन गरेका थिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस