कर्णालीका सांसदले भने: कर्णालीको प्रतिपक्षी रोग, भोक र पछौडेपन हो
१८ पौष २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीका सांसदले भने: कर्णालीको प्रतिपक्षी रोग, भोक र पछौडेपन हो

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले कर्णालीको रोग, भोक, गरिवी र पछौडेपनविरुद्ध एक ठाउँमा उभिने प्रतिवद्धता जनाएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशको पहिलो बैठकमा बोल्ने राजनीतिक दलका नेताहरुले मुलुकको राजनीतिभन्दा माथि उठेर आफूहरु कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए।  

नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्षी रोग, भोक, गरिवी र पछौडेपन भएको बताए। ‘मुलुकको राजनीति जस्तो सुकै भएपनि कर्णालीमा हाम्रो प्रतिपक्ष रोग, भोक, गरिवी र पछौडेपननै हो,’ मुख्यमन्त्री शाहीले भने, ‘यसका विरुद्ध हामी सबै एकै ठाउँमा उभिन आवश्यक छ।’ मुख्यमन्त्री शाहीले कर्णालीका १७ लाख जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको बताए।

‘प्रदेशसभा कानुन निर्माण गर्ने थलो हो,’ उनले भने, ‘राम्रो कानुन बनाएर १७ लाख जनताको पक्षमा काम गरेर देखाउनुपर्ने बेला आएको छ।’ उनले कर्णाली पछाडि पारियो भन्ने अवस्थाको अन्त्य भइसकेको बताउँदै अव कर्णाली बनाउने जिम्मेवारी प्रदेशसभाका सदस्यहरुको काँधमा आएको बताए। माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले गरिवीनै कर्णालीको मुख्य दुस्मन, शत्रु र प्रतिपक्षी भएको बताए।

‘गरिवीका विरुद्ध लड्नका लागि साझा अवधारणा आवश्यक छ,’ उनले भने, ‘यसका लागि नीति, विधि र सो अनुसारको काम गर्ने प्रतिवद्धता जनाउँछौं।’

माओवादी संसदीय दलका नेता शर्माले कर्णाली सुनको डल्लो भएको बताउँदै यसलाई गहनाको रुपमा परिणत गर्नका लागि जनताले आफूहरुलाई कालिगढको रुपमा पठाएको बताए। ‘कर्णाली सुनको डल्लो हो, सुनको डल्लोलाई गहनाको रुपमा परिवर्तन गर्ने कालिगढ चाहिएको छ, जनताले हामीलाई कालिगढका रुपमा पठाएका छन्,’ उनले भने, ‘हामी कालिगढ हुन्छौं कि हुँदैनौं, सुनको डल्लोलाई परिवर्तन गरेर गहना बनाउन सक्छौं कि सक्दैहनौं भन्ने महत्वपूर्ण कुरा हो।’  

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सबै सुचकांकमा पछाडि रहेको कर्णालीलाई देखिने गरेर परिवर्तन गर्नु आवश्यक रहेको बताए। कँडेलले कर्णालीमा विकास गर्ने नभइ विकास खाने मनोविज्ञान हामी रहेको बताए। ‘विकास गर्ने होइन्, विकास खाने मनोविज्ञमानलाई बदल्ने काम गर्नु आवश्यक छ,’ उनले भने, ‘दोस्रो कार्यकालमा कर्णालीबासीलाई सकारात्मक सन्देश दिने गरी सकारात्मक भूमिका खेल्नु आवश्यक छ।’

एमाले संसदीय दलका नेता कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सहयोग र समर्थन रहने बताए। कँडेलले प्रदेशको संरचना, औचित्य र आवश्यकतामाथि प्रश्न उठेको बताउँदै प्रदेश संरचनाको महत्व र औचित्य पुष्टी गर्ने गरी काम गर्नुपर्ने बताए। उनले दशकौंदेखि आन्दोलन गरेर स्थापित भएका राजनीतिक दलहरुलाई खहरे जस्तै आएका राजनीतिक दलहरुप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुन आवश्यक रहेको बताए।  

‘दशकौंदेखि खारिएर आएका राजनीतिक दलहरुमाथि प्रश्न उठ्ने र खहरे जस्ता आउनेहरुप्रति जनताको आकर्षण बढ्ने कुरातर्फ सबै चनाखो भएर अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘संघीयताको औचित्य र आवश्यकतामाथि प्रश्न उठाउनेहरुलाई यसको महत्व र औचित्य पुष्टी गर्ने गरेर काम गर्नु आवश्यक छ।’

लोकप्रिय
अर्को समाचार
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य
१७ वैशाख २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य

कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन चार महिनामा १५ पटक बसेर अन्त्य भयो। संसदलाई कानुन बनाउने थलोका रुपमा लिइन्छ। तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।  

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गतेबाट सुरु भएको थियो। बैशाख १८ सम्म आइपुग्दा मुख्यमन्त्रीले राजकुमार शर्माले तीन पटक विश्वासको मत दिने काम गरे। तर, एउटै विधेयक संसदबाट पारित गराउन सकेनन्। सरकारले संसदलाई ‘विजनेश’ दिन नसक्दा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रभावहिन देखियो।

प्रदेशसभा सचिव जीवनराज बुढाथोकीका अनुसार दुई वटा विधेयकलाई विषयत समितिमा पठाइएको बताए। ‘यो अवधिमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्र्न बनेको विधेयकलाई विषयत समितिमा पठाउने निर्णय भएको छ,’ प्रदेशसभा सचिव बुढाथोकीले भने, ‘चालू अधिवेशनमा प्रदेशसभाबाट कुनै विधेयक पारित हुन सकेनन्।’ सचिव बुढाथोकीका अनुसार कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक प्रदेश मामिला समिति र खेलकुद विकास ऐनलाई सामाजिक विकास समितिमा छलफलका लागि पठाइएको बताए।

तीन पटक विश्वासको मत

प्रदेशसभाको १५ वटा बैठक बस्दा तीन वटा बैठक मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रयोजनका लागि थियो। मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको दोस्रो बैठकको पहिलो अधिवेशनमै तीन पटक विश्वासको मत लिनुप¥यो।

मुख्यमन्त्री शर्माले माघ ६ गते, चैत १७ गते र बैशाख १५ गते गरेर तीन पटक विश्वासको मत लिएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक माघ ६ गते विश्वासको मत लिएका शर्माले तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेकको समर्थन पाएका थिए। ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १४ सांसद छन्।

पहिलो पटक विश्वासको मत दिएको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिए। दोस्रो पटक राप्रपाबाहेक सबैले उनलाई विश्वासको मत दिएका थिए। कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका सभामुखबाहेक ९, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

केन्द्रको राजनीतिक समीकरण फेरिएपछि एमालेले माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई लिएको विश्वासको मत फिर्ता लियो। मुख्यमन्त्री शर्माले बैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिए। उनलाई एमाले र राप्रपाबाहेकले विश्वासको मत दिए। दोस्रो कार्यकालको प्रथम प्रदेश अधिवेशनका १५ बैठक मध्ये तीन वटा बैठक मुख्यमन्त्रीलाई विश्वासको मत दिनमै वित्यो।

सभामुख र उपसभामुख निर्वाचन

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनले सभामुख, उपसभामुख निर्वाचनसँगै विषयत समिति गठन गरेको छ। कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते भएको थियो। सभामुखमा नेकपा एमाले सांसद नन्दा गुरुङ निर्वाचित भइन्। उनले कांग्रेसका खड्ग पोखरेललाई पराजित गरेकी थिइन्। उति बेला माओवादी केन्द्र र एमालेको गठबन्धन थियो। यहीँ गठबन्धनबाट उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भइन्। कर्णाली प्रदेशको सभामुख र उपसभामुख दुबै जना महिला छन्।

विषयगत समिति गठन

कर्णालीमा चार वटा विषयत समितिहरु छन्। दोस्रो कार्यकालको प्रथम अधिवेशनको अन्तिम बैठकले विषयत समितिलाई पूर्णता दिएको छ। कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति छन्।  

ति मध्ये प्रदेश मामिला समितिमा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी छन् भने सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, तुल्सा मल्ल, देवेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही छन्।  

यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, वलीमाया बुढा, विजया बुढा, वीरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट छन् भने सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गमता विक, घनश्याम भण्डारी, जुम्कित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस