कांग्रेसका शीर्ष नेतालाई पार्टीभित्रैबाट चुनौती
०९ असार २०७९
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेसका शीर्ष नेतालाई पार्टीभित्रैबाट चुनौती

‘टिकट लिनु र पार्टीभित्रको व्यवस्थापन मिलाइसक्नु भनेको कांग्रेसमा ७५ प्रतिशत प्रतिनिधिसभाको निर्वाचन जित्नु हो। मतदातालाई भेट्नेसहितका बाँकी काम २५ प्रतिशत मात्र हो। पार्टीभित्रको गुटगत सन्तुलन मिलाउनु निर्वाचनमा कांग्रेसभित्र सबैभन्दा ठूलो चुनौतीको काम हो।’ २०६४ सालको संविधानसभा निर्वाचनअघि नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भनाइ हो यो। जतिबेला कांग्रेसका दुई प्रभावशाली नेता बास्तोला र कृष्णप्रसाद सिटौलाबीच झापामा पेचिलो प्रतिस्पर्धा थियो। दुवै नेता र उनीहरूका समर्थक आफू र आफ्नो नेतालाई चुनाव जिताउनुभन्दा अर्को नेता हार्दा खुसी हुने गरेको निकटहरू बताउँछन्।

कांग्रेसमा मौलाएको गुटगत प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थ झापाका बास्तोला र सिटौलामा मात्र होइन, पार्टी स्थापनादेखि नै शीर्ष तहमा प्रकट हुँदै आएको छ। नेता बिपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालासम्म मात्र होइन, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल हुँदै पछिल्लो पुस्ताका नेताहरूसम्म अग्रज, समकक्षी र कनिष्ठहरूसँग पनि प्रतिशोधको भाव प्रकट हुँदै आएको छ। यो क्रमले निरन्तरता पाउँदा आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सभापतिदेखि प्रभावशाली नेताका लागि प्रतिस्पर्धी दलभन्दा आफ्नै पार्टीभित्रका आकांक्षीको सन्तुलन र व्यवस्थापन मिलाउन चुनौतीपूर्ण बन्ने देखिएको हो।  

कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्ने सरकारको तयारी छ। निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, शेखर कोइरालाका साथै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीका लागि आफ्नै दलका नेताहरूको व्यवस्थापन चुनौती हुने देखिएको छ। २०४८ सालदेखि डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवालाई पार्टीका पूर्वजिल्ला सभापति कर्ण मल्ल चुनौतीका रूपमा खडा भएका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, शेखर कोइरालाका साथै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीका लागि आफ्नै दलका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ। नेताहरूको व्यवस्थापन नगरी निर्वाचनमा गए परिणाम पक्षमा पार्न थप मुस्किल हुनेछ।

पार्टीको क्रियाशील सदस्यता विवादले देउवासँग बढ्दै गएको मल्लको दुरी कारबाहीमा परिणत भएको छ। स्थानीय तह निर्वाचनमा एमालेसँग मिलेर मल्लले कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार खडा गरेका थिए। एमाले र माओवादी केन्द्र मिलेर २०७४ सालको निर्वाचनमा साझा उम्मेदवार खडा गर्दा पनि परिणाम आफ्नो पक्षमा पारेका देउवाविरुद्ध आगामी प्रतिनिधिसभा निर्वाचनमा मल्ल एमालेको साथ लिएर मैदानमा उत्रिने तयारीमा छन्।

तनहुँमा नेता रामचन्द्र पौडेलविरुद्ध पूर्वसहमहामन्त्री गोविन्दराज जोशी चुनौती बन्दै आएका छन्। पौडेलविरुद्ध २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विद्रोही उम्मेदवारी दिएका जोशीलाई साधारण सदस्यसमेत नरहनेगरी कांग्रेसले कारबाही गरेको छ।  

सो निर्वाचनमा पौडेल पराजित भएका थिए। लामो समय एउटै पार्टीमा रहेर काम गरे पनि पौडेल र जोशीबीचको सम्बन्ध कहिल्यै सुमधुर भएन। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारविरुद्ध जोशीले एमालेसँग मिलेर आफ्नै  

छोरालाई व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनाएका थिए। आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेसँग मिलेर जोशीले पौडेलविरुद्ध उम्मेदवारी दिने तयारीमा छन्। त्यति मात्र होइन, तनहुँ कांग्रेसका अन्य नेताहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, धु्रव वाग्ले पनि पौडेलले समानुपातिकमा बसेर प्रत्यक्षतर्फ आफूहरूलाई छाडिदिनुपर्ने पक्षमा छन्। तर नेता पौडेलले प्रत्यक्षतर्फ उम्मेदवारी दिने बताउँदै आएका छन्। भण्डारी, प्रदीप, भट्टराई र वाग्लेबीच पनि सुमधुर सम्बन्ध नरहेको निकट नेता बताउँछन्।

देउवा र पौडेलका लागि मात्र होइन, पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवाको निकटतम प्रतिस्पर्धी बनेका शेखर कोइरालाका लागि पनि मोरङमा अवस्था सहज छैन। प्रतिनिधिसभा निर्वाचनमा कोइरालाको क्षेत्रबाट निर्वाचन लड्न आफूले टिकट पाउनुपर्ने दाबी नेता रमेश रायमाझीले गर्दै आएका छन्। मोरङमा नेता महेश आर्चायको क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले गरेका छन्। नेता मीनेन्द्र रिजालको क्षेत्रबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्दै नेत्री सुजाता कोइरालाले सक्रियता बढाएकी छन्।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। त्यस्तै अमृत अर्याल, डिला संग्रौलासहितका नेताले पनि मोरङबाट निर्वाचन लड्न तयारी र सक्रियता बढाएका छन्। रिजाल र घिमिरे शेखरसँग निकट छन्। आर्चाय १४औं महाधिवेशनमा एक्लै उपसभापतिको प्रतिस्पर्धामा उत्रिएका थिए भने नेत्री सुजाता प्रकाशमान सिंहसँग जोडिएर उपसभापतिको उम्मेदवार बनेकी थिइन्। रायमाझी, अर्याल, संग्रौला सभापति देउवानिकट मानिन्छन्।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङका लागि पनि गृहजिल्लामा पार्टीभित्रको सन्तुलन मिलाउन चुनौतीपूर्ण देखिन्छ। अहिले पार्टी र सरकार सञ्चालनमा सुर्खेत निर्वाचन क्षेत्र भएका खड्का शक्तिशाली भूमिकामा छन्। तर पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी पक्षको भूमिकाले सुर्खेतको निर्वाचन परिणामलाई प्रभावित गर्ने निकटहरूको दाबी छ। खड्का र थानीबीच सम्बन्ध सुमधुर नरहेको भन्दै निकट स्रोतले भन्यो, ‘उम्मेदवार छनोटमा उपसभापति हाबी हुँदा थानी बाहिरिने सम्भावना छ। त्यस्तो बेलामा उहाँलाई पनि अप्ठेरो पर्न सक्छ।’ अर्का उपसभापति गुरुङलाई पनि गृहजिल्ला स्याङ्जामा आफ्नै पार्टीका प्रतिस्पर्धी नेताका कारण चुनाव लड्न सहज छैन।

गुरुङले स्याङ्जाबाट चुनाव लड्न पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मोहन पाण्डे, जिल्ला सभापति राजु थापासहितका नेताहरूलाई मिलाउनुपर्ने हुन्छ। पार्टीको वडा तहको अधिवेशनदेखि स्थानीय तह निर्वाचनसम्म आइपुग्दा प्रतिनिधिसभा निर्वाचनमा गुरुङ र श्रेष्ठ मिलेर अघि बढ्ने सम्भावना निकै कमजोर बन्दै गएको स्याङ्जाका एक नेता बताउँछन्। ती नेताले भने, ‘उहाँहरू दुवैमा पार्टीमा हैसियत उस्तैउस्तै भएकाले तँभन्दा म के कम जस्तो मानसिकता देखिन्छ।’

त्यस्तै महामन्त्रीद्वय काठमाडौंका गगनकुमार थापा र झापाका विश्वप्रकाश शर्मालाई पनि आगामी निर्वाचनमा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको विश्वास आर्जन गरेर अघि बढ्न चुनौती देखिएको छ। पहिलो संविधानसभामा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएका थापा त्यसपछि काठमाडौं–४ बाट उम्मेदवार बन्दै आएका छन्। आगामी निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट थापा उम्मेदवार बन्नेछन्। पार्टीको १३औं महाधिवेशनमा पूर्वमहामन्त्री सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका थापाले १४औं महाधिवेशनमा आइपुग्दा सिटौलाको साथ छाडे। थापाले आफूसँग परार्मश नगरी समूह परिवर्तन गरेको गुनासो सिटौलाले महाधिवेशन उद्घाटन सत्रमै गरेका थिए। काठमाडौंमा सिटौला समूहको पनि प्रभाव छ। महाधिवेशनमा थापाले समूह फेरेको असर प्रतिनिधिसभा निर्वाचनमा पर्न सक्ने विश्लेषण गर्न थालिएको छ।

अर्का पूर्वमहामन्त्री सिंहको काठमाडौंमा राम्रो पकड छ। पार्टीको १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका सिंहलाई थापाले सहयोग गरेनन्। सिंहले सभापतिको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई सहयोग गरेनन्। स्थानीय तहको निर्वाचनमा महाधिवेशनको असर परेको सिंहनिकटको आरोप छ। काठमाडौं महानगरपालिकाको प्रमुखमा सिंह पत्नी सिर्जनालाई कांग्रेसले उम्मेदवार बनाएको थियो। तर शेखर कोइराला र थापा पक्षले असहयोग गरेको निकटहरूको गुनासो छ। सिंहले महाधिवेशनमा शेखर कोइरालालाई सहयोग नगरेर देउवालाई समर्थन गरेको रिस आगामी निर्वाचनमा पोख्ने पक्षमा कतिपय देखिएका छन्।

महामन्त्री थापासहितका नेताले स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै सिंह पक्षले पनि आगामी निर्वाचनमा हिसाब हुने बताउँदै आएको छ। सिंह र थापाबीचको अविश्वासलाई बेलैमा चिर्न नसकेकोल यसको असर निर्वाचनमा दुवैलाई पर्न सक्छ। एकले अर्कालाई साइजमा ल्याउने र असहयोगको भाव राखे दुवैका लागि निर्वाचन परिणाम अफ्नो पक्षमा पार्न चुनौती हुने निकटहरूको बुझाइ छ। सिंह काठमाडौं–१ र थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य छन्।

झापा गृहजिल्ला भएका महामन्त्री शर्मा र पूर्वमहामन्त्री सिटौलाको सम्बन्ध पनि सुमधुर छैन। बाहिर उनीहरूबीच जति हार्दिकता र सौहार्दता देखिन्छ भित्र त्यत्ति नै तिक्ततापूर्ण सम्बन्ध रहेको जिल्लाकै नेताहरू बताउँछन्। दुवै नेताबीच जिल्ला तहमा मात्र होइन, गाउँ तहसम्मै प्रतिस्पर्धा छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा दुवै नेताबीच आ–आफ्नौ पक्षलाई टिकट दिलाउने र जिताउने प्रतिस्पर्धा देखिएको थियो। झापाका एक नेताले भने, ‘२०७४ सालमा पनि आपसमा नमिल्दा दुवैजनाले निर्वाचन हार्नुभयो। आगामी निर्वाचनमा पनि त्यस्तै हुने सम्भावना छ।’ झापा–१ र ३ बाट अघिल्लो निर्वाचनमा उम्मेदवारी दिएका शर्मा र सिटौला आगामी निर्वाचनमा पनि मिल्न नसके त्यसको असर अन्य निर्वाचन क्षेत्रमा पनि पर्ने निकटहरूको बुझाइ छ।  

पूर्वमहामन्त्री शशांक कोइरालाका लागि आगामी निर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका उद्योगी विनोद चौधरी चुनौती बन्ने देखिएको छ। शशांककै निर्वाचन क्षेत्रबाट चौधरीले पनि उम्मेदवारी दिने बताउँदै आएका छन्। तीन पूर्वसहमहामन्त्री रहेको नुवाकोटमा महत र केसी (रामशरण महत, प्रकाशशरण महत र अजुर्ननरसिंह केसी, जगदिश्वरनरसिंह केसी) परिवारबीच तीव्र प्रतिस्पर्धा छ। जगदीश्वरबाहेकका तीनैजना कांग्रेसका पूर्वसहमहामन्त्री हुन्। केन्द्रीय सदस्य बहादुरसिंह तामाङ पनि नुवाकोटकै हुन्।

रूपन्देहीमा गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाण र भरतबहादुर शाहबीच पनि राम्रो सम्बन्ध छैन। सार्वजनिक लेखा समिति सभापति रहेका शाहले खाणकै कारण आफू मन्त्री हुनबाट रोकिएको गुनासो गर्दै आएका छन्। पार्टीको १४औं महाधिवेशनमा शाह लुम्बिनी प्रदेश सभापतिको प्रत्यासी बन्दा पनि खाणले सहयोग नगरेको आरोप छ। कञ्चनपुरमा एनपी साउद र रमेश लेखक एकअर्काका लागि मुख्य चुनौती रहेको त्यहाँका नेताहरू बताउँछन्। कैलालीमा पनि केन्द्रीय सभापति एवं प्रधानमन्त्री देउवा पत्नी आरजुका लागि आगामी प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीभित्रकै सन्तुलन र व्यवस्थापन मुख्य चुनौती रहेको निकटहरूको दाबी छ।

कसलाई को चुनौतीः

शेरबहादुर देउवाकर्ण मल्ल
रामचन्द्र पौडेलगोविन्दराज जोशी
शेखर कोइरालारमेश रायमाझी
महेश आचार्य गुरुराज घिमिरे
 मीनेन्द्र रिजालसुजाता कोइराला
पूर्णबहादुर खड्का हृदयराम थानी
धनराज गुरुङगोपालमान श्रेष्ठ
गगन थापा प्रकाशमान सिंह
विश्वप्रकाश शर्माकृष्णप्रसाद सिटौला
शशांक कोइरालाविनोद चौधरी
बालकृष्ण खाणभरतबहादुर शाह
एनपी साउद रमेश लेखक  
 

लोकप्रिय
अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस