विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी असुल्ने कलेजहरुलाई कारबाही गर्न माग गरेका छन्।
चिकित्सा शिक्षामा भइरहेको विकृति र विसंगतिविरुद्ध विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क असुल्ने कलेजहरुलाई कारबाही गर्न माग गरेका हुन्।
बिहीबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले तोकेको शुल्कभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज, किस्ट मेडिकल कलेजलगायत सम्पूर्ण निजी मेडिकल
कलेजहरुलाई कारबाही गर्न माग गरे। उनीहरुले ती कलेजहरुलाई कारबाहीको दायरामा ल्याइ असुलेको सम्पूर्ण शुल्क तत्काल फिर्ता गर्न, चिकित्सा शिक्षाअर्न्तगत प्रवेश परिक्षा फारम भर्दा लिने गरिएको चर्को शुल्क तत्काल खारेज गरी गरिब तथा विपन्न विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी वैज्ञानिक तवरबाट शुल्क निर्धारण गर्न, चिकित्सा शिक्षामा भैरहेको वेथिति, विसंगतिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न माग गरेका छन्।
ज्ञापन पत्रमा उनीहरुले चिकित्सा शिक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुबाट मेडिकल कलेजहरुले आयोगले निर्धारण गरेको शिक्षण शुल्कको अतिरिक्त आयोगको निर्णयलाई समेत बेवास्ता गर्दै लुटवादी मानसिकता राखी गैर कानुनी रुपमा विभिन्न फर्जी शिर्षक, उपशिर्षक खडा गरी अतिरिक्त शुल्क असुल्ने कार्यप्रति भर्त्सना प्रकट गरेको उल्लेख गरेका छन्।
ज्ञापन पत्र बुझाउनेहरुमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल (पाँचौ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रवादी विद्यार्थी संगठन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ रहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे।
‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ’, प्रधानमन्त्रीले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ।’
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।