‘निर्वाचन चुनौतीपूर्ण’
२५ फागुन २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘निर्वाचन चुनौतीपूर्ण’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले तत्काल संगठन बलियो हुन नसकेको उल्लेख गरिएको छ। ‘अहिले हाम्रो पार्टीमाथि चुनौती खडा भएको छ। जहाँ निर्वाचन हुन्छ त्यहाँ पार्टीको उपस्थिति भएन भने समस्या उत्पन्न हुन्छ। त्यसकारण अहिलेको आवश्यकता संगठन निर्माण नै हो’, प्रतिवेदनमा भनिएको छ।  

गत भदौ ९ मा एमालेबाट विभाजित भएर बनेको नेकपा एसको केन्द्रीय कमिटीको बैठक बुधबार काठमाडौंमा सुरु हुँदैछ। सो बैठकमा प्रस्तुत गर्न अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचन घोषणा भैसकेको र त्यसका लागि सबै स्थानीय तह र जिल्लामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अध्यक्ष नेपालले प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको उल्लेख गरेका छन्।

‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिँदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उल्लेख गरेका छन्।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन, हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं, कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं, यस्तो स्थिति अब रहिरहनु हुँदैन।

गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानुपर्छ,’ नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्। आगामी निर्वाचनको तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालले पार्टीले प्राप्त गर्ने सफलताले राजनीतिक हैसियत र भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्ने हुँदा पार्टीको ध्यान त्यता आकर्षित गर्न सबै नेताहरूलाई आग्रह गरेका छन्। ‘आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो।

यस केन्द्रीय कार्यमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। साथै सो प्रतिवेदनमा राजनीतिक रूपमा गठबन्धनबाटै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको वर्चश्व कायम हुने समेत उल्लेख गरेको स्रोतले जनाएको छ। सो प्रतिवेदन सोमबार बसेको पोलिटब्युरो बैठकमा पेस गरिएको थियो। सो प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली र एमालेलाई गाली गरिएको छ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा एमाले अध्यक्षले जस्ताको तस्तै अनुमोदन गराउन खोजेको तर नेकपा एस पार्टीकै बलमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको समेत उल्लेख गरेका छन्। एमाले अध्यक्ष ओलीले गठबन्धन टुटाउन हरप्रयास गरेको, त्यसलाई आफूहरूले असफल बनाएको समेत आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको स्रोतले जनाएको छ।

नेकपा एसले सबै स्थानमा संगठन नभएको स्वीकार गरेको भए पनि गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा जोड दिएको छ। अध्यक्ष नेपालले प्रतिवेदनमा अहिलेको गठबन्धन तीन तहको निर्वाचनसम्म कायमै रहने उल्लेख गरेका छन्। उनले विचार मिल्ने समूहसँग पार्टी एकता र सहकार्य गर्नेसमेत उल्लेख गर्दै निर्वाचनमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन्। तर एमसीसी प्रकरणमा नेता झलनाथ खनालले आलोचना गरेकोमा त्यसलाई तल्लो तहमासम्म लैजान जरुरी नभएको पनि अध्यक्ष नेपालले पेश गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।

साथै अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा नेकपा एस पार्टीलाई निकै चुनौती रहेको र यसको सामना गर्न सबै पार्टी पंक्ति तयार हुनुपर्ने समेत प्रतिवेदनमा उल्लेख भएको नेकपा एसका एक पोलिटब्युरो सदस्यले बताए। उक्त पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार केन्द्रीय कमिटीको बैठक सुरु हुने भएकाले त्यसका समग्र राजनीतिक परिस्थितिको बारेमा छलफल हुने बताएका छन्। उनले यो बैठक दुई दिनसम्म चल्ने र स्थानीय तहको निर्वाचन तथा संगठन निर्माणमा केन्द्रित हुनेसमेत बताए।

लोकप्रिय
अर्को समाचार
निर्वाचनमा जोडघटाउ गर्दै दलहरू: एमालेलाई चुनाव चुनौतीपूर्ण
०८ भदौ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
निर्वाचनमा जोडघटाउ गर्दै दलहरू: एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्। स्थायी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्। स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए।  

सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ। स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए। बैठकमा केही नेताले सत्तारुढ दलबीच गठबन्धन नभए एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय हाराहारी स्थानमा जित्ने बताएका थिए। उनीहरूले समानुपातिक निर्वाचनतर्फ पनि पार्टीले अग्रस्थान जित्ने आधार पेस गरेका थिए।  

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक्लै जानुपर्ने भएकाले कडा प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिएपछि प्रदेश इन्चार्जहरूले पार्टीको बहुमत आउने ब्रिफिङ गरेका हुन्।

प्रदेश १ बाट देवराज घिमिरे, मधेस प्रदेशबाट रघुबीर महासेठ, वाग्मती प्रदेशबाट काशीनाथ अधिकारी, लुम्बिनी प्रदेशबाट छविलाल विश्वकर्मा, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार एमालेले आफूसँग चुनावी गठबन्धन गर्न चाहने दलहरूका लागि ढोका खुला राखेको छ। ‘एमाले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्षम रहे पनि अजेन्डा मिल्ने दलहरूसँग गठबन्धनको ढोका खुला छ। कसैसँग गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन, एमालेसँग जोजो गठबन्धन गर्न चाहन्छन्, उनीहरूका लागि ढोका खुला छ’, उनले भने ‘एक्लै चुनौती सामना गर्न पनि एमाले सक्षम छ। सुशासन र समृद्धि, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने अजेन्डा मिल्ने दलसँग सहकार्य हुन्छ।’  

गुरुङले चुनावी गठबन्धनका विषयमा एमालेले पनि आन्तरिक रूपमा गृहकार्य गरिरहेको संकेत गर्दै सबै कुरा अहिले खुलासा गर्न नहुने बताए। ‘सबै कुरा डिस्क्लोज्ड गर्न मिल्दैन, यो झ्याली पिटाउने विषय पनि होइन’, उनले भने।  

बैठकमा ‘आगामी सरकार एमालेको, प्रगतिशील, देशभक्त र लोकतन्त्रवादी’ को भन्ने नारा प्रस्ताव गरिएको छ। घरायसी प्रयोजनमा खपत हुने बिजुलीको महसुल नलिनेगरी निर्वाचन घोषणापत्र बनाउनुपर्ने विषय पनि बैठकमा उठेको थियो। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ऊर्जा विकासमा जोड दिँदै घरायसी प्रयोगका लागि बिजुली निःशुल्क दिनुपर्ने प्रस्ताव गरेका थिए। उनले स्वास्थ्य बिमा पुनःसंरचना गरेर बिरामीको उपचार पनि शतप्रतिशत निःशुल्क गर्नुपर्ने प्रस्ताव गरेका थिए।  

बैठकमा सुवास नेम्वाङ, घनश्याम भुसाल, मणि थापा, शेरधन राई, हिक्मत कार्की, कर्ण थापा, गोरखबहादुर बोगटी, गुरु बराललगायतले धारणा राखेका थिए। ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा ओलीले नेपालमा एमालेबाहेक वामपन्थी दल नभएको दाबी गर्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारीमा लाग्ने बताएका थिए।  

स्थायी कमिटी सदस्य भुसालले वामपन्थी दलबीच गठबन्धन गरेर चुनावमा जानुपर्ने धारणा राखेका थिए। तर ओलीले वामपन्थी भन्ने दलहरू कांग्रेसको पछि लाग्न नछाडेका कारण उनीहरूसँग सम्बन्ध स्थापित गर्न कठिन भएको बताएका थिए। ‘अन्य दलहरूले आफू वामपन्थी हुँ भन्छन् भने त्यसलाई प्रमाणित गर्दैनन्। त्यसमा खास समस्या छ। उनीहरू कांग्रेसको पछि लागेर हिँडेपछि वामपन्थी हुँ भन्नुको अर्थ हुँदैन’, ओलीले भनेका थिए। उनले भदौ २० भित्र उम्मेदवार छनोट गरेर केन्द्रमा पठाउन मातहत कमिटीलाई निर्देशन दिएका थिए।

एमालेले गठबन्धनमा रहेका दल फुटेर आए साथमा लिने, अन्य दलका नेताहरूलाई पार्टीमा ल्याउने र जिम्मेवारी दिने भएको छ। बैठकले विभिन्न पार्टी छाडेर आएका नेताहरूलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौंका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय बैठकले गरेको छ।

केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गर्न स्थायी कमिटीको बैठक बसेको हो। यसअघि स्थायी कमिटीको बैठक वैशाखमा भएको थियो। केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ। ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, मुलुकको वर्तमान अवस्था, गठबन्धन सरकारले गरेका गलत काम, चुनावी तयारीलगायतका विषय समेटिने बताएका थिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस