एमाले पार्टी केपी ओलीले फुटाएका हुन्ः नेता बस्नेत
०४ असोज २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले पार्टी केपी ओलीले फुटाएका हुन्ः नेता बस्नेत
पत्रकार सम्मेलनमा बस्नेत लगायत नेताहरु। तस्बिरः महेश्वर

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले बगाएको रगतको अवमूल्यन गरेको बताएका छन्। सोमबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले ओली अध्यक्ष भएपछि एमालेलाई दक्षिणपन्थी विसर्जनवाद र चरम पुँजीवादमा भसाउँदै लगेको आरोप लगाएका हुन्।  

नेता बस्नेतले केपी ओलीकै हर्कतका कारण धरासायी हुँदै गएको कम्युनिष्ट आन्दोलन बचाउन र संविधानको रक्षा गर्न नेकपा (एकीकृत समाजवादी) गठन गर्नुपर्ने बाध्यता आईपरेको बताए। ‘एमाले दिनदिनै नेपाली कम्युनिष्टको मूल प्रवाहबाट दक्षिणपन्थतर्फ भासिँदै गयो, यसो हुनुमा मुख्य भूमिका अध्यक्ष ओलीको थियो’ बस्नेतले भने ‘जति सुधार्न खोजे पनि नसुध्रिएपछि कम्युनिष्ट आन्दोलन नै खतरामा परेपछि हामीले नेकपा एस बनाउन बाध्य भयौं।’  

नेकपा (एस)ले मुलुकमा गिर्दो अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने, थप बढाउने र समाजवादी आन्दोलनतर्फ अघि बढ्ने दिशा निर्देश गर्ने बस्नेतको दावी थियो। ओलीले पार्टी र सरकारको नेतृत्वमा आएपछि नेपाली जनताले प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाजस्ता उपलब्धिहरु सिध्याउने काममा निरन्तर लागि परेको आरोप लगाउँदै बस्नेतले पार्टीलाई एकपछि अर्को भ्रष्ट, अनैतिक र अराजक समूहको भीडमा रुपान्तरण गरेपछि तयसको रक्षा गर्ने जिम्मा हाम्रो काँधमा आएको उनले बताए।  

नेपाली जनताले दिएको झण्डै दुईतिहाई बहुमतको विश्वासमाथि ओलीले गम्भीर कुठाराघात गरेर प्रतिगमनको सुरुवात गरेको भन्दै उनले त्यसको रक्षाका लागि पनि एमालेको बिकल्प दिनुपर्ने बाध्यता आईपरेको बताए। आन्तरिक शुद्धिकरणका लागि सुरुदेखि पार्टीमा कुरा राख्दा माधव नेपाल र झलनाथ खनाललगायत मुर्धन्य नेताहरुलाई मुलढोका प्रवेशमा रोक लगाउदै बाहिरिन बाध्य भएको उनले बताए।

अहिले माधव नेपाललाई पार्टी फुटाएको आरोप लगाउने ओलीले आफै एमाले फुटाउने सुरु गरेको उनको आरोप थियो। सर्वोच्च अदालतले नेकपा विघटन गर्दै एमाले र माओवादी केन्द्रलाई अलग अलग बनाईदिएपछि फागुन २८ गते आफूनिकट गुट भेला बोलाएर विधानविपरित केन्द्रीय सदस्य मनोनितलगायत कार्य गरेर पार्टी फुटाउने काम गरेको ओलीमाथि आरोप बस्नेतको छ। सहिदको रगतबाट प्राप्त परिवर्तन, कम्युनिष्टको बहुमत सरकार र ऐतिहासिक उपलब्धिहरुलाई एकपछि अर्को गर्दै दक्षिणपन्थमा लगेर आत्मसमर्पया गराउँदै संविधान नै सिध्याउने खेलमा ओली लागेपछि देशलाई अनिर्णयको बन्दी हुनबाट बचाउन नेकपा (एस)को जन्म भएको उनले बताए।  

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नदिने पार्टीको अडान रहेको बताउँदै बस्नेतले ओली सत्ताबाट हटेपछि पनि एमसिसी पारित गर्न देशी विदेशी तत्वहरुसँग साँठगाँठ गरिरहेको बताए। एमसिसी पारित गर्दा देश र जनताप्रति घात नहुने गरी, राष्ट्रियतामा आँच नआउने गरी, सुरक्षा र सार्वभौमसत्तामा आधात नहुने गरी सच्याएर मात्र पास गर्नुपर्ने नेकपा (एस)को बटमलाईन रहेको उनले बताए। एमसिसी पारित गराउने बहानामा गठबनधन टुटाउने प्रयासमा ओली लागिरहेको बताउँदै उनले नेपाली काँग्रेसभित्र पनि एमसिसी जस्ताको तस्तै पारित गर्नु हुन्ने समूह पनि रहेकाले ओलीको षडयन्त्र त्यति सजिलै सफल नहुने अनुमान गरे।  

पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हुने प्रष्ट पार्दै बस्नेतले (एस)ले जनताको बहुदलीय जनवादलाई परिमार्जन गरी समाजवादतर्फ उन्मुख नीति कार्यक्रम ल्याउने बताए। उनले ०४९ सालमा मदन भणडरीले ल्याएको जनताको बहुदलीय जनवादताका नेपालमा राजतन्त्र, सामन्ती शासन रहेको भन्दै त्यसपछि देशमा युगान्तर भईसकेको हुनाले अब जवजबाट प्राप्त जगमा उभिएर समाजवादतर्फ उन्मुख हुनुपर्ने समयको माग अनुसार अघि बढ्नुपर्ने बताए। ‘बहुदलीय जनवाद त्यसबेला आवश्यक थियो, अहिले पनि आवश्यक छ’, बस्नेतले भने, ‘तर, अब त्यसलाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने बेला भएको छ। किनकि जवजको यात्रापछि देशमा युगान्तर भईसकेको छ। राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मकको ठाउँमा संघात्मक (संघीयता) शासन प्रणालीको अभ्यास भईरहेको छ।’  

पार्टी गठनपछि एसले उदयपुरमा आईतबार पहिलो पटक जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो। भेलामा सहभागी हुन केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज बस्नेत, अर्को केन्द्रीय सदस्य तथा १ नं. प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राई, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्यहरु जयन्ती राई, महेश रेग्मी, तथा बलदेव चौधरीले सम्बोधन गरेका थिए। भदौ ३० गते एमालेले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलाको ‘काउण्टर कार्यक्रम’को रुपमा हेरिएको एसको यो भेलामा एमालेभन्दा दोब्बर बढी कार्यकर्ता सहभागी भएको दावी पार्टीले गरेको छ। 

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे
०१ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।

उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस