नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन्।
उनले जारी गरेको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।
आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे। उनले नेकपा एमालेले अन्तिमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए।
उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ। प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन्। किनभने दंग पारिएको छ। सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहालेँ भन्ने परिरहेको छ। को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन। नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ। मैले संकेत मात्रै गरेको हो। हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ। के भूल्य छ, यिनीहरुको भन्नेहरू भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ। हामी कसैको पक्षपोषण गर्दैनौँ।’
अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए। उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए। उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए।
उनले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन। यथास्थिति रहँदैन। सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ। यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ। ठुलो धक्का एमाले पार्टीलाई परेको छ। त्यो पहिलो सुरुवात हो।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।