जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्।
जसपानिकट कानुन व्यवसायीहरूको संगठन संघीय कानुन व्यवसायी संघका अध्यक्ष दीपक राईले ठाकुरविरुद्ध आफूहरूले जिल्ला अदालत ललितपुरमा लिखतसम्बन्धी कसुरको अभियोग लगाई मुद्दा दर्ता गर्ने बताए। आयोगमा पठाइएको कागजात किर्ते देखिएको हुँदा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको उनको भनाइ छ।
अर्को प्रयोजनको लागि गरिएको हस्ताक्षरलाई ठाकुरले दुरूपयोग यादव पक्षको भनाइ छ। कार्यकारिणी समितिको फेरबदल र पुनर्गठन गर्ने अधिकार अर्का अध्यक्ष उपेन्द्र यादवले आफूलाई सुम्पिएको भन्दै ठाकुरले गत असार १ गते यस सम्बन्धमा कार्यकारिणी समितिको बैठकको माइन्युटिङको प्रतिलिपी आयोगमा पेश गरेका थिए। उक्त माइन्युटिङ किर्ते भएको यादव पक्षको भनाइ छ। जसपाको आाधिकारिकताको मुद्दा अहिले निर्वाचन आयोगमा पुगेको छ।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।