‘गौर काण्डमा उपेन्द्र यादवलाई जोडे मधेसमा फेरी आगो बल्छ’
०५ भदौ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘गौर काण्डमा उपेन्द्र यादवलाई जोडे मधेसमा फेरी आगो बल्छ’
सिरहाको धनगढिमाई नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव । तस्विरः मिथिलेश यादव/नागरिक

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पटक पटक मधेसवादी शक्तिलाई समाप्त पार्ने शासकले यस पटक पनि मधेसी शक्ति समाजवादी पार्टीलाई सिध्याउन गरिरहेको प्रयास सफल नहुने टिप्पणी गरेका छन्।

‘मधेसी शक्तिलाई सिध्याउने शासकको सपना न पहिला पूरा भयो न कहिल्यै हुन्छ’ सिरहाको धनगढीमाईमा जसपाले गरेको वृहत् पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै उनले भने।

अध्यक्ष यादवले गौर हत्याकाण्डबारे सरकारले पीडित भनिएकासँग गरेको सहमतितर्फ संकेत गर्दै भने, ‘मधेसको शक्तिलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ। तर, यो सफल हुँदैन्।’

‘मधेस र मधेसीलाई समाप्त पार्न खोज्ने आफैं समाप्त हुन्छ’ यादवले भने, ‘कुनै पनि ताकत अब मधेस र मधेसीलाई गुलाम बनाउन सक्दैन। अब मधेसी २१ औं शताब्दीको संगठित र जागरूक मधेसी हुन कसैको सामुन्ने झुक्ने बाला छैन। यो देशमा जसपा रहँदासम्म मधेस र मधेसीमाथि कुनैपनि शक्तिले आँखा देखाउन सक्दैन अब मधेसको स्वाभिमान रक्षाका लागि अन्तिम साससम्म लडिरहन्छु।’

उनले नागरिकताको समस्यालाई सम्बोधन गराउन मात्र नभई समावेशी लोकतन्त्र स्थापनाको जग पनि मधेस आन्दोलन भएको जिकिर गरे।

‘देशमा नागरिकताको समस्यालाई सम्बोधन गराउन मात्र होइन समावेशी लोकतन्त्र स्थापनाको जग पनि मधेस आन्दोलन हो’ उनले भने, ‘मधेस आन्दोलनको बलमा केही उपलब्धि हासिल भएका छन्। केही बाँकी छन्। संविधान संशोधनमार्फत साशकीयस्वरुपमा परिवर्तनको माग अझै पूरा भएको छैन। यसका लागि निरन्तर दबाब दिइरहेका छौं। अहिलेको संसदीय व्यवस्थाअनुसार देश प्रगतितर्फ अगाडि बढ्न सक्दैन।

सङ्घीयता आयो तर प्रहरी, कर्मचारी प्रदेश सरकार मातहत आउन नसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘यसका लागि सरकारको नेतृत्वसँग पटक पटक कुरा उठाइरहेका छौं। संघीय व्यवस्थालाई बलियो बनाउन प्रदेश र प्रदेश सरकारलाई अधिकार सम्पन्न बाउनुपर्छ। प्रदेश बलियो नभई सङ्घीयता बलियो हुन सक्दैन। प्रदेश सरकार छ तर प्रहरी प्रशासन छैन। प्रहरी बिनाको सरकार दुनीयामा कहीँ छ ? उनले प्रश्न गरे।

पहिलो मधेस आन्दोलनभन्दा पलिला मधेसी, धोतीभई, बिहारी, भन्थे, हेप्थे ०६३ को माघे मधेस आन्दोलन अघिको समय सम्झँदै अध्यक्ष यादवले भने, ‘अहिले त्यसो भन्नेहरु नै अहिले गौरवका साथ आफूलाई मधेसी भन्छन्। यो मधेस आन्दोलनको देन हो। मधेसमा मधेस सरकारको निर्माण भएको छ। संसारमा छाती ठाकेर हामी मधेसी हौं र मधेस हाम्रो प्रदेश हो भन्न सक्ने भएका छौं यो गौरवको कुरा हो।’

मधेस आन्दोलन भन्दा पहिला मधेसी, दलित, महिला, मुस्लिमलगतको कहिँकतै प्रतिनिधित्व थिएन अध्यक्ष यादवले सम्झाए, ‘नामका लागि एकआध जनालाई राखिदिन्थे। तर, मधेस आन्दोलनपछि वडादेखि संसद्मा दलित, महिला, मुस्लिम, आदिवासी, जनजाति, मधेसी, सीमान्तकृतको समावेशी प्रतिनिधित्व व्यावस्था भएको छ’ उनले भने, ‘यो समावेशी लोकतन्त्र मधेस आन्दोलन र आजको जसपाको देन हो।’

कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री विरेन्द्र महतोले गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जोडे फेरि मधेसमा आगो बल्ने चेतावनी दिए।

मन्त्री महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर सरकारले अनुसन्धान अघि बढाए मधेसमा फेरि ०६३/०६४ जस्तो आगो बल्ने बताए। मन्त्री महतोले राजनीतिक आन्दोलनमा भएका घटनालाई उछालेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको पनि बताए।

घटनाकै बेला दुनीयाभरका मानवअधिकार, न्यायिक समितिले अनुगमन गरी तयार पारेको प्रतिवेदनलाई किनारा गर्दै अध्यक्ष यादवलाई घटनामा जोड्न खोज्नु दुर्भाग्यपूर्ण हो, उनले भने।

कार्यक्रममा जनमत पार्टीबाट प्रदेशसभा उम्मेदवार बनेकासहित सैयौं नेता कार्यकर्ता जसपामा प्रदेश गरेका थिए।

लोकप्रिय
अर्को समाचार
अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक
२५ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।

आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस