कर्णाली प्रदेश सभा सचिवालयमा ‘अन्वेषण तथा आविष्कार’ विधेयक दर्ता भएको छ। अन्वेषण तथा आविष्कार प्रवद्र्धन गर्ने छुट्टै कानून बनाउन विधेयक दर्ता भएको हो। जुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गराएका हुन्।
विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि छुट्टै कानुन बनाउन यो विधेयकले महत्वपूर्ण योगदान पुर्याउने देखिएको छ। यसअघि सिँजा सभ्यता तथा संरक्षण विधेयक दर्ता गराएका सांसद भण्डारीले दोस्रो गैरसरकारी विधेयकका रुपमा ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गराएका हुन्।
विज्ञान प्रविधिको क्षेत्रमा नव प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक र प्राविधिक जनशक्तिलाई परिचालन गरी समृद्धियुक्त समाज निर्माण गर्ने विधेयकको उद्देश्य रहेको छ। सांसद भण्डारीले अब्बल मष्तिष्कहरूको प्रयोग नहुँदा प्रतिभावान जनशक्तिको प्रमुख रोजाई खाडीमुलुक हुन पुगेको बताउँदै अब ती प्रतिभालाई स्वदेशमै स्थान दिइने गरी यो विधेयक दर्ता भएको बताए।
कर्णाली क्षेत्रका प्रतिभाहरुलाई केन्द्रीत गरेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने काम पनि आविष्कार केन्द्रले गर्नेछ। नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
पलायन हुँदै गरेको प्रतिभालाई उत्पादनसँग जोड्ने र नयाँ अवधारणा ल्याएर आउनेलाई पैसा दिएर जाने नीति अख्तियार गर्ने उनी बताउँछन्। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ, असम्भव भनिएका कुराहरू पनि सम्भव गरेर देखाउँछ। अब्बल मस्तिष्कहरूको सम्मान गर्दै प्रतिभाहरुलाई कर्णालीले स्थान दिन्छ’, उनले भने, ‘कर्णाली हरेक क्षेत्रको केन्द्र बन्न सक्छ। तर इच्छाशक्ति र अथक मेहनतको खाँचो छ। कर्णालीले नयाँनयाँ आविष्कार गरेर नयाँ सन्देश फैलाउन सक्ने सामथ्र्य राख्दछ।’
भण्डारी जुम्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सांसद हुन्। २०६४ मा संविधान सभा सदस्य हुँदा उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक–२०६८ दर्ता गरेका थिए। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र स्वास्थ्यका क्षेत्रमा अनुसन्धान गरिरहेको छ।
विधेयकमा प्रतिष्ठानले विज्ञान तथा प्रविधिका विषयमा प्राथमिकताको आधारमा अध्ययन, अनुसन्धान तथा विकास र प्रवद्र्धन गर्ने, प्रविधि हस्तान्तरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्ने सम्बन्धमा प्रदेश सरकारलाई सहयोग पुर्याउने व्यवस्था गरिएको छ।
कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन चार महिनामा १५ पटक बसेर अन्त्य भयो। संसदलाई कानुन बनाउने थलोका रुपमा लिइन्छ। तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गतेबाट सुरु भएको थियो। बैशाख १८ सम्म आइपुग्दा मुख्यमन्त्रीले राजकुमार शर्माले तीन पटक विश्वासको मत दिने काम गरे। तर, एउटै विधेयक संसदबाट पारित गराउन सकेनन्। सरकारले संसदलाई ‘विजनेश’ दिन नसक्दा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रभावहिन देखियो।
प्रदेशसभा सचिव जीवनराज बुढाथोकीका अनुसार दुई वटा विधेयकलाई विषयत समितिमा पठाइएको बताए। ‘यो अवधिमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्र्न बनेको विधेयकलाई विषयत समितिमा पठाउने निर्णय भएको छ,’ प्रदेशसभा सचिव बुढाथोकीले भने, ‘चालू अधिवेशनमा प्रदेशसभाबाट कुनै विधेयक पारित हुन सकेनन्।’ सचिव बुढाथोकीका अनुसार कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक प्रदेश मामिला समिति र खेलकुद विकास ऐनलाई सामाजिक विकास समितिमा छलफलका लागि पठाइएको बताए।
तीन पटक विश्वासको मत
प्रदेशसभाको १५ वटा बैठक बस्दा तीन वटा बैठक मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रयोजनका लागि थियो। मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको दोस्रो बैठकको पहिलो अधिवेशनमै तीन पटक विश्वासको मत लिनुप¥यो।
मुख्यमन्त्री शर्माले माघ ६ गते, चैत १७ गते र बैशाख १५ गते गरेर तीन पटक विश्वासको मत लिएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक माघ ६ गते विश्वासको मत लिएका शर्माले तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेकको समर्थन पाएका थिए। ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १४ सांसद छन्।
पहिलो पटक विश्वासको मत दिएको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिए। दोस्रो पटक राप्रपाबाहेक सबैले उनलाई विश्वासको मत दिएका थिए। कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका सभामुखबाहेक ९, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।
केन्द्रको राजनीतिक समीकरण फेरिएपछि एमालेले माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई लिएको विश्वासको मत फिर्ता लियो। मुख्यमन्त्री शर्माले बैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिए। उनलाई एमाले र राप्रपाबाहेकले विश्वासको मत दिए। दोस्रो कार्यकालको प्रथम प्रदेश अधिवेशनका १५ बैठक मध्ये तीन वटा बैठक मुख्यमन्त्रीलाई विश्वासको मत दिनमै वित्यो।
सभामुख र उपसभामुख निर्वाचन
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनले सभामुख, उपसभामुख निर्वाचनसँगै विषयत समिति गठन गरेको छ। कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते भएको थियो। सभामुखमा नेकपा एमाले सांसद नन्दा गुरुङ निर्वाचित भइन्। उनले कांग्रेसका खड्ग पोखरेललाई पराजित गरेकी थिइन्। उति बेला माओवादी केन्द्र र एमालेको गठबन्धन थियो। यहीँ गठबन्धनबाट उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भइन्। कर्णाली प्रदेशको सभामुख र उपसभामुख दुबै जना महिला छन्।
विषयगत समिति गठन
कर्णालीमा चार वटा विषयत समितिहरु छन्। दोस्रो कार्यकालको प्रथम अधिवेशनको अन्तिम बैठकले विषयत समितिलाई पूर्णता दिएको छ। कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति छन्।
ति मध्ये प्रदेश मामिला समितिमा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी छन् भने सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, तुल्सा मल्ल, देवेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही छन्।
यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, वलीमाया बुढा, विजया बुढा, वीरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट छन् भने सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गमता विक, घनश्याम भण्डारी, जुम्कित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।