मुख्य दललाई उम्मेदवार छान्न सकस
२२ चैत्र २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
मुख्य दललाई उम्मेदवार छान्न सकस

आउँदो स्थानीय तहको निर्वाचनमा वडातहमा धमाधम उम्मेदवार छनौट प्रक्रिया अगाडी बढेपनि तीन मुख्य दललाई स्थानीय तहको प्रमुखको उम्मेदवार छनोटको प्रक्रिया चुनौतीपूर्ण बन्ने देखिएको छ। जिल्लामा रहेको १ नगर र पाँच गाउँपालिका प्रमुखमा उम्मेदवार हुन चाहने धेरै भएपछि कसलाई छान्ने भन्ने अन्योलमा छन्। 

चुनाव लक्षित घरदैलो अभियान सहितका कार्यक्रममा व्यस्त रहेका ठूला दलले अहिलेसम्म वडामा उम्मेदवार टुंगाउन थालेको अवस्थामा नगर र पालिकामा आकांक्षी धेरै भएपछि आन्तरिक छलफलमा ब्यस्त छन्। सत्ता गठबन्धन पहिलो अनौपचारिक बैठक बसेपनि ठोस निर्णयमा पुग्न सकेको छैन। गठबन्धनको छलफलमा जुटेपनि नेपाली कांग्रेस घरदैलो अभियानमा सक्रिय छ।

अहिलेसम्म कांग्रेसले कुनैपनि पालिकामा वडा अध्यक्ष समेत छनौट गरेको छैन भने नग र र पालिकाभित्रका उम्मेदबारका बारेमा समेत बोलेको छैन्। कांग्रेसको बेनी नगरमा आधा दर्जनभन्दा बढी आकाँक्षी छन् भने केहीले सर्वसम्मतिमा मात्रै मैदानमा उत्रिने भन्दै नेतृत्वलाई मनोबैज्ञानिक दवाव दिइरहेको देखिन्छ। 

माओवादी केन्द्रले विभिन्न वडामा अध्यक्षको उम्मेदवार छनौट गरेको छ भने पालिका अध्यक्षमा समेत नेतृत्व तहबाट तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ। माओवादीले वडामै उम्मेदवार घोषणा गरेपछि  गठबन्धन भएमा उम्मेदवारलाई ब्यवस्थापन गर्न समस्या हुने देखिन्छ। यता नेकपा एमालमा समेत आँकाक्षीको संख्या धेरै भएपछि आन्तरिक तयारीमा जुटेको छ।  

एमालेभित्र नगरपालिकामा चारजना आकाँक्षी छन्। कांग्रेस र नेकपा एमालेमा वडादेखि प्रमुखसम्म हालका जनप्रतिनिधि दोहोरिन चाहन्छन् भने उपप्रमुखहरूले प्रमुखमा प्रतिस्पर्धा गर्न तयार रहेको देखिन्छ। कांग्रेसले जितेको स्थानीय तहमा एमालेबाट उपप्रमुखमा रहेकाहरूलाई अवसर दिनुपर्ने नेकपा एमालेभित्र चर्को दवाव छ।जनमतको हिसाव,अनुभव र मतदातासँग घुलमिल भएकाले पनि पार्टीभित्र लविङ गरेको देखिन्छ भने नेपाली कांग्रेसबाट प्रमुखमा जितेकाहरु दोहोरिएमा उपप्रमुखले समेत आफ्नो तर्क सहितको दावेदारी प्रस्तुत गरेका छन्।यसपटक ठुला दललाई साना दलले समेत चुनावी मैदानबाटै प्रतिस्पर्धाको संकेत गरेका छन्।  

एकिकृत समाजवादीले संगठन विस्तारमा ध्यान दिएपनि सातदलीय गठबन्धनमै ध्यान केन्द्रित गरेको छ। नेशनल मंगोलबाट सबै पालिकामा उम्मेदवारीका लागि वडा अध्यक्ष चुन्न थालेको छ  भने राप्रपाले अहिलेसम्म एकल प्रतिस्पर्धा भनेपनि थप छलफल गरेको छैन्। रघुगंगा गाउँपालिकामा स्वतन्त्रका उम्मेदवारको समेत रहरलाग्दो तयारीले थप माहोल तातेको छ। नगर र गाउँपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार हुन चाहनेको पंक्ति लामै भएकाले सहमति नत्र प्रदेशबाट टुंगो लगाउने ठूला दलको भनाई छ। 

जिल्लामा उम्मेदवार छनौटमा कांग्रेस र एमालेमा दवाव र नेकपा माओवादी केन्द्र सहित अन्य साना दलमा सहज देखिन्छ।एउटा पालिकामा ५/७ जनाभन्दा बढी आकांक्षी देखिएका छन्। पार्टीको अभियानमै रहेका नेताहरू उम्मेदवारको आकांक्षी भएपनि आफ्नो चाहना खुलेर बताउन सकेका छैनन भने निकटहरुबाट सामाजिक सञ्जालमा पोष्ट गरी पार्टीमा दवाव दिन खोजेका छन्। ग्रामिण क्षेत्रमा चुनावी चहलपहल बढेसँगै सम्भावित उम्मेदवारबारे चर्चा हुन थालेको मतदाता बताउँछन्। 

जिल्लाभित्र वडातहमा समेत अधिकांस पुरानै अनुहार उम्मेदवार बन्ने भएका छन्। अघिल्लो निर्वाचनमा जितेका, जित्ने सम्भावना बोकेका अनुहारलाई प्राथमिकता दिने ठूलो दलको दाउ छ। कांग्रेसको जिल्ला र महाधिवेशनको गुटको प्रभाव देखिने, एमालेभित्र समेत आकाँक्षीको पावर सेन्टरमा चहलपहल र माओवादीले तालमेलबाट जित्ने ठाउँमा उम्मेदवार बन्न निकै पहल गरेको छ। 

चैत्र महिनाभित्र सबै दलले उम्मेदवार टुंगो लगाउने निश्चित जस्तै छ। नगर, गाउँपालिका र वडा तहअनुसार आकांक्षीहरूलाई सर्वसम्मत बनाउन दलहरूले कार्यतालिका कसिलो बनाइरहेका छन्। स्थानीय तहको निर्वाचनमा धेरै पालिका जित्ने दललाई आगामी प्रदेश र प्रतिनिधिसभाको यात्रा सहज हुने भएकाले पनि दलहरू आफ्नो सम्पूर्ण शक्ती चुनावमा केन्द्रित गरेका छन्।

लोकप्रिय
अर्को समाचार
गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस, सर्वसम्मतको बाटोमा एमाले
२१ चैत्र २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस, सर्वसम्मतको बाटोमा एमाले

गठबन्धनका दलहरुलाई उम्मेद्वार छान्न वडा स्तरमै सकस भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलाई आकांक्षी धेरै हुँदा वडाध्यक्ष, सदस्यहरु छनौटमै समस्या भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।  

‘केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकांक्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेश क्षेत्र, क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,’ कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘जिल्लासम्म आउँदा उम्मेद्वार टुङ्ग्याउँछौँ, यो पक्रिया सुरु भईसकेको छ।’

सदरमुकाम रहेको गोरखा नगरपालिका ६ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार दावी गर्ने ७ जना छन् भने एक दलित महिला, एक जना महिला र दुई खुल्ला सदस्यका लागि १५ भन्दा  बढी आकांक्षी छन्। दुईभन्दा बढी उम्मेद्वार अधिकांस वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन हुन मुस्किल छ। कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले भने ‘पालिकाले क्षेत्रीय समितिलाई र जिल्लासम्म चैत २७ गते आईपुग्नेछ।’ क्षेत्रसम्म पनि नटुङ्गिएमा जिल्लाले उम्मेद्वार टुङ्ग्याउने उनले बताए।  

सत्ता गठबन्धनमा रहेका दलहरु बिच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दावी छाडेका छैनन्। यस अघि जनप्रतिनिधि भएर काम गरेका अधिकांसले पुन उम्मेदवार हुन पाउनुपर्ने दावी गरेका छन्। दोहोरिन चाहेका अधिकांस पुरानै पद लिएर पनि चुनाव लड्ने तयारीमा छन् भने केही मात्रै माथिल्लो पदमा आकांक्षी देखिएका छन्।  

माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले आन्तरिक रुपमा उम्मेद्वार को हुने भन्ने विषयमा गृहकार्य भईरहेको बताए। पालिका र वडा स्तरमा पनि गठबन्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा दलहरुबीच स्थानीय स्तरमा छलफल चलिरहेको उनले बताए। माओवादी केन्द्रले वडादेखि उम्मेद्वार सर्वसम्मत टुङ्ग्याउन अधिकांस ठाउँमा सकेको छैन। यस अघिको निर्वाचनमा कांग्रेससँग थोरै मतले पराजित भएको माओवादी केन्द्रले आफ्नो उपस्थिती धेरै वडा, पालिकामा देखाउन चाहेको छ। गठबन्धन भएको खण्डमा उम्मेदवार बन्न चाहनेको लर्को माओवादी केन्द्रमा पनि छ। गठबन्धन नहुँदा पनि विजयी भएको ठाउँमा दोहोर्‍याउने मनस्थितीमा जनप्रतिनिधि देखिन्छन्।  

कांग्रेस र माओवादी एक अर्कालाई प्रतिष्पर्धी दलको रुपमा लिएको गोरखामा गठबन्धनपछि नतिजा आफ्नो पक्षमा हुने दुवैको दावी छ।  

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले उम्मेद्वार छनौटको प्रक्रिया चलिरहेको बताए। ‘कतिपय ठाउँमा छनौट भईसक्यो, एक दुई दिनमा सबै वडामा सकिन्छ,’ उनले भने, ‘केही ठाउँमा उम्मेद्वारको आकांक्षी धेरै छन्। समस्याको आन्तरिक रुपमै हल गर्छौँ।’ गठबन्धन हुँदा कहाँ उम्मेद्वार लिने, कहाँ छाड्ने भन्ने यकिन हुन बाँकी रहेको उनले बताए। पालुङटार नगरपालिकामा मेयरका लागि ६ जना र उप मेयरका लागि ९ जना इच्छा देखाएका थिए। सर्वसम्मत गर्ने केन्द्रीय र जिलला नेताको प्रयास असफल भएको थियो।  

सांगठनिक रुपमा गठबन्धनको दलहरुमा कमजोर देखिएको नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको निर्णय अनुसार उम्मेद्वार चयन गर्ने जनाएको छ। जिल्ला अध्यक्ष यादव बस्नेतले एक्लै उम्मेद्वारी दिनुपर्दा पनि तयारी गरिएको बताए। चुनावी तालमेल गर्नुपर्दा पनि उम्मेद्वार भने तय भएको बताउँदै उनले भने ‘पार्टी भित्र उम्मेद्वार चयन गर्दा सर्वसम्मतको प्रयास हुनेछ।’

सोमवार पनि बैठक बसेर दलहरुले सत्ता गठबन्धन बीच चुनावी तालमेलको प्राविधिक बिषयमा छलफल गरेका छन्। संयन्त्र संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले तीन बुँदे निर्णय गरेको हो।

गठबन्धनको बारेमा केन्द्रीय समितिबाट जिल्ला र पालिका समितिहरुमा प्राप्त पत्रहरुको फरक फरक सन्देश प्रवाह भएको र जिल्ला नेतृत्वमा फरक फरक बुझाई हुन निश्कर्ष बैठकले निकालेको छ। सो सन्दर्भमा परिपत्र पठाउँदा सबै दलहरुलाई सहज, सरल र एकरुपता हुने गरी एउटै परिपत्र गर्न केन्द्रीय गठबन्धन संयन्त्रलाई अनुरोध गर्ने निणर्य बैठकले गरेको छ।  

बैठकले गठबन्धन दलको जिल्लाको अवस्थाको बारेमा आ–आफ्नो दलको केन्द्रीय समितिमा जानकारी गराउने निर्णय गरेको छ। साथै सोमवार दलहरुले आफ्नो सांगठनिक अवस्था र गठबन्धनको बारेमा धारणा प्रस्तुत गरी समिक्षा गरेका थिए।  

नेकपा एमाले भने उम्मेद्वार चयन सर्वसम्मत गराउने योजनामा छ। चैत्र २८ गतेसम्म वडा, गाउँपालिका तथा नगरपालिकाको उम्मेद्वार चयन गरिसक्ने जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए। ‘केन्द्रीयदेखि जिल्ला, पालिका, वडासम्मको पार्टीको अधिवेशनहरु सर्वसम्मत गरेको एमालेले उम्मेद्वार पनि सर्वसम्मत गर्नेछ,’ अध्यक्ष गुरुङले भने, ‘पालिकास्तरमा केही ठाउँमा धेरै आकांक्षी हुनुहोला, हामी आन्तरिक रुपमा मिलाउँछौँ।’

वडा र पालिकाले टुङ्गो लगाएको दुई दिनभित्र जिल्लाले उम्मेद्वार चयन गर्ने उनले बताए। चैत्र मसान्तसम्म नेकपा एमालेले वडा, पालिकाको उम्मेद्वार छनौट गर्ने जनाएको छ। सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुने विषयमा उनले राजनीति र बिचार नमिल्नेहरु कहिँकतै मिल्न नसक्ने दावी गरे। ‘गठबन्धनले परिणाममा केही फरक पर्न सक्छ,’ उनले भने, ‘तर यसले नेकपा एमालेलाई घाटा गर्दैन, फाइदा गर्छ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस