जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र ठाकुर समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन्।
जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे।
यादवले भने, 'पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं।'
संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे।
महन्थ-महतोको सांसद पद आफूहरुले जोगाईदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, 'हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सकथेम। तर हामीले केही गरेनौ।'
अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन्। 'समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोकेपनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो', उनले भने।
जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमन्त्री र मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन कड़ा निर्देशन दिएका छन्। उनले भने, 'तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस।'
सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।
कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको उपस्थिति थियो।
पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता रहेको थियो।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।