नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास कोटेश्वर पुगेका छन्।
शुक्रबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएका नेपाललाई भेट्न र सरकार गठनबारे छलफल गर्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन्।
दुई नेताबिच कोटेश्वरमा वान टु वान छलफल भइरहेको स्रोतले बतायो।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनका दुई शीर्ष नेताहरुबीच करिब आधा घन्टादेखि छलफल भइरहेको बुझिएको छ। सरकार गठन तथा गठबन्धनको विषय नै वार्ताको मुख्य विषय रहेको बुझिएको छ।
भोलि आइतबारसम्म सरकार गठनको लागि राष्टपतिले दिएको समयसीमा हो। नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न कसरत गरिरहेको अवस्थामा प्रचण्ड र नेपालबीचको भेटलाई अर्थपूर्ण हेरिएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।