सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेको प्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए। अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताए। उनले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरे। सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनले बताए।
अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो विरोध रहेको बताए। उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान सुरु गर्नुपर्ने बताए। उनले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटो भन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको बताए।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।
उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।