एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन्। उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने खुलेर एमसिसीको पक्षमा उभिएका छन्। एमसिसी सदनबाट पास हुनैपर्ने उनको भनाइ छ। एमसिसीसम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादवनिकट नेताहरू बताउँछन्।
एमसिसीमा यादव नखुलेपछि पार्टीमा उनी पक्षका नेता अलमलमा छन्। एमसिसीमा यादवको धारणा के हो भन्ने उनीनिकट नेतालाई पनि थाहा छैन। सत्ता गठबन्धनको शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष यादव सहभागी थिए। बैठकमा उनले मध्यममार्गी बाटो एमसिसी सदनमा पेस गर्न दिनुपर्ने धारणा राखेको तर पास गर्ने या नगर्नेबारे केही नबोलेको स्रोतले बतायो। अध्यक्ष यादवनिकट एक नेताले भने,‘एमसिसीमा नखुले पनि उहाँको भित्री मनशाय यथास्थितिमा यो पास गर्नु हुँदैन भन्ने बुझ्न सकिन्छ तर बोल्नुभएको छैन।’
जसपा सांसद इस्तियाक राई एमसिसीजस्तो महत्वपूर्ण र चर्चित विषयमा पार्टीले निर्णय गरी एउटा धारणा बनाउनुपर्ने बताउँछन्। जसपा कार्यकारिणी समिति सदस्य तथा मिर्गेन्द्रसिंह यादवले भने, ‘उहाँ (अध्यक्ष) ले एमसिसीको विषयमा प्रस्ट बोल्नुभएको छैन। पक्षमा हुनुहुन्छ या विपक्षमा हुनुहुन्छ, थाहा हुन सकेको छैन।’ जसपा कार्यकारिणी समितिका अर्का सदस्य मनीष सुमनले एमसिसीबारे पार्टीले संस्थागत निर्णय गर्न नसक्दा आफूहरू अलमलमा परेको बताए। ‘म व्यक्तिगत रूपमा एमसिसीको पक्षमा छु तर पार्टीले संस्थागत निर्णय नगर्दा हामी अलमलमा परेका छौं,’ उनले भने, ‘अब एमसिसीबारे पार्टीले तत्काल बैठक गरी संस्थागत निर्णय गर्नुपर्छ।’
अध्यक्ष यादव पक्षका मिर्गेन्द्रसिंहले पनि आफू व्यक्तिगत रूपमा एमसिसीको पक्षमा रहेको बताए। ‘म व्यक्तिगत रूपमा एमसिसीको पक्षमा छु तर पार्टीले संस्थागत निर्णय गर्न नसक्दा आधिकारिक लाइनबारे भन्न सक्ने अवस्थामा छैन,’ उनले भने। जसपाका अर्का एक नेता एवं सांसदले भने, ‘अध्यक्ष यादव एमसिसीको पक्षमा खुलेर बोल्न नसक्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सम्बन्ध र संगतले बढी काम गरेको हुनुपर्छ। संघीय परिषद्का अध्यक्ष प्रस्टसँग एमसिसीको पक्षमा उभिएका बेला उहाँ (अध्यक्ष यादव) ले पनि अब धारणा बनाउनुपर्छ।’
स्रोतका अनुसार जसपाका १९ सांसद (दुई निलम्बितबाहेक) मध्ये बहुमत एमसिसीको पक्षमा छन्। यादवनिकट भनिएका/चिनिएका सांसदसमेत एमसिसीको पक्षमा उभिएको स्रोतको भनाइ छ। जसपाबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी पनि एमसिसीको पक्षमा उभिएको छ। प्रतिनिधिसभामा यो दलका १३ सांसद छन्।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।