गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ।
कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो। उक्त भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन एमाले सकरात्मक रहेको बताएका छन्।
ओलीले गैरआवासीय नेपालीहरुलाई एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने विचार व्यक्त गरेका थिए। उनले गैरआवासीय नेपालीहरुलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए।
यस्तै ओलीले संविधानको भावना अनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता गैरआवासीय नेपालीहरुलाई प्रदान गर्न उचित हुने बताए। उनले नेपालको राजनीतिमा आउन चहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए।
भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीहरुको मुख्य माग भनेको दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीहरुलाई नागरिकता दिनु पर्नेमा जोड दिए। गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गरे पछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाइ थियो।
त्यस्तै भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको अभियान सुरु देखिनै राजनीतिक दलहरुको पूर्ण सहयोग गरेको भन्दै ओलीलाई धन्यवाद दिए। उनले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे।
उक्त भेटमा नेकपा एमाले नेता विष्णु पौडेललगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिति थियो। टोलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला लगायतसँग भेटघाट गरेको थियो। सरकारले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता विधेयक बुधबार संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।
गैरआवासीय नेपाली संघले स्थापनाकाल देखि विदेशमा बस्ने नेपालीहरुलाई दोहोरो नागरिकताको सुविधा दिनु पर्ने माग गर्दै आएको छ। संघले जारी संसदमा प्रस्तुत विधेयक पारित भएमा विदेशमा बस्ने नेपालीहरुको नागरिकता सम्बन्धी मागमा आंशिक सम्बोधन हुने विश्वास लिएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे। उनले नेकपा एमालेले अन्तिमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए।
उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ। प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन्। किनभने दंग पारिएको छ। सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहालेँ भन्ने परिरहेको छ। को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन। नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ। मैले संकेत मात्रै गरेको हो। हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ। के भूल्य छ, यिनीहरुको भन्नेहरू भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ। हामी कसैको पक्षपोषण गर्दैनौँ।’
अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए। उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए। उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए।
उनले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन। यथास्थिति रहँदैन। सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ। यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ। ठुलो धक्का एमाले पार्टीलाई परेको छ। त्यो पहिलो सुरुवात हो।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।